भर्खरै :

नेपाल र चीनबीच डिजिटल अर्थतन्त्रको सहयोगको सम्भावना व्यापक

नोभेम्बर महिनामा चीनका राष्ट्रपति सी चिन फिङले चीनको तर्फबाट विश्वसँग गरेको ६ वटा वार्तामा डिजिटल अर्थतन्त्रबारे चर्चा गर्नुभयो । उदाहरणका लागि नोभेम्बर ४ मा तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा सीले गर्नुभएको सम्बोधनमा उहाँले चीनले डिजिटल अर्थतन्त्र, इन्टरनेटसम्बन्धी क्षेत्रको खुलापनलाई विस्तृत पार्दै जाने बताउनुभयो । यसैगरी नोभेम्बर १० मा साङघाई सहयोग सङ्गठन परिषद्को बा¥हौँ सम्मेलनमा उहाँले नयाँ चरणमा प्राविधिक क्रान्ति र व्यवसायिक परिवर्तनबाट पु¥याइएको मौका समातेर डिजिटल अर्थतन्त्र, डिजिटल वाणिज्य आदि क्षेत्रको सहयोगलाई सबल पार्नुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले नोभेम्बर २० तारिख एसिया–प्रशान्त आर्थिक सहयोग सङ्गठन २७ औँ शिखर सम्मेलनमा डिजिटल अर्थतन्त्र विश्व भविष्यको विकसित दिशा रहेको बताउनुभयो । राष्ट्रपति सीले बारम्बार गर्नुभएको डिजिटल अर्थतन्त्रको चर्चाबाट चीनले डिजिटल अर्थतन्त्रको विकासमा उच्च ध्यान दिएको प्रस्ट छ । यसको कारण डिजिटल अर्थतन्त्रले आर्थिक वृद्धि र सामाजिक विकास प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । केही वर्षयता डिजिटल अर्थतन्त्रले चीनको आर्थिक वृद्धिमा कस्तो सहयोग गरेको छ त ? हामी केही तथ्याङ्कबाट हेरौँ ।
सन् २०१९ मा चीनको डिजिटल अर्थतन्त्र वृद्धि परिमाण ३५८ खर्ब चिनियाँ युआन पुगेको छ र यसले चीनको जीडीपीमा ३६.२ प्रतिशत भाग ओगटेको छ । सोही वर्ष चीनको डिजिटल अर्थतन्त्रको वृद्धिदर १५.६ प्रतिशत भएर सोही अवधिको जीडीपीको वृद्धिदर ७.८५ प्रतिशतले बढेको छ ।
सन् २०१४ देखि २०१९ सम्म जीडीपी वृद्धिदरमा डिजिटल अर्थतन्त्रको योगदान दर ५० प्रतिशतभन्दा माथि रहँदै सन् २०१९ मा ६७.७ प्रतिशत पुगेको छ । डिजिटल अर्थतन्त्र चीनको आर्थिक वृद्धिको मुख्य शक्ति बनिसकेको छ ।
डिजिटल अर्थतन्त्रमा डिजिटल व्यापार महत्वपूर्ण भाग हो र डिजिटल अर्थतन्त्रलाई अन्तर्राष्ट्रियकरण गर्ने मुख्य अभिव्यक्ति रहेको छ । तथ्याङ्कअनुसार, सन् २०१९ मा चीनको डिजिटल व्यापार बचत लगभग १ खर्ब ९० अर्ब चिनियाँ युआन पुगेर गत वर्षको सोही अवधिको तुलनामा ४६.१ प्रतिशतले वृद्धि भएको छ । डिजिटल व्यापारमा टेलिकम, कम्प्युटर उद्योग र सूचना सेवा विदेशमा श्रेष्ठता लिएको डिजिटल सेवा व्यवसाय हुन् । अब नेपाल चीनबीचको डिजिटल व्यापार अवस्था कस्तो छ त ?
गत सेप्टेम्बरमा पैचिङ आयोजित २०२० सेवा व्यवसाय एक्स्पोमा, एउटा ‘बेल्ट एन्ड रोड डिजिटल व्यापार सूचकाङ्क विकास प्रतिवेदन’ सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा डिजिटल व्यापार सम्बन्ध, व्यापारिक निहीत शक्ति, व्यापारिक वातावरण, व्यापारिक खतरा, व्यापारिक स्तर यी ६ वटा क्षेत्रबाट बेल्ट एन्ड रोड वरिपरिका मुलुकको डिजिटल व्यापार अवस्थालाई विश्लेषण गरिएको छ । उक्त विश्लेषणअनुसार नेपालमा डिजिटल व्यापार सूचकाङ्क ३७.३१ रहेको छ र पहिलो स्थानको सिङ्गापुरको १९५ बीच ठूलो अन्तर स्पष्ट देखिन्छ । उक्त तथ्याङ्कबाट पनि नेपालको डिजिटल अर्थतन्त्रमा विकासको सम्भावना व्यापक देखिन्छ । डिजिटल अर्थतन्त्र द्रुत गतिले विकास भएको मुलुकको तुलनामा नेपालमा डिजिटल आर्थिक विकास मन्द हुनुको कारण मुख्य रूपमा सूचना पूर्वाधारको निर्माणमा ढिलासुस्ती र सो योजनाको अभाव हो ।
निकट भविश्यमा बेल्ट एन्ड रोडअन्तर्गत परियोजनामार्फत चीन र नेपालले सूचना पूर्वाधारको निर्माणमा नजर राखेर सूचना केन्द्र र फाइबर अप्टिक केबलको निर्माणलाई सुधार गरी नेपालको सूचना तथा सञ्चार क्षेत्रको विकास, डिजिटलकरणको स्तरीय विकास साथै दुई देशबीचको ‘सूचना अन्तर’ लाई हटाएर नेपाल–चीन डिजिटल व्यापारिक सहयोगलाई दरिलो जग बसाल्ने छ ।
अन्तर्राष्ट्रिय समाजमा डिजिटल अर्थतन्त्रको द्रुत विकास हुँदै गइरहेको पृष्ठभूमिमा नेपालले पनि यसमा उच्च ध्यान दिएको छ । हालै पहिलो डिजिटल इकोनोमी कनक्लेभ काठमाडौँमा आयोजित भएको छ । नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले कनक्लेभमा सम्बोधन गर्दै नेपालको मन्त्री परिषद्ले ‘डिजिटल नेपालको एउटा उद्देश्य’नामक विकसित प्रस्तावलाई पारित गरेर उक्त डिजिटल विकसित फ्रेमवर्कले नेपालको डिजिटल क्षेत्रको परिवर्तनमा कोसेढुङ्गा हुने बताउनुभएको छ । उक्त विकसित फ्रेमवर्कको अनुसार, निकट भविश्यमा देशको चौतर्फी रूपमा व्यवस्थापन, डिजिटल भुक्तानी, डिजिटल बैङ्क, दूर चिकित्सा, इन्टरनेट शिक्षा आदि क्षेत्रमा डिजिटलमार्फत परिवर्तन हुने छ । यी क्षेत्रमा हुने डिजिटल परिवर्तनले नेपाल चीन डिजिटल आर्थिक सहयोगमा आधार स्थापना गर्ने छ । नेपाल र चीन दुवैले डिजिटल अर्थतन्त्रमा आपसी प्रयास गरेर भविश्यमा यस क्षेत्रको सहयोग सम्भावना व्यापक हुने निश्चित छ । –सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *