भर्खरै :

अक्टोबर क्रान्तिको अन्तर्य

थालनी: केही गन्थनबाट
विश्वको इतिहासमा मानव समाजले विभिन्न किसिमका परिवर्तन गर्ने, भोग्ने र अनुभव गर्ने क्रममा फरक फरक किसिमका आन्दोलन तथा क्रान्तिहरूले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । त्यस्ता क्रान्तिहरूमध्ये सन् १९१७ मा भी.आइ. लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्तिको आफ्नै महत्व छ । यही क्रान्तिका माध्यमबाट माक्र्सवादको सिद्धान्त सफलरूपमा व्यवहारमा उतार्न तात्कालीन सोभियत सङ्घ सफल भएको थियो । विश्व मानव समुदायलाई समतामूलक समाजको निर्माण गर्न सकिन्छ भन्ने कुराको आशासमेत जगाउन सफल भएको थियो । यसका अतिरिक्त माक्र्सवादका कडा आलोचक देशहरू (विशेषतः पुँजीवादी देशहरू) लाई समेत उक्त क्रान्तिपश्चात् रुसले अपनाएका नीतिहरूको समेत अनुकरण गर्न बाध्य बनाएको थियो । यस आलेखमा अक्टोबर क्रान्तिका गुण–अवगुण भन्दा पनि कुनै घटनालाई हेर्ने समाज विज्ञानको दृष्टिकोणलाई आधार लिएर उक्त क्रान्तिलाई सम्भव भएसम्म विगत लामो समयदेखिको विश्वको सामाजिक, आर्थिक तथा राजनीतिकलगायत अन्य पक्षको लेखाजोखा गर्ने प्रयास गरिएको छ ।
समाज विज्ञानको एउटा दृष्टिकोण : कुनै घटना हेर्ने तरिका
भौतिकवादी व्याख्याअनुसार कुनै पनि घटना वा परिणामको पछाडि विभिन्न ऐतिहासिक कारण लुकेको हुन्छ । कुनै कारण त्यसै बिलाएर जान्छन् भने कुनै सशक्त हुन्छन् । यस्ता बिलाएर जाने र सशक्त कारणको जब उचित संयोजन हुन्छ, तबमात्र कुनै घटना वा परिणाम निस्कन्छ । यसरी नयाँ परिणामपछि फेरि अर्को घटना हुन विभिन्न कारण पैदा हुँदै जान्छ र फेरि अर्को घटना हुन्छ । यसरी नै विगतदेखि वर्तमान र भविष्यको सम्बन्ध स्थापित भएर सामाजिक, आर्थिक, राजनीतिक आदि घटना हुँदै अगाडि बढ्दछ । यसरी अगाडि बढ्ने क्रममा बृहत् परिस्थिति तथा ऐतिहासिकरूपले घटना घट्दछ । अझ स्पष्टरूपमा भन्नुपर्दा भौतिकवादी मान्यताका अनुसार कुनै पनि परिवर्तनको पछाडि आन्तरिक र बाह्य कारणको संयोजन हुनुपर्दछ । तबमात्र परिवर्तन वा घटना सम्भव हुन्छ, नत्र हुँदैन । यही कुरा समाज विकास वा परिवर्तनमा पनि लागू हुन्छ ।
अक्टोबर क्रान्ति हुनका लागि आवश्यक बाह्य कारण बेलायत, फ्रान्स, जर्मनी आदि देशका विभिन्न घटना हुन् भने आन्तरिक कारण तात्कालीन रुसको सामाजिक, आर्थिक, राजनीतिकलगायतका विभिन्न पक्षहरू हुन् । यही आन्तरिक र बाह्य वातावरणको अनुकुलताकै कारण समाजवादी अक्टोबर क्रान्ति हुन पुगेको थियो । स्पष्टताका लागि ऐतिहासिक र बृहत् घटना तथा त्यसको परिणामको अन्तर सम्बन्धलाई तलको चित्रबाट प्रस्ट्याउने प्रयास गरिएको छ ।
