कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
कोरोना भाइरस (कोभिड–१९) व्यापक फैलिरहेको बेला सुरक्षाका मापदण्डहरू राम्रैसँग पालना गरिरहेझैँ लाग्दथ्यो, तर म भ्रममा रहेछु । कोजाग्रत पूर्णिमाको तीनदिनअघि मलाई सामान्य ज्वरो आयो र त्यो आखिर कोभिड–१९ को लक्षण रहेछ । एक साताभित्र परिवारका सातै सदस्य एवं भार्वाचो बस्ने सानो दिदीको पीसीआर नतिजा पोजिटिभ आयो । सारा परिवारमा कोरोना सङ्क्रमण पुष्टि भयो ।
मेरो जेठा दाइ, ठूली दिदी र मेडिकल अफिसर भाञ्जाको सुझावबमोजिम घरका केही सदस्य आइसोलेसन केन्द्रमा बस्न जाने निर्णय ग¥यौँ । घरमा सबैजना अलग अलग बस्ने स्थिति भएन । सबै जना कोचिएर बस्दा जोखिम अझ बढ्ने प्रवल सम्भावना थियो । मेरो पुराना मित्र सरोजराज गोसाईसँग भक्तपुर नगरपालिकास्थित बहुउद्देश्यीय भवन ब्रह्मायणीमा सञ्चालन गरेको भ.न.पा. आइसोलेसन केन्द्रबारे बुझेँ । उहाँले भक्तपुर नगरमा सङ्क्रमण नफैलून् भन्ने उद्देश्यले आवश्यक सुविधा र राम्रो प्रबन्धसहित निःशुल्करूपमा आइसोलेसन केन्द्र सञ्चालन गरेको बताउनुभयो । २०७७ कार्तिक २३ गते आइतबार मलगायत बा, आमा र भतिजा गरी ४ जना भनपाको आइसोलेसन केन्द्रमा बस्न भ.न.पा. ३ नं. वडाध्यक्ष राजकृष्ण गोरामार्फत प्रक्रिया अगाडि बढायौँ । केन्द्र सञ्चालनको मुख्य जिम्मेवारी पाउनुभएका गौतम लासिवाले फोन गर्नुभयो । साँझ एम्बुलेन्सबाट हामीलाई लिन आउने हुनाले तयारी अवस्थामा रहन उहाँले भन्नुभयो । अत्यावश्यक सबै सामग्री केन्द्रमै उपलब्ध गराइने हुनाले कपडाबाहेक केही नल्याउन पनि उहाँले भन्नुभयो ।
हामी केन्द्रमा पुग्दा ४ वटा अलग–अलग झोलामा नाम लेखेर त्यसमा हामीलाई आवश्यक पर्ने सामग्रीहरू राखिएका थिए । त्यसमा स्यानिटाइजर, मास्क, टुथपेस्ट, टुथब्रश, औषधि, साबुन, पेपर रोल, जडीबुटी मसला आदि थिए । बा, आमालाई पहिलो तलाको ज्येष्ठ नागरिक वार्ड तथा म र भतिजालाई दोस्रो तल्लाको पुरुष वार्डमा व्यवस्थापन गरिएको रहेछ । हामी बसेको कोठामा ४ वटा बेड थिए । बेडमा तकिया, तन्ना र ब्लाङ्केटको व्यवस्था थिए । प्रत्येक बेडमा पानी तताउने इलेक्ट्रिक केटली, थर्मोमिटर साइड टेबुलमा राखिएका थिए । करिडोरमा अक्सिजन नाप्ने, ब्लड प्रेसर नाप्ने यन्त्र राखिएका थिए । सूचना र मनोरञ्जनका लागि टेलिभिजन र इन्टरनेटको पनि व्यवस्था गरिएको थियो । कुनै अप्ठेरो वा समस्या परेको खण्डमा प्रशासन र नर्सिङ्ग शाखामा इन्टरकम फोनमार्फत सेवा लिन सकिने व्यवस्था थियो । प्रत्येक कोठामा रहेको स्पिकरबाट बेलाबेलामा साबुन पानीले हात धुन, स्यानिटाइजर प्रयोग गर्न, कोठा एवम् शौचालय सफा राख्नेजस्ता नियमहरूबारे जानकारी गराइराख्नुहुन्थ्यो । बिहान, दिउँसो र साँझ गरी दिनको ३ पटक ब्लड प्रेसर, अक्सिजनको मात्रा, ज्वरो र मुटुको चाल नापेर नर्सिङ्ग शाखामा जानकारी दिनुपर्नेरहेछ । हरेक दिन दिउँसो ३ बजे चिकित्सकहरू हाम्रो स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यकताअनुसार औषधी दिनुहुन्थ्यो । नर्स बहिनीहरू हामीलाई मनोबल बढाउन हौस्याइरहने अत्यन्त