तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २० मङ्सिर । १७ औँ राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवसको अवसरमा शनिबार एक कार्यक्रमबीच नगर प्रमुख सुनिल प्रजापतिले उत्कृष्ट स्वयंसेविकाहरूलाई पुरस्कृत गर्नुभयो । नगरका वडाहरूमा जनसमुदायबीच एक वर्षमा गरेका स्वास्थ्यसम्बन्धी कार्यहरूको विभिन्न सूचकहरूको आधारमा भनपा ७ का लक्ष्मीकेशरी तुइतुई प्रथम, वडा नंं २ का स्वयंसेविकाद्वय कृष्णश्वरी दथेपुथे द्वितीय र बबीमैयाँ लघू तृतीय हुन सफल हुनुभएको छ ।
उत्कृष्ट स्वयंसेविकाहरूलाई नगद पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै प्रमुख प्रजापतिले समाजलाई स्वस्थ र निरोगी बनाउन निरन्तर निःस्वार्थरूपमा सेवा गर्न सबैलाई आग्रह गर्नुभयो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमणबाट समाजलाई जोगाउन नगरपालिकाको निर्देशनबमोजिम परिचालित भइरहेकोमा खुसी व्यक्त गर्दै प्रमुख प्रजापतिले निरन्तरको मेहनत, लगनशीलता, निःस्वार्थ मन र सेवाभाव नै स्वयंसेविकाहरूको परिचय हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सत्ताधारी दलका नेताहरूले व्यापारी र ठेकेदारहरूसँग मिलेमतो गरी कोभिड–१९ महामारीको सङ्कटको समयमा स्वास्थ्य सामग्री, कृषि सामग्री तथा दैनिक उपभोग्य वस्तुमा भ्रष्टाचार, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको उल्लेख गर्दै सङ्कटको समयमा कालोबजारी गर्नु अपराध भएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा भनपा वडा नंं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जाडो बढेसँगै कोभिड–१९ सङ्क्रमण बढ्नसक्ने हुँदा विज्ञहरूबाट थप सचेत रहन आग्रह गरिरहेको चर्चा गर्दै महामारीबाट समाजलाई बचाउन स्वास्थ्य स्वयंसेविकाहरू अझै सक्रिय हुनुपर्ने बताउनुभयो ।
विवाह, व्रतबन्ध, इहिलगायतका सामाजिक संस्कृति तथा भोजभतेरहरूमा मानिसको भीड हुने र सङ्क्रमणको जोखिम बढ्ने सम्भावना रहेकोले स्थानीयवासीहरूलाई संस्कृतिलाई औपचारिकतामा सीमित गर्न तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अवलम्बन गर्न अनुरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले शिशु तथा मातृ मृत्युदरमा उल्लेखनीय सुधार आउनु, सरूवा रोग नियन्त्रण एवं विभिन्न रोगविरूद्ध खोप कार्यक्रम प्रभावकारीरूपमा अघि बढ्नुमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका रहेको चर्चा गर्दै स्वयंसेविकाहरूलाई समयानुकूल स्वास्थ्य तालिम तथा अभिमुखीकरण गर्दै लगिने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले नेपाल सरकारले स्वास्थ्य स्वयंसेविका परिचालनसम्बन्धी नयाँ कार्यविधि तयारी गरिरहेको चर्चा गर्दै नयाँ व्यवस्थाअनुसार स्वयंसेविकाहरूको थप प्रभावकारी परिचालन गर्ने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक स्वास्थ्य परिचालिका कमलकेशरी राजचल र नर्स रचना सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply