यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, १८ मङ्सिर । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका गुरु एङ्गेल्सको २०० औँ जन्म दिवस बुधबार मनाइयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले एङगेल्सको जीवन र व्यक्तित्ववारे चर्चा गर्दै एङ्गेल्स माक्र्सपछि विश्व कम्युनिस्ट आन्दोलन अगाडि बढाउने महान् नेता थिए भन्नुभयो । माक्र्स र एङ्गेल्सको कम्युनिस्ट घोषणापत्र आज पनि विश्वका न्यायप्रेमी र सङ्घर्षशील जनताको पथप्रदर्शक रहेको उहाँले बताउनुभयो । नेपालका अधिकांश कम्युनिस्टहरूले कम्युनिस्ट आचरण त्यागेको अवस्थामा नेमकिपाले समाजवादको झन्डालाई उच्च पार्ने काम गरिरहेको बताउँदै उहाँले जनतालाई सचेत र सङ्गठित पारी अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले ‘श्रमिक’ पत्रिकाले कामदार वर्गको सेवा गरी जनचेतना फैलाउने काम निरन्तर गरिरहेको बताउँदै नियमित अध्ययन गर्न आग्रह गर्नुभयो ।
काठमाडौँ महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका कन्द्रीय सदस्यहरू नारायण महर्जन, राजवीर डंगोल, नारायणबहादुर दुवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply