सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, ९ मङ्सिर । आफूलाई प्रजातन्त्रवादी र जनवादी भन्ने ठूला पार्टीका नेताहरूमा अहिले पनि सामन्ती चिन्तन हटेको देखिँदैन । ठूला पार्टीलाई ‘राष्ट्रिय’ पार्टी र साना पार्टीलाई ‘राष्ट्रिय’ पार्टीको मान्यता नदिने ठूला दलका नेताहरूको सोच नै सामन्तवादी सोच हो । सर्वसाधारण जनताले स्थिर सरकारको आवश्यकता देख्नु अन्यथा होइन । तर, स्थिर सरकारको नेतृत्व दिने ठूला दलका नेताहरूको दृष्टिकोण नै खराब या अराष्ट्रिय भयो, देशघाती र जनघाती भयो भने के देश र जनताको हित हुन्छ ? विगतदेखि हालसम्मको सरकारको मूल्याङ्कन गर्दा ठूला दलका नेताहरूले नै देशघाती र जनघाती सम्झौता र असमान सन्धि गरेका थिए । सरकारलाई अस्थिर बनाउने या हेरफेर गर्ने र देशलाई परनिर्भर बनाउने काम ठूला दलहरूले नै गरेका हुन् । सीमा अतिक्रमण, नेपाल–भारत सिमानामा एकतर्फी ढङ्ग ले बाँध तथा तटबन्ध निर्माण ठूला दलकै कमजोरी या मौनताले गर्दा भएको हो ।
देशका खुँखार, सामन्त, कमिसनखोर, कालाबजारी, घुस्याहा, भ्रष्टाचारी, सामाजिक अपराधीहरू तिनै सत्तारुढ दल र ठूला दलका वरिपरि घुमिरहेका छन् । नेपाली भूमि मिचे पनि मौन बस्ने, नेपाली भूमि विदेशीको चलखेल गर्ने मैदान बने पनि समर्थन गर्ने या सहयोग गर्ने दल ठूला दल नै हुन् ।
‘राष्ट्रिय’ पार्टीको हवाला दिएर, राष्ट्रिय पार्टी भनी अभिमानी गर्ने ठूला दलका नेताहरूले नै देशलाई ऋणमा डुबाएका छन् । विकास योजनामा भाग लगाउने, चुहावट र अनियमितता ठूला दलकै नेता, सांसद, कार्यकर्ता र कर्मचारीहरूले गरेका हुन् । दल फुटाउने, जनता भड्काउने, आर्थिक प्रलोभनमा फस्ने, भागबन्डा मिलेपछि देशघाती काम गर्न पछि नपर्ने ठूला दलका नेताहरू नै हुन् । सांसद किनबेच गर्ने, पार्टी फुटाउने, सांसद अपहरण गरेर आफूतिर तान्ने नीच कार्य ठूला दलकै नेताहरुले गरेका छन् ।
ठूला दल र ठूला दलको सरकारले देश र जनताको पक्षमा ठूलठूला काम गर्नुपर्ने हो । देशघाती र जनघाती काम गर्ने ठूला दलको के अर्थ ! स्वच्छ छविको असल सरकार नभएसम्म, दलका नेताहरू इमानदार, दूरदर्शी, देशभक्त र देश र जनताप्रति समर्पित नभएसम्म दल जतिसुकै ठूलो भए पनि स्वच्छ समाज निर्माण गर्न सकिँदैन, शोषणरहित समाज स्थापना गर्न सकिँदैन, विधिको शासन सम्भव हुँदैन । साना दलको अस्तित्व मेटिने, साना दलको मतलब नराख्ने विचार नै वास्तवमा सामन्ती स्वभाव हो । देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन साना दलका नेता, सांसद, जनप्रतिनिधि, कार्यकर्ता र देशभक्त जनताले सङ्घर्ष गरेका छन्, सरकारको ध्यानाकर्षण गरेका छन् । सीमा अतिक्रमण, राष्ट्रिय र अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बनाइएका बाँध तथा तटबन्ध निर्माणको विरोधमा आन्दोलन र सङ्घर्ष गर्ने दल साना दलहरू नै हुन् । देश र जनताको निम्ति चाहिने मुख्य कुरा कुन दल साना र ठूला दलको होइन, ती दलको दृष्टिकोण र विचार हो । विदेशीलाई सजिलै वंशजको आधारमा नेपाली नागरिकता दिन नहुने विचार नेमकिपाले उठाएको हो । शोषणरहित समाज स्थापना गर्न, कामदार वर्गको हितमा समाजवादी गणतन्त्र स्थापनाको माग नेमकिपाले उठाएको हो । रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने माग तीन दशकअघि देखि नेमकिपाले उठाउँदै आएको हो । सरकारी उद्योग, कलकारखाना निजीकरण गर्न नहुने माग नेमकिपाको हो । नेपाली जनतालाई स्वदेशमै रोजीरोटी या काममामको व्यवस्था गर्न नेमकिपाले जोड दिँदै आएको हो । यसकारण दल ‘राष्ट्रिय’ हुने नहुने कुराको मापदण्ड ठूलो दल हुनैसक्दैन । मुख्य कुरा ती दलहरूको दृष्टिकोण र विचार नै हो । तर, नेका र पूर्वएमालेले राष्ट्रिय दलको मापदण्ड ठूलो दल ठाने । यस्ता सामन्ती चिन्तन र सोचका जति पनि प्रावधानहरू छन्, ती सबै सुधार गर्नुपर्छ । सत्तासीन या ठूला दलको दृष्टिकोण व्यापक हुनुपर्छ, स्वच्छ, सही, असल, दूरदर्शी हुनुपर्छ । देश र जनताको निम्ति निःस्वार्थ र इमानदारीपूर्वक लड्ने दल नै राष्ट्रिय पार्टी हुन्छ ।
Leave a Reply