भर्खरै :

मुखैमा केक

मङ्गलबार प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको जन्म दिनको सन्दर्भमा केही तस्वीर पोस्ट गरे । प्रधानमन्त्री निवास बालुवाटारमा खिचिएका ती तस्वीरमा पौडेललाई प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले केक खुवाउँदै गरेका छन् । प्रमका प्रेस सल्लाहकारले सार्वजनिक गरेका यी तस्वीरलाई लिएर सामाजिक सञ्जालमा अनेक थरी टीकाटिप्पणी भएको देखियो । धेरै टिप्पणीकर्ताहरूले पौडेलसमेतको संलग्नता रहेको बालुवाटारको जग्गा घोटाला प्रकरणसँग जोडेर उनीमाथि मात्र व्यङ्ग्य गरेनन्, नेकपाका नेताहरूले त्यस्ता प्रवृत्तिलाई प्रश्रय दिइरहेकोमा असन्तोष पनि पोखेको देखियो । नेकपाका केही नेताहरूले भने जन्म दिनको नाममा भएका यस्ता गतिविधिप्रति खेद प्रकट गरे ।
कम्युनिस्ट पार्टीको आयाम सत्तामा पुग्नु र शासन गर्नुसम्म मात्र सीमित छैन । कम्युनिस्ट हुनु र कम्युनिस्ट पार्टीमा लाग्नु भनेको नयाँ न्यायपूर्ण संस्कृति अङ्गीकार गर्ने बाटोमा लाग्नु पनि हो । जनतामाथि दमनमा आधारित पुरानो संस्कृतिको ठाउँमा नयाँ संस्कृति निर्माणमा लाग्नु नै कम्युनिस्ट हुनु हो । कम्युनिस्ट पार्टीका सदस्यले कहिले पनि व्यक्तिलाई प्राथमिकता दिने गर्दैनन् । कम्युनिस्ट पार्टी सामूहिकतामा विश्वास गर्छ । व्यक्तिको भौतिक शरीरलाई भन्दा उसले व्यापक कामदार जनताको हितमा दिएको विचार र त्यसको निम्ति गरेको त्यागकै आधारमा कोही पनि व्यक्तिलाई कम्युनिस्ट पार्टीले सम्मान गर्ने गर्छ । क्रान्तिकारी सिद्धान्त अङ्गीकार गर्दै व्यापक श्रमिक वर्गको हितमा जसले लगातार सङ्घर्ष गर्छ, कम्युनिस्ट पार्टीले त्यस्ता व्यक्तिको सम्मान गर्छ । त्यसरी सम्मान गर्ने पनि कम्युनिस्टहरूका आफ्नै शैली हुने गर्छ । सम्मान गर्नुपर्ने व्यक्तिको पूजा गरेर नभई उनको विचार र त्यागको सम्झना र चर्चा गर्दै सम्मान गर्ने गरिन्छ ।
सामाजिक सञ्जालमा टिप्पणीकर्ताहरूले टिप्पणी गरेजस्तै पौडेल बालुवाटार जग्गा काण्डमा सार्वजनिक सम्पत्ति हिनामिना गर्ने विवादित व्यक्ति हुन् ।

 शारीरिकरूपमा सद्दे एक जना व्यक्तिलाई मुखैसम्म केक खुवाउनु हिजोको दरबारिया प्रथाकै अवशेष हो । सामन्ती समाजमा राजाहरूलाई जुत्ता लगाइदिने, खुट्टा धोइदिने पनि अलग अलग सुसारेहरू हुन्थे । आपत् पर्दा, भाग्नु पर्दा राजालाई जुत्ता समेत आफैले लगाउन आउँदैनथ्यो । अहिले त्यही सामन्ती चलनको नयाँ संस्करण हाम्रा शासकहरूले अभ्यास गरिरहेका छन् । खान नसक्ने अबोध बालक र बिरामी ज्येष्ठ नागरिकलाई मुखैसम्म खुवाउनु प्रेम हुनसक्छ । तर, सद्दे मानिसलाई यसरी मुखैभित्र ‘केक खुवाउनु’ पुरानो संस्कृतिकै अवशेष हो ।

बुटवलमा सुकुमवासीको नाममा सार्वजनिक जग्गा हिनामिना गर्नेहरूमा उनको पनि नाम समावेश छ । त्यसरी जनता र राज्यको सम्पत्ति राजनीतिक शक्तिको आधारमा हिनामिना गर्ने व्यक्तिको जन्म दिनको अवसरमा देशको कार्यकारी पदका प्रमुख व्यक्तिले ‘केक खुवाउनु’ ले राम्रो सन्देश समाजमा जानेछैन । यो सरकार र प्रधानमन्त्री ठगहरूको घेरामा रहेको चर्चालाई यस्ता घटनाले पुष्टि गरेको छ ।
विष्णु पौडेलको जन्म दिनको अवसरमा ओली र दाहालले केक खुवाउनु व्यक्तिगत कुरा होइन । पौडेल आफै देशका अर्थमन्त्री हुन् । उनलाई केक खुवाउने नेताहरू यो देशको शासन सम्हालिरहेका सारथीहरू हुन् । फेरि केक प्रासन्नको काम कुनै निजी भवनमा आफन्त र परिवारहरूबीच मात्र गरिएको छैन । राज्यको कार्यपालिका प्रमुखको निवास बालुवाटारमा भएको छ । शारीरिकरूपमा सद्दे एक जना व्यक्तिलाई मुखैसम्म केक खुवाउनु हिजोको दरबारिया प्रथाकै अवशेष हो । सामन्ती समाजमा राजाहरूलाई जुत्ता लगाइदिने, खुट्टा धोइदिने पनि अलग अलग सुसारेहरू हुन्थे । आपत् पर्दा, भाग्नु पर्दा राजालाई जुत्ता समेत आफैले लगाउन आउँदैनथ्यो । अहिले त्यही सामन्ती चलनको नयाँ संस्करण हाम्रा शासकहरूले अभ्यास गरिरहेका छन् । खान नसक्ने अबोध बालक र बिरामी ज्येष्ठ नागरिकलाई मुखैसम्म खुवाउनु प्रेम हुनसक्छ । तर, सद्दे मानिसलाई यसरी मुखैभित्र ‘केक खुवाउनु’ पुरानो संस्कृतिकै अवशेष हो ।
सामन्तवाद राजनीतिकरूपमा समाप्त भयो, तर शासकहरूमा अझै पनि सामन्तवादको रोग बाँकी भएको विश्लेषणको लघुरूपमा विष्णु पौडेलको जन्म दिनमा देखियो । यसअघि प्रधानमन्त्री केपी ओलीले पनि जन्म दिन मनाउने नाममा देशको नक्सा भएको केक काट्दा विवाद भएको थियो । नेकपाका नक्कली कम्युनिस्टहरूका यस्ता चालामालाले उनीहरूले शरीरमा लगाएको रङ पखालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *