भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ बिहीबारदेखि सुरु हुने
- कार्तिक ११, २०८३
नयाँदिल्ली, २१ मङ्सिर (रासस÷एएनआई) । भारतमा शनिबार थप ३६ हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९६ लाख ४४ हजार २२२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । जसमध्ये ९१ लाखभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् ।
सो मन्त्रालयका अनुसार हाल चार लाख तीन हजार २४८ व्यक्ति अझै पनि सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३१ औँ दिन हो ।
भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४८२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४० हजार १८२ पुगेको छ ।
भारतभरि सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ८३ हजार ९३१ अझै पनि सक्रिय सङ्क्रमित रहेको आइतबार जनाइएको छ ।
सङ्क्रमणको कारण यहाँ ४७ हजार ६९४ व्यक्तिको मृत्यु भएको जनाइएको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा पाँच लाख ५३ हजार २९२ सङ्क्रमित भएका छन् । कोरोना सुरू भएयतादेखि शनिबार बिहानसम्म दिल्लीमा यस प्रकोपबाट नौ हजार ५७४ व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड ६९ लाख ८६ हजार नमुना परीक्षण गरेको जनाएको छ ।
Leave a Reply