भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
काठमाडौँ, १७ मङ्सिर । मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकारले अध्ययन थालेको छ । चीनसँगको तेस्रो नाकाबाट दुईदेशीय व्यापार अभिवृद्धि गर्न बन्दरगाह निर्माणको अध्ययन सुरू भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
कोरला पासको भौगोलिक अवस्था र उपयुक्त भूमि पहिचान गरी सुख्खा बन्दरगाहको काम अघि बढाउन परामर्शदातासँग करार सम्झौता गरिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो । “कोरला नाकामा सुख्खा बन्दरगाह निर्माणबारे अध्ययन गर्न सीतारा इकोकोडसँग समझदारी भएको छ, साढे तीन महिनामा रिपोर्ट प्राप्त हुन्छ,” गजुरेलले भन्नुभयो ।
परामर्शदातालाई सुख्खा बन्दरगाहको भौगोलिक अवस्था पहिचान गर्ने, बन्दरगाह निर्माणका लागि प्रारम्भिक खाका र लागत अनुमान गर्ने जिम्मेवारी तोकिएको छ । यस्तै कोरला क्षेत्रको व्यापारको आकार, सीपमेन्ट तथा ट्रक ढुवानीको पाँच, दस र २५ वर्षे पूर्वानुमान पनि अध्ययनबाट प्राप्त हुने विकास समितिले जनाएको छ । बन्दरगाहको वित्तीय तथा आर्थिक खाका र विस्तृत इन्जिनियरिङ अध्ययनको लागि कार्यादेश पनि प्राप्त हुने जनाइएको छ ।
पूर्वाधार बनाएर नेपाल–चीन व्यापार सम्भावनाबारे अवलोकन गर्न गत महिना परराष्ट्र र वाणिज्य मन्त्रीसहितको टोलीले कोरलाको स्थलगत अवलोकन गरेको थियो । अवलोकनपछि मन्त्री ज्ञवालीले कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गरिने बताएका थिए ।
नेपालले परम्परागतरूपमा व्यापार गर्दै आएको यो नाका कोरोना सङ्क्रमण सुरू भएपछि गत माघ महिनादेखि बन्द छ । आफ्नो भूमितर्फ चीनले केही वर्षअघिदेखि नै व्यापार पूर्वाधार निर्माण गरिसकेको छ ।
रसुवागढी र तातोपानी नाकाबाट नेपालले चीनसँग व्यापार गर्दै आएको छ । तातोपानी सुख्खा बन्दरगाह भएरै नेपालले व्यापार गरिरहेको छ भने चिनियाँ सहयोगमा रसुवागढीमा पनि सुख्खा बन्दरगाह निर्माणको काम जारी छ ।
Leave a Reply