भर्खरै :

लन्डन आक्रमणमा घाइते अठचालीसमध्ये एक्काइस जनाको अवस्था गम्भीरः एनएचएस

लन्डन, २१ जेठ । मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा घाइते भएका ४८ जनामध्ये २१ जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले आइतबार जनाएको यहाँको स्काई न्युज संस्थाले जनाएको छ ।
घाइते सवैजनालाई उपचारार्थ विभिन्न पाँच अस्पतालमा भर्ना गरिएको छ भने सामान्य घाइते भएका केही उपचार पश्चात घर फर्किएका छन् ।
यसैवीच, प्रधानमन्त्री थेरेसा मे ले आइतबार नै विभिन्न अस्पतालमा पुगी त्यहाँ रहेका घाइतेजन र उनीहरूका आफन्तलाई भेट्नुभएको छ ।
त्यसैगरी, आक्रमणमा सम्लग्न भएको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ । पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका प्रहरीले बताएको छ ।
प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजीगरिरहेको जनाएको छ ।
शनिबार राति भएको दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको र ४८ जना घाइते भएका प्रहरीले पुष्टि गरेको छ । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *