अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
मोन्टेभिडिओ, ६ डिसेम्बर (टेलिसुर) । दक्षिण अमेरिकी देश उरूग्वेका प्रथम वामपन्थी राष्ट्रपति तावारे रामोन भास्क्वेजको ८० वर्षको उमेरमा शनिबार निधन भएको छ । केही महिनाअगाडि बायाँ खुट्टामा क्यान्सरजन्य ठूलो खतिरा आएपछिदेखि उहाँको स्वास्थ्य बिग्रन थालेको थियो ।
भास्क्वेज ल्याटिन अमेरिकी देश उरूग्वेमा निर्वाचनबाट आएका प्रथम वामपन्थी राष्ट्रपति र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने नेताका रूपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँ पहिलोपटक राजधानी सहर मोन्टेभिडिओको मेयरमा १९९०–१९९४ सम्मका लागि निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ २००५ मा उरूग्वेली समाजवादी पार्टी र वामपन्थी गठबन्धनको उम्मेदवार बनी पाँच वर्षका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो र आफ्नो देशमा समाजवादउन्मुख परिवर्तनको प्रक्रिया थाल्नुभएको थियो । उहाँले चीन, भियतनाम, भारत आदिसित कूटनीतिक र व्यापारिक सम्बन्ध बढाएर उरूग्वेको वैदेशिक सम्बन्धलाई फराकिलो पार्नुभएको थियो । उहाँपछि वामपन्थी गठबन्धनकै होसे मुजिका राष्ट्रपति बन्नुभएको थियो र २०१५ मा पुनः भास्क्वेज राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०१९ को अन्तिमतिर भएको निर्वाचनमा भने मध्य दक्षिणपन्थी गठबन्धनका उम्मेदवार लुइस लाकाले पोउ निर्वाचित हुनुभएको थियो ।
भास्क्वेज राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी नाकाबन्दी तोड्दै समाजवादी राष्ट्र क्युवा र समाजवादउन्मुख भेनेजुयलासित कूटनीतिक र व्यापारिक सम्बन्ध बलियो बनाउनुभएको थियो र विभिन्न अवसरमा पटक–पटक क्युवाको भ्रमण गर्नुभएको थियो । उहाँले संरा अमेरिका प्रस्तावित अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (एफटीएए) को विरोध गर्दै उरूग्वेलाई ल्याटिन अमेरिकी देशहरूको क्षेत्रीय सङ्गठन अल्बा र क्यारिबियाली र ल्याटिन अमेरिकी देशहरूको समुदाय–सेलाकमा उरूग्वेलाई सदस्य बनाउनुभएको थियो ।
नेता भास्क्वेज सरल र सादा जीवनशैली र भ्रष्टाचारविरोधी कदमका लागि चर्चित हुनुहुन्थ्यो । उहाँका छोराद्वारा पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उहाँकै अन्तिम इच्छाअनुसार उहाँको पार्थिव शरीरलाई सामान्य प्रक्रिया र कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड अपनाएर अन्त्येष्टि गरिनेछ । उहाँको पार्थिव शरीरलाई मोन्टेभिडओकै तेजा समाधिस्थलमा अन्त्येष्टि गरिनेछ ।
उहाँले आफ्नो अन्तिम अन्तर्वार्तामा भन्नुभएको थियो, राष्ट्रपतिको रूपमा काम गर्दा मैले अनुभूति गरेको पहिलो कुरा भनेको एउटा ठूलो जिम्मेवारी र ठूलो खुसी थियो । जनचाहना पूरा गर्न संरचनाहरूको निर्माण मुख्य रहे । ती सफलताका लागि पनि उरूग्वेली जनताप्रति आभारी छु जसले मलाई यो देशको नेतृत्व गर्नका लागि विश्वास दिए ।
Leave a Reply