चित्र १ र २ को सम्बन्धलाई हामी विभिन्न उदाहरणबाट पुष्टि गर्नसक्छौँ । फ्रान्सको राज्यक्रान्ति, युरोपको औद्योगिक क्रान्ति तथा पहिलो र दोस्रो विश्वयुद्धलाई नै लिन सकिन्छ । यी आन्दोलन वा क्रान्तिका पछाडि थुप्रै कारणहरू थिए । जब विभिन्न कारण एकगठ हुनथाल्यो तबमात्र यस्ता घटना प्रकट भएका थिए । यसरी हामी के भन्न सक्छौँ भने सन् १९१७ को अक्टोबर क्रान्तिको पनि आफ्नै ऐतिहासिक सामाजिक, आर्थिक तथा राजनीतिक कारण रहेका थिए । जसलाई सङ्क्षिप्तमा तल विभिन्न उपशीर्षकका माध्यमबाट प्रस्ट्याउने प्रयास गरिएको छ ।
चुरो कुरो: अक्टोबर क्रान्तिका ऐतिहासिक कारणहरू
‘मानव समाजको अहिलेसम्मको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो’ भन्ने कार्ल माक्र्सको भनाइका आधारमा हेर्ने हो भने विभिन्न सभ्यताहरूबाट नै मानव जाति पटक – पटक एकले अर्कोमाथि आक्रमण–प्रत्याक्रमण गर्ने गरेको तथा विद्रोहहरू भएको पाइन्छ । इ.पू. १३५ देखि १३२ का बीचमा भएको पहिलो दास विद्रोह होस् वा इ.पू.१०४ देखि १०० का बीच दोस्रो र इ.पू.७३ देखि ७१ का बीच स्पार्टाकसको नेतृत्वमा भएको तेस्रो दास विद्रोह नै किन नहोस् वा त्यसपछि विश्वमा भएका विभिन्न विद्रोह वा आन्दोलन नै किन नहोस् वर्गसङ्घर्षकै स्वरूप थिए ।
बेलायतमा सन् १६४० मा क्रामवेलको नेतृत्वमा पुँजीपति वर्गले सामन्तवादको विरोधमा सशस्त्र सङ्घर्ष ग¥यो । यसैकारण बेलायतमा पहिलो औद्योगिक तथा पुँजीवादी क्रान्ति सम्पन्न भएको थियो । बेलायतमा क्रामवेलको नेतृत्वमा सम्पन्न क्रान्तिले प्रजातन्त्रलाई स्थापित गर्न मलजल गर्नुका साथै उद्योगधन्दामा नयाँ नयाँ प्रविधिको विकास हुन पुग्यो । सन् १७६० देखि १८२० को अवधिमा भएका नयाँ खोज, आविष्कारले औद्योगिक क्षेत्रमा उथलपुथल ल्याउन मलजल ग¥यो भने फ्रान्समा सन् १७८९ देखि १७९९ सम्म भएका विभिन्न आन्दोलनका कारण राज्य क्रान्ति भयो । जसका कारण नयाँ प्रकारको प्रजातन्त्रको विकास हुन पुग्यो । यस क्रान्तिपश्चात् विभिन्न क्षेत्रमा स्वतन्त्रता स्थापित हुन पुग्यो । यही कारणले विश्वमा नयाँ नयाँ किसिमका नयाँ नयाँ तरिकाले वर्गसङ्घर्षका स्वरूपहरू देखा परे । त्यस क्रममा कुनै सङ्घर्ष शान्तिपूर्ण ढङ्गले भएका छन् भने कुनै सशस्त्र विद्रोहका माध्यमबाट भएका छन् । त्यस्ता आन्दोलनका उदाहरणका रूपमा पेरिस कम्युन, अमेरिकाको मजदुर आन्दोलन, १९०५ को रुसको आन्दोलन, १९१७ को अक्टोबर क्रान्ति आदिलाई लिन सकिन्छ । यसर्थ अक्टोबर क्रान्ति हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष तथा विद्रोहकै जगबाट उत्पन्न विभिन्न घटना तथा परिणामकै कारण अक्टोबर क्रान्ति भएको हो ।
अक्टोबर क्रान्तिका तात्कालीन कारणहरू