मिलनसार, सहृदयी मृदुभाषी र प्रोफेसनल पायौँ । बिहान नास्ता, ११ बजे खाना, ३ बजे खाजा र बेलुका खाना ल्याइन्थ्यो । हामीले करिडोरमा भौतिक दूरी कायम राख्दै सुरक्षित ढङ्गले पालैपालो खाना लिन जानुपर्दथ्यो । हामीलाई दिइने खाना तात्तातो, ताजा, स्वस्थकर एवं सन्तुलित पायौँ । यसमा अण्डा, मासु, फलफूल र गेडागुडीको क्वाटी सुप पनि समावेश हुन्थ्यो । स्वासप्रश्वाससम्बन्धी अभ्यास फिजियोथेरापिस्ट सलिना ब्यान्जूबाट जूम एपमार्फत सिकाइन्थ्यो । हाम्रो स्वास्थ्य सुधारका लागि नियमित अभ्यास गर्नुपर्दथ्यो । दिनहुँ माइकिङ्ग गरेर कोभिड–१९ को सङ्क्रमण फैलन नदिन चेतना जगाउने र सार्वजनिक स्थलहरूमा डिसइन्फेक्टेन्ट बेलाबेलामा छरिरहेको हामी सबै नगरवासीहरूले देखेकै कुरा हो, सङ्क्रमण पुष्टि भइसकेकाहरूबाट थप अरुलाई नफैलुन् भन्ने उद्देश्यले भनपाले सञ्चालन गरेको भनपा आईसोलेसन केन्द्र नमुनालायक छ । भनपा भक्तपुर वासीहरूको स्वास्थ्यप्रति सजग र गम्भीर रहेछ भन्ने तथ्य आइसोलेसन केन्द्रमा बिताउँदा झन् प्रस्ट भयो । मेरो जेठा दाइले भन्नुभयो, “हामीले जे जति सुविस्ता लिएर भनपा आइसोलेसन केन्द्रमा बस्यौँ, निजी क्षेत्रबाट सञ्चालित काठमाडौँको केन्द्रमा प्रतिव्यक्ति दिनको ८ हजार लाग्छ ।” यो सुन्दा भनपाप्रति गर्व महसुस भयो । भनपाले गरेको यो उदाहरणीय कार्यको अरू, जिल्लाका स्थानीय निकायहरूले पनि अनुसरण गर्नुपर्ने देखिन्छ ।
अहिले चाडपर्व सकिएर जाडोयाम सुरु भइसकेकोले सङ्क्रमण अझ बढ्नसक्ने देखिन्छ । कोही सङ्क्रमणको चपेटामा आइहालेमा असुरक्षित ढङ्गले घर, परिवार अनि समाजमा सङ्क्रमण फैलिनबाट जोगाउन भनपा आइसोलेसन केन्द्र्र सफल छ । कोभिड–१९ नियन्त्रणमा योगदान पु¥याउनु प्रत्येक नगरवासीको कर्तव्य हो । सबैजनाको घरमा आइसोलेसनमा बस्ने उपयुक्त वातावरण नहुने भएकोले भनपा आइसोलेसन केन्द्र उत्तम विकल्प हो भन्ने मलाई लाग्दछ । यसका लागि भनपाले पनि माइकिङ्ग गरेर आइसोलेसन केन्द्र निःशुल्करूपमा सञ्चालन गरिरहेको व्यहोरा जानकारी गराउनुपर्दछ । यस भनपा आइसोलेसनमा बस्न इच्छुक कोभिड–१९ सङ्क्रमितहरूले अहिले जाडोको समयलाई मध्यनजर गर्दै न्यानो लुगाहरू एउटा थप ब्लांकेट, एउटा थर्मस, केही बिस्कुट, पाउडर दूध वा हर्लिक्स आदि बोकेर आउँदा बेस होला, अरू सम्पूर्ण व्यवस्था केन्द्रले गरेको देखिन्छ । भनपा आइसोलेसनका व्यवस्थापकलाई खानामा चिल्लो र नुनको मात्रा केही कम हुनेगरी मिलाउन अनुरोध गर्न चाहन्छु । यस महान अभियानका लागि भनपाका मेयर सुनिल प्रजापति, आइसोलेसन व्यवस्थापक गौतम लसिवा, डाक्टर, नर्स, अफिसका दाजुभाइ, खाना व्यवस्थापन गर्ने एवम् प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याउनुहुने सम्पूर्णप्रति म र मेरो परिवार सदा कृतज्ञ रहिरहनेछु । ७५ वर्ष उमेर पुगेका मेरो बा, आमालगायत मेरी दिदी र भतिजा हामी सबै दुई हप्ता भनपा आइसोलेसन केन्द्रमा बसेर कोरोनाको लडाइँ जितेर प्रशन्नका साथ घर फर्कन सफल भयौँ । यो समय मेरो जीवनको अविस्मरणीय पलको रूपमा सदा मानसपटलमा रहिरहनेछ ।
Leave a Reply