भर्खरै :

इटालीमा फुटबल दर्शकबीच भागदौड हुँदा करिव पन्ध्र सयजना घाइते

रोम (इटाली), २१ जेठ । इटालीको उत्तरी क्षेत्रमा अवस्थित पिएमोन्टे राज्यको राजधानी तुरिन सहरमा प्रत्यक्ष फुटबल प्रसारणे हेर्न दर्शकदिघामा बसिरहेका फुटबल प्रेमीबीच अचानक भागदौड मच्चिँदा कम्तीमा एक हजार ५०० इटालीको फुटबल टोली युभेन्टसका प्रशंसक (फ्यान) घाइते भएको यहाँको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते भएकामध्ये एक सात वर्षीय बालक र दुई जना महिला रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार इटालीको युभेन्टस र स्पेनको रियल म्याड्रिडबीच आयरल्यान्डको वेल्समा भएको ‘च्याम्पियन्स लिग’ को अन्तिम (फाइनल) खेल हेर्न ठूलो सङ्ख्यामा युभेन्टसका प्रशंसक इटालीको सान कार्लो स्क्वाएरमा जम्मा भएका बेला एक्कासीे विस्फोटको जस्तो आवाज सुनिएपछि भागदौड मच्चिएको थियो ।
भागदौड के कारण भएको थियो भन्ने विषयमा कुनै निचोड नआएको बताइएको छ । भागदौडको कारण कतिपयले पटका पड्काइएको आवाज भएको बताएका छन् भने कतिपयले प्रहरी बसिरहेको बार भत्किएको जनाएका छन् । रङ्गशालाबाट एक्कासी दर्शक हतारिएर भाग्न थालेपछि वरपर बसेका अन्य दर्शकहरुले आतङ्ककारी आक्रमण भएको हुनसक्ने डरका कारण भागेका र भाग्ने क्रममा एकले अर्कोलाई धकेलेर भएको घटनामा ठूलो सङ्ख्यामा फुटबल प्रशंसक घाइते भएका हुन् ।
शनिबारको खेलमा रियल म्याड्रिडले युभेन्टसलाई ४–१ गोल अन्तरले हराउँदै १२ औँ पटक उपाधि कब्जा गर्न सफल भएको छ । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *