अकल्पनीय जनधनको क्षतिप्रति नेमकिपाद्वारा गहिरो दुःख प्रकट
- भाद्र ११, २०८३
भारतको संविधान दिवसमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित मन्त्री र भारतीय जनता पार्टीका नेताहरू हात्तीमा संविधानको प्रतिमा राखेर प्रभातफेरी गर्दै गर्दा राजधानी दिल्ली वरपरका अधिकांश नाकाहरूको आकाशमा अश्रुग्याँसको धुँवा मडारिरहेको थियो । भारतीय जनताको लामो सङ्घर्ष र बलिदानपछि प्राप्त संविधानको दुरुपयोग गर्दै मोदी सरकारले भारतीय श्रमिक जनताका अधिकार खोस्न खोजिरहेको विरोधमा भारतका लाखौँ मजदुर–किसानहरू एक साथ हडतालमा उत्रेका हुन् । लाखौँको सङ्ख्यामा किसान र मजदुरहरू झन्डा र प्लेकार्ड बोकेर शान्तिपूर्वक दिल्लीतिर अघि बढ्दै गर्दा हिन्दूअतिवादी मोदी सरकार आत्तिएर जनतामाथि निर्मम हमलामा उत्रेको छ ।
भारतीय किसान र मजदुरहरूले भारतमा कुनै ठूलो राजनीतिक परिवर्तनको माग राखेर हड्ताल गरेका होइनन् । मजदुर र किसानहरूले पाउँदै आएका पेशागत हितलाई समेत उल्टाउने गरी मोदी सरकारले प्रतिक्रियावादी ऐनहरू ल्याएपछि उनीहरूले सङ्घर्षको बाटो रोजेका हुन् । कोभिड–१९ महामारीका कारण भारतीय जनताको आर्थिक स्थिति त्यसै पनि भयावह बनेको अवस्थामा सरकारले किसान र मजदुरहरूलाई थप राहत र सुविधा दिनुको सट्टा प्राप्त अधिकारसमेतमा कटौती गर्दा सङ्घर्ष गर्नु स्वाभाविक हो । भारतीय किसान र मजदुरहरूले अचानक यो चरणको हड्ताल गरेका थिएनन् । यसअघि मोदी सरकारसमक्ष श्रमिक जनताविरोधी कानुन फिर्ता गर्न माग गर्दै उनीहरूले शान्तिपूर्वक विकेन्द्रिकृत प्रदर्शनहरू गरेका थिए । तर, सरकारले त्यस्ता सङ्घर्षलाई बेवास्ता गरेपछि अहिले आन्दोलनको स्वरुप फेरिएको हो ।
आफ्ना न्यायपूर्ण मागलाई बेवास्ता गरेपछि सरकारलाई सुनाउन राजधानी दिल्लीतिर प्रदर्शनकारीहरू जान खोज्दा प्रहरीले निर्मम दमन ग¥यो । उमेरले ज्येष्ठ, शारीरिकरूपमा कमजोर किसान, मजदुर, महिलाहरूमाथि समेत प्रहरीले लाठी, पानी र अश्रुग्याँस प्रहार गरी निर्ममता प्रदर्शन ग¥यो । भारतलाई ‘संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक देश’ भनेर नथाक्ने भारतीय शासक वर्ग भारतीय संविधानले दिएको अधिकार प्रयोग गरेका जनतामाथि दमनमा उत्रनु विडम्बना हो ।
मोदी सरकारका यस्ता दमनकारी व्यवहार उसले बोकेको फासीवादी चरित्रकै अभिव्यक्ति हो । फासीवादले श्रमिक जनतालाई जाति, भाषा र क्षेत्रको नाममा विभाजित गर्न खोज्छ, कुनै पनि आधारमा सङ्गठित बन्न दिंदैन । श्रमिक जनताको एकता र सङ्घर्षमाथि फासीवादी सरकारले दमन गर्ने गर्छ । दोस्रो विश्वयुद्धताका जर्मनीमा हिटलर र इटालीमा मुुस्सोलिनीले त्यहाँको मजदुर आन्दोलनमाथि यसरी नै दमन गरेका थिए । आज फासीवादको भारतीय संस्करण मोदी सरकारले भारतीय श्रमिक जनतामाथि दमन गरिरहेको छ ।
श्रमिक जनता नै संसारमा आमूल परिवर्तनका आधार हुन् । श्रमिक जनताको सङ्घर्षको सुरुवात आर्थिक र पेशागत मुद्दाबाट आरम्भ भए पनि त्यसको अन्तिम नतिजा राजनीतिक सङ्घर्षले दिने गर्छ । भारतीय किसान र मजदुरहरूको सङ्घर्षले क्रमशः राजनीतिक सङ्घर्षको आकार ग्रहण गर्दै छ । राजनीतिक सङ्घर्षले राजनीतिक व्यवस्था परिवर्तनको आधार तयार गर्दै जाने गर्छ ।
भारतीय जनतामाथि भाजपा सरकारको दमनको जति निन्दा गरे पनि पुग्दैन । जनतामाथि दमन गर्दैमा जनताको भावना मार्न सकिंदैन । दमनले जनतालाई अझ विद्रोही बनाउने गर्छ । हिन्दूअतिवादी भाजपाले श्रमिक जनताका मागलाई बेवास्ता गर्दै दमनमा उत्र्नु आफ्नो लागि आफैले खाल्डो खन्नु हो । भारतका श्रमिक जनताको आन्दोलनप्रति नेपालका श्रमिक जनताको ऐक्यबद्धता हुुनु स्वाभाविक छ ।
Leave a Reply