भर्खरै :

चीनले चन्द्रमामा गाड्यो आफ्नो झन्डा

काठमाडौँ, २० मङ्सिर ( एजेन्सी) । चीनले चन्द्रमामा आफ्नो झन्डा गाडेको छ । अमेरिकाले ५० वर्षभन्दा पहिले पहिलोपटक आफ्नो झन्डा चन्द्रमामा फहराएको थियो । चीन चन्द्रमामा आफ्नो झन्डा गाड्ने दोस्रो देश बनेको छ ।
वायुविहीन चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारायुक्त चीनको झन्डा देखिएको तस्बिर चीनको राष्ट्रिय अन्तररिक्ष एजेन्सीले सार्वजनिक गरेको हो ।
च्याङ्गइ–५ अन्तरिक्षा यानमा रहेको क्यामराले सो तस्बिर लिएको हो । चन्द्र सतहबाट माटो र ढुङ्गा लिएर सो यान बिहीबार बाहिरिएको छ ।
अमेरिकाले सन् १९६९ मा एपोलो ११ अन्तरिक्ष अभियानमार्फत चन्द्रमामा पहिलोपटक आफ्नो झन्डा गाडेको थियो । त्यसपछि सन् १९७२ सम्ममा उसले थप पाँच झन्डा चन्द्रमामा राख्न सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *