भर्खरै :

नारायणी किनारमा पर्यटक बढ्दो

  • मंसिर १९, २०७७
  • आरके श्रेष्ठ
  • समाचार

नारायणगढ, १८ मङ्सिर । चितवन नारायणगढ पुग्ने यात्रीहरू आजभोलि नारायणी नदी किनारमा एकै छिन भए पनि रम्ने गर्दछ । पर्यटक वा यात्रीले थोरै समय भए पनि नारायणी नदीको किनारले दिने मनोरमलाई छुट्याउने गर्दछ । प्राकृतिक मनोरम त भइगयो त्यसैमाथि नदीमा मोटर बोडमा चढेर सयर गर्नाले मानिसले थप छुट्टै आनन्द लिने गर्दछ । त्यसकारण आजभोलि नारायणगढ नजिकै रहेको नारायणी नदी किनारमा मानिसहरूको आवतजावत बाक्लिदै गएको छ ।
बिहान बेलुका नारायणगढ र भरतपुर वरपरकै मानिसहरूले नारायणी नदी किनार भरिभराउ हुन्छ । दिउँसो पनि मोटर बोर्डमा चढेर सयर गर्ने, फोटो खिचाउने र दृश्यावलोकन मनोरञ्जन लिने मानिसको सङ्ख्या पनि उत्तिकै देख्न सकिन्छ । देशका विभिन्न जिल्लाबाट चितवन भएर पूर्व पश्चिम यात्रा गर्ने मानिसहरूले नारायणी नदीलाई नियाल्ने गर्दछ । नारायणी नदी ठूला नदीहरूमध्ये एक हो । मानिसहरूको प्राकृतिक मनोरमप्रतिको बढ्दो आकर्षकले पहाड, हिमाल, तराईको फाट, ताल तलैया, वन जङ्गल, नदी, झर्ना लगायतको थप महत्व बढ्न पुगेको छ । त्यस्तै नारायणी नदीले पनि आफ्नै छुट्टै महत्व बोकेको छ ।
अहिले नारायणगढस्थित नारायणी नदी किनारमा दसभन्दा बढी मोटर बोडहरू सञ्चालनमा छन् । जसले थप रोजगारीको सिर्जना पनि बढाएको छ । मोटर बोड चालक बलराम परियारका भनाइअनुसार अहिलेको प्रतिकूल समयमा पनि पैतीस चालीस हजार एउटा बोडले कमाइरहेको छ । बलराम भन्नुहुन्छ, “स्थानीयभन्दा पनि बाहिरबाट आउनेहरू मोटर बोड चढ्ने गर्दछ । बोर्डको क्षमताअनुसार दस जना मानिसलाई राखेर सयर गराएमा ३० मिनेटमा जनाको दुई सयले दुई हजार एउटा बोडले कमाउछ । कोरोना सङ्क्रमण जोखिमको कारण मानिसहरूको आवतजावत त्यति नभएकोले अहिले कमाइ राम्रो भएको छैन । “उहाँका अनुसार प्रायः काठमाडौँ, पोखरालगायत ठाउँबाट मानिसहरू घुम्न आउने क्रममा नारायणी नदीको मोटर बोडमा चढेर मनोरञ्जन लिने गर्दछ ।
त्यस्तै अर्को मोटर बोर्डका चालक सुजन गुरुङ दैनिक छ सय ज्यालामा काम गर्दै आएको छ । गैंडाकोट घर भएका सुजन नदीमा पौडिन दखल छन् । नारायणी नदीमै खेल्दै हुर्कदै आएको सुजनले बोड चलाएर पाएको पारिश्रमिक हात पर्दा खुसी छन् । घर आगनमै आफ्नो कला र चाहनाअनुरूप सुजनले रोजगार पाएका छन् । लकडाउनअघि एक जनाको एक सय पचास रहेको टिकट मूल्य बढाएर दुई सय बनाएको छ । महँगो टिकट मूल्यले सर्वसाधारणले पाउने सेवा सुविधालाई भने वञ्चित गराउने भएको छ ।
नारायणगढस्थित नारायणी नदी किनारमा थुप्रै मोटर बोडहरू देख्न सकिन्छ । निजी क्षेत्रबाट बिस्तार भएको मोटर बोडहरूलाई विस्तारै भरतपुर महानगरले नै व्यवस्थित गरी लान सके महानगरलाई थप आर्थिक स्रोत बन्न सक्छ । सीमित व्यक्तिले लिइरहेको फाइदा महानगरले लिन सक्दछ । जसको कारण आम नागरिकको हित हुनेछ । महानगरले सर्वसुलभ मूल्यमा मोटर बोड सञ्चालनमा ल्याए धेरै मानिसले मनोरञ्जन, आनन्द लिन सकिनेछ । नारायणगढमा नै रहेर पनि आर्थिकरूपमा कमजोर मानिसहरू नारायणी नदीमा चलेको मोटर बोर्ड हेरेर फर्कनु पर्ने बाध्यता छ । सुलभ मूल्य तिरेर घर आगन अगाडि भएको नारायणी नदीमा सयर गर्न नागरिकको चाहना हुन्छ । यो व्यवस्था भरतपुर महानगरले गर्नुपर्दछ ।
कोरोना सङ्क्रमण जोखिम कायमै रहेकोले नारायणी नदीमा मनोरञ्जन लिन आउने मानिसहरूले सुरक्षा सतर्कता भने अपनाइएको देखिएन । मास्क र एक आपसको दुरी कायम नगर्दा भेटघाट र आवतजावतले कोरोना सङ्क्रमण फैलन सक्ने जोखिम भने प्रबल रहेको छ । यतातर्फ पनि महानगरको ध्यान जानु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *