भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– १२

व्यस्तताका वर्षहरू
सन् १९५४ मेरो लागि विशेष व्यस्त वर्ष बन्यो । राज्यसभाका जिम्मेवारीबाहेक म पार्टी गतिविधिमा सक्रिय रहें । सदनभित्र म विपक्षी दलहरूको तर्फबाट सबभन्दा बढी बोल्ने र सरकारप्रति आक्रामक नेतामा गनिएँ । म एउटा नगरबाट अर्को नगर, एउटा क्षेत्रबाट अर्को क्षेत्र र एउटा गाउँबाट अर्को गाउँमा दौडिरहेको हुन्थेँ । म ती सबै व्यस्त गतिविधिमा यति धेरै डुबेर लागेको थिएँ, मलाई न हावाहुरी, न घाम न बाढीले नै छेक्न सक्थ्यो । म पूरै एकोहोरो पार्टी गतिविधिमा लागिरहेँ । उदाहरणको लागि म रानीगञ्ज हुलाक कार्यालय मैदानमा आयोजित एउटा कार्यक्रम सम्झन्छु । एउटा ऊर्जा कम्पनीको पुनःउत्पादन कारखानाका मजदुरहरूको एउटा ठूलो सभामा मैले भाषण गरेको थिएँ । त्यहाँका मजदुरहरू अनिश्चितकालीन हडतालमा थिए । सभा चल्दै गर्दा मुसलधारे पानी परिरहेको थियो । तर, हावाहुरी र मुसलधारे वर्षाको केही पनि पर्वाह नगरी म लगातार बोलिरहेको थिएँ । पानीले पुरै निथ्रुक्क नहुञ्जेल मैले आफ्ना भनाइको क्रम रोकिनँ । (तिनताक म बङ्गाल प्रान्तीय मजदुर सङ्घमा उपसचिवको रूपमा क्रियाशील थिएँ ।)
सन् १९५४ को मे २२ मा दम दम विमानस्थलमा एउटा फ्रान्सेली ‘स्काईमास्टर’ विमान अवतरण गरेको मलाई सम्झना छ । यसरी भारतीय सार्वभौमिकतामाथिको अतिक्रमण गम्भीर विषय थियो । केही समयपछि चार वटा अमेरिकी र बेलायती सैनिक विमान पनि त्यहाँ अवतरण गरियो । आश्चर्यको कुरा त त्यो घटनाबारे कहीँकतै पनि समाचार प्रकाशित भएन । हाम्रो पार्टीको दैनिक पत्रिका ‘स्वाधीनता’ मा भने त्यो समाचार प्रकाशित ग¥यो । पश्चिम बङ्गाल पार्टी समितिका सचिवले यो खबर प्रधानमन्त्री जवाहरलाल नेहरूसम्म गरे । उनले भारतीय भूमिमा अनधिकृतरूपमा यसरी सैनिक विमानको आउजाउ तत्काल बन्द गर्न आग्रह गरे ।

