यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
आधुनिकताको लहरले मानव जीवनलाई अर्कै धारमा अगाडि बढाइरहेको छ । सकारात्मकभन्दा पनि नकारात्मक कुराहरू तीव्रगतिमा अगाडि बढिरहेको छ । सृजनात्मकभन्दा पनि अन्य कुराहरूमा मानिसको ध्यान बढी गइरहेको छ । समाजमा बढ्दै गएका विभिन्न सामाजिक समस्याहरू जस्तै ः चोरी, डकैती, हत्या, बलात्कार, तेजाब आक्रमण, लागूपदार्थ दुव्र्यसनी इत्यादिले समाजलाई अन्धकारतिर धकेल्दै छ । समाजमा बढ्दै गएको बेरोजगारी, गरिबी, गलत सङ्गतका कारण मानिसहरू यसको शिकार हँुदै छन् । आज हामी तेजाब आक्रमणको बारेमा छलफल गर्ने जमर्को गर्दै छौँ ।
तेजाब आक्रमण किन हुन्छ ? यसका कारणहरू के के छन् त ? यस्तो अमानवीय कार्यका पछाडि कस्ता मानिसहरूको हात रहेको हुन्छ । यस्ता कार्यलाई नियन्त्रण कसरी गर्न सकिन्छ भनी चिन्तन गर्ने बेला भइसक्यो । तर, सम्बन्धित निकायका व्यतिmहरू कानमा तेल हालेर बस्दा पीडितहरूले न्याय पाउन सकेका छैनन् । पीडकहरू भने स्वतन्त्र भएर हिँडिरहेका छन् । नेपालको तराई क्षेत्रमा रहेका जिल्लाहरुमा दशकौँदेखि तेजाब आक्रमणका घटना भइरहेका थिए । लिखित दस्तावेजअनुसार २०६३ सालमा सुनसरीमा सुदिना खातुनमाथि पहिलो तेजाब आक्रमण भएको देखिन्छ । २०७७ साल साउनको ८ गते काठमाडौँको सितापाइलामा पवित्रा कार्कीमाथि तेजाब आक्रमण भएको थियो । यस्तो अमानवीय घटनाले देख्ने र सुन्नेहरूको मन छियाछिया हुने गरेको छ । हालसम्म नेपालमा तेजाब आक्रमणको शिकार हुनेको सङ्ख्या २४ पुगेको छ । त्यसमध्ये २१ जना महिलाहरू पीडित भएका छन् भने तीन जना पुरुषहरू पनि तेजाब आक्रमणको शिकार भएका छन् । तीमध्ये दुई जना महिलाहरूले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा रुपन्देहीकी तुलसी सापकोटा र महोत्तरीकी सम्झना दास रहेका छन् । तेजाब आक्रमण हुनाका कारणहरू हेर्दा धेरैजसो प्रेम सम्बन्धका कारणले गर्दा भएको देखिन्छ । आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै महिलाहरूमाथि तेजाब आक्रमण गरिने क्रम बढ्दै गएको छ । आफनो निजी स्वार्थ पूरा नभएको भन्दै अरूमाथि तेजाब प्रहार गर्नु अन्याय हो । यस्ता कार्यले मानिसको स्वतन्त्ररूपमा बाँच्न पाउने अधिकारको हनन भएको छ । तेजाब आक्रमणको शिकार महिलामात्रै भएका छैनन् । केही सङ्ख्यामा पुरुषहरू पनि यसको शिकार भएका छन् । चाहे महिला वा पुरुष तेजाब आक्रमणको पीडा उस्तै नै हुने गर्दछ । यसको साथै आपराधिक मानसिकताको कारणले गर्दा यस्ता अमानवीय घटना भइरहेका छन् ।
हामी अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउदै छौँ । तर, समाजमा हाम्रा छोरी चेलीहरू सुरक्षित नरहेको कुरा प्रस्टै देखिन्छ । तेजाब आक्रमणजस्तै समाजमा बलात्कारका घटनाहरू पनि बढिरहेका छन् । समाजको उन्नति र प्रगतिको लागि महिलाहरू स्वतन्त्र भएर हिँड्नसक्ने वातावरणको सृजना हुनुपर्दछ । महिलालाई घरको लक्ष्मी, देवी मानिन्छ । तर, महिलाहरू विभिन्न कारणले गर्दा हिंसामा पर्दै आएका छन् । महिलाका पक्षमा बनेका नियम कानुन र दिवसहरूले पीडित महिलाका जीवनमा खासै प्रभाव पार्न सकेका छैनन् ।
तेजाब आक्रमणका पीडकहरूलाई केही सजायको व्यवस्था भए पनि त्यो नाममात्रको रहेको छ । तेजाब आक्रमणसम्बन्धी पुरानो नियमअनुसार ५ वर्षदेखि ८ वर्षसम्म जेल सजायको व्यवस्था गरिएको तर सोर्सफोर्स लगाएर केही समयमा नै जेलबाट निस्कने गरेको देखिन्छ । आपराधिक मानिसहरूलाई जेल जानु भनेको पनि मामाघर जानुजत्तिकै भएको देखिन्छ । तेजाब आक्रमणबाट पीडितहरू जीवित रहे पनि हरपल मरीमरी बाँचेका हुन्छन् । शरीर त जीवित हुन्छ तर मन मस्तिष्कमा हरपल त्यही आक्रमणको घटना छाइरहेको हुन्छ र त्यही चोटका कारण उनीहरू पल पल मरिरहेका हुन्छन् । यसरी तेजाब आक्रमणको शिकार भएकाहरू यस घटनापछि न त कुनै सरकारी जागीर खान सक्दछन् न त कुनै प्राइभेट सेक्टरमै । यसरी उनीहरू समाजबाट बहिष्कृत हुन बाध्य भएका हुन्छन् । शारीरिकरूपमा कुरुप भई अङ्गभङ्ग भएको चोट त छँदै छ । त्यसै घाउमा नुन छर्नु जत्तिकै पीडितहरू सामाजिक, आर्थिक, राजनैतिकरूपमा पनि बहिष्कारको शिकार बन्ने गर्दछन् । कतिपय महिलाहरूले त एसिड आक्रमणको शिकार भएको चोट सहन नसकी विभिन्न किसिमका मानसिक रोगका शिकार भई आत्महत्याको बाटो पनि रोजेका छन् ।
हाल आएर नेपाल सरकारले तेजाब आक्रमणको विरुद्धमा नयाँ कानुन ल्याएको छ । यसअनुसार यदि कसैले कसैलाई एसिड प्रहार गरी निज पीडितको एक वर्षभित्र मृत्यु भएमा पीडकलाई जन्म कैदको व्यवस्था नयाँ कानुनले गरेको छ । पीडितका महत्वपूर्ण अङ्गहरू जस्तैः आँखा, नाक, कान, स्तन, यौनाङ्गमा असर परेमा वा ती अङ्गहरू काम नलाग्ने भएमा पीडकलाई २० वर्षको कैद र १० लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ । सामान्य क्षति भएमा पनि पाँच वर्षदेखि सात वर्षसम्मको जेल सजायको साथै १ लाख रुपैयाँसम्म जरिवानाको उल्लेख गरिएको छ । यसको साथै यदि कसैले कसैलाई तेजाब आक्रमण गर्ने प्रयास गरेको तर त्यो व्यक्तिलाई नलागेमा पनि नयाँ कानुनअनुसार १० वर्ष जेल सजायको साथै पाँच लाख रुपैयाँ जरिवाना गरिन्छ । तर पनि हाम्रो समाजमा यस्ता अमानवीय कार्यहरू दिनानुदिन बढ्दै गइरहेको छ । कानुनहरू बने पनि कडाइका साथ लागू हुन नसक्दा पीडितहरूले न्याय पाउन सकेका छैनन् । बनेका कानुनहरू पनि पीडितहरूको लागि कागलाई बेल पाकेर हर्ष न विस्मात भनेझैँ भएको छ । यस्ता कुकार्य गर्नेहरूको साहस बढनुको कारण पीडितहरू लोकलाजका कारण बेइज्जत हुने डरले चुपचाप बस्ने गर्नाले पीडकहरूको आत्मविश्वास बढेको हो ।
Leave a Reply