रुसमा जार शासन कायम थियो । जमिनदार र कुलीन वर्गहरूसँग धेरै जग्गा–जमिन थियो भने किसानहरूसँग थोरै । त्यसमा पनि उत्पादन योग्य भूमिको अभाव, उद्योग–कलकारखानामा पनि पछाडि परेको कारण रुसी जनता गरिबीले ग्रस्त थिए । यही कारण भोकमरी वा अनिकाल पथ्र्यो । जार कालमा थोरैरूपमा उद्योग कलकारखाना भए पनि मुख्य पेशा कृषि नै थियो । मुख्य उत्पादन हुने जग्गाहरूमध्ये तीन भागको दुई भाग जमिनदार वा राजा—रजौटाहरूका हातमा थियो । सन् १९१७ भन्दा अगाडि रुस एउटा गरिब कृषिप्रधान देश थियो । रुसको जनसङ्ख्यमा ३० हजार जमिनदार र ९५ करोड किसान र मजदुर थिए । किसान र मजदुरहरूको स्थिति ज्यादै दयनीय थियो । उनीहरू दास बराबर थिए । किसानहरूसँग खेती उत्पादन गर्ने वैज्ञानिक उपाय पनि थिएन । मजदुर हुन् वा किसान रुसको आर्थिक स्थितिदेखि असन्तुष्ट थिए ।
रुसी अक्टोबर क्रान्तिपूर्व ६५ प्रतिशत जनता गरिबीको रेखामुनि थिए भने ३० हजार जमिनदारको हातमा १ करोड किसानको जतिकै जग्गा थियो । १ करोड ४० लाख मानिसलाई कामबाट निकाली सेनामा भर्ना गराइएको थियो । त्यसका साथै खेतीपातीमा लगाइने गाईगोरु पनि सेनाको रसद पानी वा खुराकमा लगाएको थियो, त्यसले खेतीको काममा ठूलो बाधा प¥यो, किसानलाई साह«ै दुःख भयो । उद्योगधन्दा बन्द हुनु, मजदुरहरू कामबाट निकालिनुका साथै जनतालाई समयमा खाद्य सामग्री पु¥याउन सरकार असफल भयो र देशभरि भोकमरी छायो । गाउँगाउँमा किसान विद्रोह चर्किँदै गयो । गाउँका किसानले सामन्त र जमिनदारहरूको घरघरमा धावा बोल्दै भकारी फोर्दै बाँडचुँड गर्न थाले । त्यसपछि करेन्सी सरकार आयो र त्यसले पनि किसानको समस्या समाधान गर्न सकेन र अन्ततः लेनिनको नेतृत्वमा १९१७ अक्टोबरमा रुसी मजदुर तथा किसानको सहभागितामा क्रान्ति सम्पन्न भयो ।
अक्टोबर क्रान्तिपश्चात्को विश्वको परिवेश
रुसको अक्टोबर क्रान्तिको प्रभाव युरोप तथा एसियासम्म पैmलियो । रुसमा सम्पन्न अक्टोबर क्रान्तिकै कारण कतिपय देशहरूमा समाजवादी आन्दोलनको लहर सिर्जना भयो । चीन, क्युवा, उत्तर कोरिया, भियतनाम आदि यसका उदाहरण हुन् । विश्वमा कम्युनिस्ट पार्टीको स्थापनाको लहर चल्नु पनि अक्टोबर क्रान्तिकै परिणाम हुन् ।
यस क्रान्तिको सफलतास्वरूप जग्गामा निजी स्वामित्वको अन्त, कृषि उत्पादनमा वृद्धि, जमिनको स्वामित्व राज्यमा रहने, जमिनदार र सामन्तहरूको जग्गा विनामुआब्जा किसानलाई वितरण गर्नुका साथै किसान जमिनदारी प्रथाबाट स्वतन्त्र भएसँगै किसानहरूको आर्थिक स्थितिमा पनि परिवर्तन देखाप¥यो । अक्टोबर क्रान्तिले विनामुआब्जा राजा–रजौटा र सम्पन्न सामन्त तथा जमिनदारहरूको जग्गाको स्वामित्व समाप्त ग¥यो । यस क्रान्तिपश्चात् जोताहा किसानहरूलाई भूमि वितरण ग¥यो ।
यो क्रान्ति पूर्णतया समाजवादी व्यवस्थामा आधारित रहेकाले यसलाई अन्यत्र पैmलन नदिन सामन्त र पुँजीपति वर्गले १९४० को दशकमा कृषिमा व्यापक खोज, अनुसन्धान एवम् विकास गर्न थाल्यो । सन् १९६० को दशकको अन्त्यतिर पूरै विश्वमा कृषि उत्पादनमा उल्लेख्य वृद्धि भयो, जुन हरित क्रान्तिको नामले पनि चिनिन्छ । सर्वप्रथम रुसबाट नै पञ्चवर्षीय योजना बनाई विकास निर्माण तथा कृषि क्षेत्रमा उल्लेख्य प्रगति ग¥यो । यसको सिकोपछि विश्वका विभिन्न देशले गरे भने पहिलो पटक रुसले अन्तरिक्षमा यान पठायो र पछि अन्य देशहरूले नक्कल गरे । यो पनि अक्टोबर क्रान्तिकै प्रभाव थियो । अक्टोबर क्रान्तिका कारण विश्वमा नयाँ नयाँ तौर तरिकासँगै फरक किसिमले समाजलाई परिवर्तन गर्न सक्षम भए ।
अन्त्यमा:
विश्वको आन्दोलनको इतिहास हेर्ने हो भने अक्टोबर क्रान्ति एक महत्वपूर्ण क्रान्ति थियो, जुन भी.आइ.लेनिनको नेतृत्वमा सम्पन्न भएको थियो । यो आन्दोलन नै माक्र्सवादलाई व्यवहारमा उतारेको पहिलो समाजवादी व्यवस्था थियो । हुन त माक्र्स र एँगेल्सको जीवन छँदा नै फ्रान्समा पहिलो पटक मजदुरहरूको शासन सत्ता पेरिस कम्युन स्थापना भएको थियो, जुन ७२ दिनसम्म कायम रहेको थियो । रुसमा सम्पन्न अक्टोबर क्रान्तिको प्रभावस्वरूप विभिन्न देशमा समाजवादी आन्दोलनको लहर चल्नुका साथै चीनमा पनि १९४९ मा माओ त्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति भएको थियो । यसरी एकपछि अर्को गर्दै भएका आन्दोलनहरूको स्वरूप नै वर्तमान समाजको संरचना हो ।
झट्ट हेर्दा सन् १९१७ को अक्टोबर क्रान्ति विशुद्ध माक्र्सको दर्शनलाई लेनिनले कुशलतापूर्वक प्रयोगमा ल्याएको देखिएता पनि, आन्दोलन भए तापनि यो क्रान्ति हुनुको पछाडि विभिन्न कारण थिए । जसमा आन्तरिक (रुसभित्र) र बाह्य (रुसइत्तर) कारणहरू रहेको देखिन्छ । द्वन्द्वात्मक भौतिकवादी मान्यताअनुसार कुनै पनि घटना घट्न वा परिणाम निस्कन भित्री र बाह्य गुणको संयोजन हुनुपर्छ । भित्री गुण प्रमुख कारण हो भने बाहिरी गुण सहायक हो । यो मान्यताका आधारमा भन्नुपर्दा अक्टोबर क्रान्तिको भित्री गुण भनेको रुसी समाजले चाहना गरेको जार शासनबाट मुक्ति, प्रजातन्त्र र स्वतन्त्रता, देशभित्र व्याप्त गरिबी आदि देखिन्छ भने बाह्य कारणमा बेलायतको पुँजीवाद तथा साम्राज्यवादी नीति, उद्योगधन्दाको विकास, फ्रान्सको राज्य क्रान्ति, पेरिस कम्युन आदि देखिन्छ ।
यी कारणहरू एकैबाजी देखापरेको भन्दा पनि लामो समय र विभिन्न घटना तथा कारण निर्माण हुँदै आएको विश्व सामाजिक, आर्थिक तथा राजनीतिक प्रभाव हो भन्न सकिन्छ । कुनै पनि घटना वा परिणामको पछाडि लामो र बृहत् कारण रहने भएकाले अक्टोबर क्रान्तिको पनि आफ्नै लामो इतिहास रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *