भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
काठमाडौंँ २१ मङ्सिर । काठमाडौँ महानगरपालिका वडा नं. १६ अन्तर्गत बालाजु बाइपास पश्चिमतर्फको घर सडक विस्तार र विकासको नाममा सरकारले डोजर चलाएपछि सडक विस्तार पीडितहरूको रिले अनसन जारी छ ।
शनिबार सडक विस्तार पीडित सङ्घर्ष समितिले दिउँसो गरेको ऐक्यबद्धता कार्यक्रम सञ्चालन गर्दै गर्दा सरकार पक्षका व्यक्तिहरूले त्यहाँ राखिएका झन्डा र ब्यानरलाई अवरोध गर्न खोजेका थिए । तर आन्दोलनकारीहरूले ती अवरोधविरुद्ध नारा जुलुस गरेपछि कार्यक्रम सञ्चालन भएको थियो । सरकारी पक्षले सडक विस्तारको नाममा उठिबास गरेर सडकमा ग्राभेलिङ्ग गर्ने काम गरेको छ ।
गैरन्यायिकरूपले सर्वोच्च अदालतको २०७३ चैत १३ गतेको आदेशानुसार छलफलबाट टुङ्गो नलागेसम्म निवेदकहरूको घर आँगनमा प्रवेश गर्ने, अनधिकृतरूपमा कब्जा गर्ने, भत्काउनेजस्ता कुनै कार्य नगर्नु वा नगराउनु भनिएको अवस्थामा पनि सरकारले जबरजस्ती घर भत्काएको विरोधमा निरन्तर सङ्घर्ष जारी छ ।
त्यसक्षेत्रमा हाल ३९ परिवारको घर भत्काइएको छ । पीडितहरूले ‘हाम्रो घर फिर्ता गर, हाम्रो घर हाम्रो अस्तित्व’ उल्लेखित ब्यानर राखी ६ बुँदे मागसहित रिले अनसनमा छन् ।
उपत्यकाव्यापी गैरन्यायिक सडक विस्तार पीडित सङ्घर्ष समिति ल्हुति बालाजु बाइपासद्वारा आयोजित गैरन्यायिक सडक विस्तार पीडित सङ्घर्ष समितिको केन्द्रीय संयोजनमा रिले अनसन बस्दै आएका छन् ।
सरकारले सर्वाेच्चको आदेशविपरीत घर भत्काएर गैरन्यायिक कार्य गरेको हुँदा स्वबासी जनताको न्यायोचित माग पूरा गरी उठिबास बन्द गर्नुपर्दछ ।
Leave a Reply