कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
बनेपा, २० मङ्सिर । बनेपा नगरपालिका वडा नं. ७ स्थित चारदोबाटो चोकको पूर्व अरनिको राजमार्ग हुँदै बग्ने ढगाल खोला माथिबाट छोपेर ढलान गरिएको छ । खोला माथि ढलान के प्रयोजनको लागि भन्ने स्थानीय जनताले जिज्ञासा व्यक्त गरेका छन् ।
बनेपा नगरपालिकाले नगरस्थित खोलाहरूमा घर निर्माण गर्दासमेत ५ मिटर देखि १५ मिटरसम्म खोलाको मापडण्ड छोड्नुपर्ने भनी उल्लेख गरिएको छ । तर, निर्माणाधीन ढगाल खोला माथिको ढलान कुन मापडण्डअनुसार स्विकृत भयो भन्ने स्थानीय अनभिज्ञ रहेको बताइन्छ ।
खोलाको दायाँ बायाँ अग्ला भवनहरू र बीचबाट परम्परादेखि बगिआएको ढगाल खोला छोपेर कस्को हितमा, केकालागि ढलान गरी निर्माण कार्य गरियो ? यसमा क–कसको संलग्नता रहेको छ ? के यो स्मार्ट सिटीको परिकल्पनाको नमुना हो भन्ने स्थानीयको प्रश्न छ ।
Leave a Reply