गोआ स्वतन्त्रता आन्दोलन


जून महिनाको १४ तारिखमा त्यही महिनाको सुरुमा हस्ताक्षर भएको पाकिस्तान–अमेरिका सम्झौताको विरोधमा वेलिङटन चोकमा आयोजित सभामा मैले भाषण गरेँ । सभाको सभापतित्व प्राध्यापक हिरन मुखर्जीले गरेका थिए । मैले सो सम्झौतालाई व्यवहारतः पूर्वी पाकिस्तानमा सैनिक शासन लागू गर्ने कदमको रूपमा व्याख्या गरेको थिएँ । मैले यस्तो अमेरिकी हस्तक्षेपलाई सीधैं भारतमाथि दबाब थोपर्ने प्रयासको रूपमा बुझेको थिएँ । मैले आम जनतालाई यस्तो षड्यन्त्रविरुद्ध एकजुट हुन र प्रतिरोध गर्न आह्वान गरेँ । जुलाईको ६ तारिखमा पाकिस्तानको सैनिक शासनले कम्युनिस्ट पार्टीलाई अवैध घोषणा ग¥यो । जुलाई २५ मा त सम्पूर्ण पश्चिम पाकिस्तानमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध नै थोपरियो । लाहोर, पेशावर र रावलपिन्डीमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूलाई भकाभक गिरफ्तार गरियो ।
त्यही वर्षको जून महिनामा चीनका प्रधानमन्त्री चाउ एन लाइको स्वागतमा वेलिङ्टन चोकमा स्वागत समारोह आयोजना गरेको म सम्झन्छु । उनी भारतको सद्भावना भ्रमणमा आएका थिए । हिरन मुखर्जी, भुपेश गुप्ता र मैले दिल्लीमा चाउ एन लाइ र जवाहरलाल नेहरूबीच भएको ऐतिहासिक छलफलको हार्दिक स्वागत ग¥यौँ ।
वास्तवमा त्यो समय ज्यादै व्यस्त वर्ष थियो । हामीले कति वटा समारोह आयोजना ग¥यौँ, कति वटामा म सहभागी भएँ र कति वटामा भाषण गरें भन्ने कुराको लेखाजोखा नै थिएन । तर, सन्देशखाली र हस्नाबादमा ती दुब्ला–पातला र शिथिल मानिसहरू आफ्ना मसिना आँखाहरूले भारी वर्षाबीच हेर्दै गरेको म सम्झन्छु । विशेषतः बङ्गालका ग्रामीण क्षेत्रमा खाद्य सङ्कटको दुरवस्थाले दुब्ला–पातला र शिथिल मानिसहरू हाम्रो कोण सभाहरूमा सहभागी हुन्थे । मुसलधारे वर्षाले पनि मलाई उनीहरूका अनुहार देख्न कति पनि छेक्दैनथ्यो । खासमा ती मानिसहरूमा समस्याबारेमा म यति डुबिसकेको थिएँ, म र उनीहरूबीच कुनै भेद नै रहेन । म पनि उनीहरूकै एक जना सदस्य भइसकेको थिएँ ।

भारत भ्रमणको क्रममा सोभियत नेता ख्रुश्चेभ भारतीय प्रम नेहरुसँग


उनीहरूकै अधिकारको लागि लड्ने क्रममा मेरो मुख्यमन्त्री डा. बीसी रोयसँग धेरै पटक भनाभन र विवाद भए । उनी यति जण्ड थिए, कतिबेला मेरा आरोप र भनाइ पनि सुन्न तयार हुँदैनथे । अगस्ट ३१ मा मुख्यमन्त्री रोय र सभामुख शैला मुखर्जीबीच मेरो भनाभन भयो । सर्वसाधारण जनताको अवस्थाबारे उनीहरूको बुझाई र जनताप्रतिको बेपर्वाह मनसाय मैले सहन सकिनँ । लेक व्यारेकको शरणार्थी शिविरमा प्रहरीले गरेको दमनको विषयमा मैले उनीहरूको ध्यानाकर्षण गराएँ । तर, डा. रोयले यो विषयमा वास्ता पनि गरेनन् । उनले मैले उठाएका कुनै पनि प्रश्नको उत्तर दिएनन् । सभामुखले पनि यो विषयमा मसँग चर्काचर्का कुरा गर्न थाले । मैले आफ्नो भनाइ छोड्ने कुरै थिएन । खासमा मैले साताको एक दिन हरेक शुक्रबार विपक्षी सांसदहरूलाई सदनमा विभिन्न गैरसरकारी विषयमा छलफल गर्न दिनुपर्ने प्रस्ताव राखेको थिएँ । सभामुखले मेरो प्रस्तावमा विचार गर्ने आश्वासन दिए ।
नोभेम्बर क्रान्तिको सम्झनामा पार्टीको आयोजनामा नोभेम्बर १३ मा कोलकोत्ता मैदानमा विशाल सभाको आयोजना गरियो । सभाको अध्यक्षता मुजफ्फर अहमेदले गरेका थिए । हामीले विश्व शान्तिको प्रश्न प्रश्नमा प्रधानमन्त्रीले धरमर अवस्थाको विरोध ग¥यौँ र दरिलो साम्राज्यवादविरोधी अडानको लागि आह्वान ग¥यौँ ।
अर्को वर्ष अर्थात् सन् १९५५ को जनवरी १२ मा हामीले कुख्यात पश्चिम बङ्गाल निषेधात्मक गिरफ्तारी विधेयकको विरोधमा ठूलै आकारको विरोध जुलुस प्रदर्शन ग¥यौँ । यो अमानवीय विधेयकको विरोधमा हामीले वर्षौँदेखि गर्दै आएको लामो सङ्घर्षको शिलशिलामा यो अर्को प्रमुख आक्रामक कार्यक्रम थियो । त्यो विधेयककै आधारमा राज्य सरकारले कम्युनिस्ट पार्टीका हजारौँ नेता र कार्यकर्तालाई जथाभावी गिरफ्तार गर्ने र थुन्ने गर्दै आएको थियो ।
अघिल्लो वर्षको तुलनामा सन् १९५५ धेरै गतिविधि भएको र सक्रिय वर्ष बन्यो । आन्द्र प्रदेशमा आम निर्वाचन भयो । पोर्चुगाली साम्राज्यवादको बलियो नियन्त्रणबाट गोआको मुक्तिको लागि जनआन्दोलन भयो । राज्यको पुनः संरचनाको विषयमा बहस भयो । पश्चिम बङ्गाल सुरक्षा ऐनको विस्तारको विरोधमा ठूलो आन्दोलन उठ्यो ।

चुनावी गतिविधिमा सामेल बन्न पार्टीले मलाई आन्द्र प्रदेशमा खटायो । पश्चिम बङ्गालको तर्फबाट सहयोगस्वरूप दुई थान माइक्रोफोन बोकेर म सन् १९५५ को जनवरी १२ मा आन्द्र प्रदेशतिर लागेँ । जनवरी १२ र १३ मा क्रमशः विजयनगर र विशाखापटनममा आयोजित ठूलठूला जनसभाहरूमा मैले सम्बोधन गरेँ । आन्द्र प्रदेशका जनता निकै हार्दिक, सरल र सहृदयी भएको पाएँ ।
जतिबेला सम्भव हुन्छ, मैले आफ्नो क्षेत्रभन्दा बाहिर गएर पनि कम्युनिस्ट सिद्धान्तको प्रचार गर्न सचेत प्रयत्न गरिरहेँ । साथै भारतीय र अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेका पछिल्ला घटनाक्रमबारे मैले आफूलाई जानकार बनाइरहेँ । आन्द्र प्रदेशबाट फर्केर म सीधैं बर्दवानमा नगर चुनाव अभियानमा सक्रिय भएँ । कोलकोत्ता र बर्दवान नगरमा मेरो नियमित आउजाउ भइरह्यो । बर्दवानमा आयोजित चुनावी सभाहरूमा म सहभागी भएँ र कोलकोत्तामा राज्य सभाभित्र मैले अप्रजातान्त्रिक नगर विधेयकको विरोधमा कडा सङ्घर्ष गरेँ । त्यो विधेयक सभामुख ईश्वरदास जलनले सदनमा पेश गरेका थिए । नगर चुनाव प्रणालीमा विश्वव्यापी बालिग मताधिकार लागू गर्न र कार्यान्वयन गर्नुपर्ने माग गरेँ । विडम्बना ! शासक राजनीतिक दलले आफ्नो सांसद सङ्ख्याको आधारमा त्यो विधेयक पारित ग¥यो । सो कदमलाई मैले तत्कालै ‘लज्जास्पद, पाखण्डीपूर्ण र दुःखद’ भनी खेद जनाएँ ।
यसप्रकार म लगातार जनताको प्रवक्ता बन्ने प्रयत्नमा लागिरहेँ । जनताको तर्फबाट मैले लगातार सरकारका गलत काम कारबाहीको विरोध गर्दै गएँ । हरेक दिनजसो राज्य सभाको मूलद्वारबाहिर जनता आफ्ना विभिन्न माग राखी विरोध प्रदर्शनमा उत्रन्थे । त्यसरी दुःख बिसाउन आउने जनताका आवाज मैले सकेसम्म मुख्यमन्त्री र सभामुखसमक्ष पु¥याउन र उनीहरूसँग पीडित जनताको भेटघाट मिलाउन जिम्मेवारी बहन गरिरहेँ । तर, मैले यो कुरा स्वीकार्नैपर्छ–जनताको आवाजजस्तै मेरा आवाज पनि ती नसुन्ने बोधो कान भएका पदाधिकारीहरूले मुस्किलले मात्र सुन्थे । बरु उत्तरमा सरकारका पदाधिकारीहरूले सरकारी कार्यालयका गेटहरूमा प्रहरीका बटालियनहरू परिचालनको आदेश जारी गर्थे !
मार्च २ मा सन् १९५५÷५६ को बजेट अधिवेशन चलिरहेको थियो । राज्य सभाको मूलद्वारबाहिर झन्डै ३ हजार महिलाहरूले आफ्ना जीविकाको अधिकार सुनिश्चित गर्न माग गरे । मैले उनीहरूको प्रदर्शनलाई ध्यानमा राखी राज्य सभाको बैठक केही समयको लागि स्थगित गर्न माग गरेँ । तर, मेरो प्रस्तावको कुनै सुनुवाइ भएन, बैठक चालू राखियो । तत्कालै मैले सदनको बैठकबाट बाहिरिने निधो गरेँ । बैठक छोडेर म महिलाहरूको विशाल ¥यालीमा सहभागी बनेँ । जुलुसमाथि दमन गर्न सशस्त्र प्रहरीको ठूलो समूह त्यहाँ तैनाथ रहेको देख्दा मलाई आश्चर्य लाग्यो । उनीहरू ती निहत्था र निरिह महिलामाथि हमला गर्न तम्तयार थिए । धन्न ¤ प्रदर्शन शान्तिपूर्वक सम्पन्न भयो ।

दार्जिलिङको चिया मजदुर आन्दोलनमा मारिएका मजदुरहरूको नामावली


सेप्टेम्बर २१ मा पनि उस्तै घटना भयो । झन्डै दस हजार बन्दरगाह मजदुरहरू मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन राज्यसभाअघि प्रदर्शनको लागि जम्मा भए । यसअघि जस्तै मुख्यमन्त्रीले उनीहरूलाई पनि भेटेनन् ।
सारमा त्यो समय निकै बेरङको समय थियो । हरेक दिनजसो प्रहरी दमन र अत्याचारका घटना घट्थे । दार्जिलिङको चिया बगानबाट केही नमिठा घटनाका समाचार आए । सन् १९५५ को जून २५ मा प्रहरीले जनताको आन्दोलनमाथि निर्ममतापूर्वक दमन गर्ने क्रममा मजदुहरूमाथि गोली प्रहार भयो । महिला र केटाकेटीलाई पनि छोडिएन । प्रहरी दमनको घटनाबारे आधिकारिक सूचना प्राप्त गर्न केही मजदुर नेताहरूसँग म मार्गरेट होम चिया बगानमा पुगेँ । सेप्टेम्बर २ को दिन मुख्यमन्त्री बीसी रोयले सदनमा दार्जिलिङमा चिया मजदुरहरूमाथि भएको गोली प्रहार सही भएको भनी प्रस्ताव पेश गरे । मेरो मथिङ्गल कति तात्यो होला !

गोआ मुक्ति आन्दोलनमा हाम्रो उत्साहपूर्ण सहभागिताको कारण पनि सन् १९५५ विशेष थियो । भर्खरै स्वतन्त्र बनेको हाम्रो देशबाट साम्राज्यवादको अन्तिम अवशेष निमिट्यान्न पार्न त्यो आन्दोलनमा सहभागी बन्न हामीले जनसमुदायलाई आह्वान ग¥र्याैं । जून २८ को दिन कमरेड मोहितोष नन्दीको नेतृत्वमा फूलमाला लगाएका कम्युनिस्ट स्वयम्सेवकहरू हुलगीबाट गोआतिर प्रस्थान गरे । उनीहरू निकै उत्साहित थिए ।

मैले तत्कालै सो अभिव्यक्तिलाई ‘परिचालित र अर्धसत्यमा आधारित’ भनी खण्डन गरेँ ।
नोभेम्बर क्रान्तिको अवसरमा सोभियत सङ्घ कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव निकिता खु्रश्चेभ र सोभियत सङ्घका प्रधानमन्त्री निकोलाई बुल्गानिनले सन् १९५५ को नोभेम्बर १६ मा भारतको भ्रमण गरे । उनीहरू कोलकोत्ता आउनुअघि नोभेम्बर २९ मा त्यहाँको सहिद मिनार मैदानमा भव्य समारोहको आयोजना ग¥यौं । मुख्यमन्त्री बीसी रोय, कम्युनिस्ट नेता बकिम मुखर्जी, सभामुख शैला मुखर्जी, मन्त्रिमण्डलका अन्य सदस्यहरू र कूटनीतिक नियोगका प्रतिनिधिहरूसहित मैले पनि उनीहरूलाई दम दम विमानस्थलमा स्वागत गरेँ ।
कोलकोत्ताका जनताले दुई जना सोभियत नेताहरूलाई भव्य स्वागत गरे । मेरो विचारमा सन् १९५५ को नोभेम्बरमा ब्रिगेड परेड ग्राउन्डमा सोभियत नेताहरूको स्वागतमा भएको समारोह शताब्दीको सबभन्दा ठूलो जनसभा हुनुपर्छ । केही सञ्चारमाध्यमहरूका समाचारअनुसार त्यहाँ झन्डै ५० लाख मानिस जम्मा भएका थिए । भारतीय जनताको यस्तो भव्य स्वागत र अभिनन्दनले सोभियत नेताहरूलाई निकै उत्साहित र खुुसी बनायो । असानोल विमानस्थलमा समेत हजारौँ जनताले उनीहरूलाई स्वागत गरेका थिए । पाहुनालाई हेर्न सर्वसाधारणबीच धकेलाधकेल भएको थियो ।
गोआ मुक्ति आन्दोलनमा हाम्रो उत्साहपूर्ण सहभागिताको कारण पनि सन् १९५५ विशेष थियो । भर्खरै स्वतन्त्र बनेको हाम्रो देशबाट साम्राज्यवादको अन्तिम अवशेष निमिट्यान्न पार्न त्यो आन्दोलनमा सहभागी बन्न हामीले जनसमुदायलाई आह्वान ग¥र्याैं । जून २८ को दिन कमरेड मोहितोष नन्दीको नेतृत्वमा फूलमाला लगाएका कम्युनिस्ट स्वयम्सेवकहरू हुलगीबाट गोआतिर प्रस्थान गरे । उनीहरू निकै उत्साहित थिए । उनीहरू न्यायपूर्ण लक्ष्यको निम्ति आफ्नो जीवन दिन पनि तयार थिए । वास्तवमा बङ्गाल र बङ्गालबाहिरका धेरै कमरेडहरूले त्यस्तै अनुभव गरेका थिए । सो सङ्घर्षको क्रममा धेरै योद्धाले अमूल्य जीवन गुमाएकोमा राज्य सभाको सन् १९५५ अगस्ट ११ को बैठकमा मैले एक मिनेट मौनधारण गर्ने प्रस्ताव गरेँ । सहिद अमिर चन्द, बाबु रोय, कमरेड बीके थोरात र नित्यानन्द साहको सम्मानमा मौनधारणको लागि मैले गरेको प्रस्ताव सभामुखले अस्वीकार गरे । मैले जोड दिंदा पनि उनी मानेनन् । अन्ततः सदनमा विपक्षी सांसदहरूले सबै उठेर मौन धारण गरे भने सत्तापक्ष सांसदहरू त्यत्तिञ्जेल चुपचाप बसिरहे ।
गोआ स्वतन्त्रता आन्दोलन भारतभरि फैलियो । अगस्ट १४ मा २ सय सत्याग्रहीहरू साम्राज्यवादी शक्तिविरुद्धको सङ्घर्षमा होमिन गोआतिर प्रस्थान गरे । अगस्ट १८ मा राज्य सभा र लोक सभा दुवैमा हाम्रो पार्टीको तर्फबाट गोआको समस्या समाधानको लागि भारतको स्पष्ट अडान सार्वजनिक गर्न नेहरू सरकारसमक्ष माग ग¥यो । गोआको स्वतन्त्रता आन्दोलनमा सकारात्मक भूमिका खेल्दै गरेका आरएसपीका नेता त्रिदिब चौधरीलाई पोर्चुगाली प्रहरीले गिरफ्तार गरी पोर्चुगाली कारागारमा कैद ग¥यो । कारागारमा उनीमाथि दुव्र्यवहार भयो । तर, नेहरू सरकारले उनको रिहाईको निम्ति केही पनि गरेन । डिसेम्बरमा मैले यो मुद्दा राज्यसभा बैठकमा उठाएँ । तर, नेहरू गोआको समस्या शान्तिपूर्वक समाधान गर्न खोजिरहेको अनुभव भयो । तर, सङ्घर्ष लम्बिंदै गयो । लडाकुहरूको ज्यान जाने क्रम रोकिएन । कतिञ्जेल यो शिलशिला जारी रहनेछ ? सन् १९५७ । दोस्रो आमनिर्वाचनको पूर्वसन्ध्यामा भारत सरकार पोर्चुगाली साम्राज्यवादको मुट्ठीबाट गोआलाई मुक्त गर्न भारतीय सेना पठाउन बाध्य भयो ।
नेपाली अनुवादः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *