“अतिक्रमित क्षेत्र” : किन नेपाल–भारत सीमा विवाद फेरि चर्किदै छ ?
- जेष्ठ २०, २०८३
‘धमिलो पानीमा माछा मार्नु’ नेपाली समाजमा पुरानो तर प्रचलित एउटा कहावत हो । अनुभवको आधारमा हाम्रा पूर्खाले प्राप्त गरेको ज्ञानको एउटा सार हो । परिस्थितिवश् हाम्रा अग्रजहरू सूत्रात्मक शैलीमा अभिव्यक्ति दिन्थे र हस्तान्तरण गर्थे । शब्द संयोजनको हिसाबले अत्यन्त सरल तर मर्मस्पर्शी तथा गम्भीर अर्थ दिने यो भनाइले हाम्रा पूर्वजले कम शब्दमा धेरै भनेर गएको र नयाँ पिँढीलाई सचेत तथा सजग पार्न खोजेको आभास हुन्छ । यो कहावत वर्तमान नेपाली राजनीतिसँग ज्यादै नै मेल खान्छ । नेपालको आजको परिस्थितिले यही भनाइको याद दिलाउँदैै छ । बेला छँदै होशियार हुन घच्घच्याइरहेको पनि महसुस हुन्छ ।
यतिखेर विशेषगरी नेपाली राजनीति, अर्थनीति, कूटनीतिको पानी धमिल्याइँदै छ । धमाधम माछा मारिइँदै छ । नेपाली जनताका निम्ति यो नौलो घटना भने जरूर होइन । यो सुनेकै, देखेकै या भोगेकै विषय हो । विगत ७० वर्षको आधुनिक नेपाली इतिहासलाई फर्केर हेर्ने हो भने धेरै कुरा आपैm प्रस्ट हुन्छ । साथै तथ्य, प्रमाण र तर्कबाट पनि पुष्टि गर्न सकिन्छ ।
विरोधाभासपूर्ण कुरा त के हो भने हिजोसम्म विभिन्न कालखण्डमा नेपालमा अल्पमत या कमजोर सरकार थिए । नाम र कामले नै पुँजीवादी तथा उदारवादी पार्टीहरूको वर्चश्व या बहुमत थियो । प्रतिक्रियावादी सत्ता थियो । भारतले प्रत्यक्षरूपमा हुर्काए–बढाएको नेपाली काङ्ग्रेस शक्ति र सत्तामा थियो । त्यतिखेर पानी धमिल्याइएकोमा र माछा मारेकोमा के आश्चर्य ? नेपाली काङ्ग्रेसको प्रयोजन समाप्त भयो र अर्को घोडा तयार भयो । यतिखेर झन्डै दुईतिहाइको सरकार छ । सरकारका तीन वटै तहमा नेकपा नाउँको सबैभन्दा ठूलो दलको सरकार छ । नेकपा आपूmलाई वामपन्थी पार्टी भन्छ । देशकै ठूलो ‘राष्ट्रवादी’ ठान्छ । त्यति मात्र कहाँ हो र ? ऊ कम्युनिस्ट दाबी गर्छ । दक्षिण एसियाको दोस्रो र विश्वको पाँचौँ ठूलो कम्युनिस्ट पार्टी दाबी गर्न र रवाफ देखाउन उसलाई केही अप्ठ्यारो छैन । हँसिया–हथौडा उसको झन्डा हो र चिह्न हो । तर, यस्तो बखतमा समेत अभैm पानी धमिल्याउने खेलले निरन्तरता पाउन कसरी सम्भव भयो ? पानी धमिल्याउने को हो ? बुझ्ने अत्यन्त कम छन् । चिन्ने पनि कम छन् । हाकाहाकी यथार्थ बोल्ने हिम्मत गर्ने झनै कम छन् । बुझेर पनि बुझ पचाउनेहरूको सङ्ख्या बढी छ । तैँ चूप मै चूप गुपचुप पार्न तम्सिनेहरू बढ्ता छन् । यो कमजोरी र यो जटिल परिस्थितिको फाइदा उठाउने काम भइरहेको छ । यही विडम्बनाबीच नेपाली राजनीति बारम्बार भूमरीमा फस्दै छ । नेपाली जनता ठूलो मूल्य चुकाउँदै छन् ।
यति शक्तिशाली सरकारसमेत पानी धमिल्याएको र माछा मारेको किन टुलुटुलु हेरिबस्छ ? किन प्रत्युत्तर दिँदैन ? किन प्रतिकार गर्दैन ? हिजोका शासक र आजका बीच तात्विक अन्तर के रह्यो त ? प्रचूर बहुमतको सरकार यति निकम्मा कसरी भयो ? सरल मानिसहरूबाट यी प्रश्न उठ्नु स्वाभाविक हो । जवाफ सरल छ, जसको सिता खान्छ उसको गीता गाउँछ !
नेमकिपाका अध्यक्ष का.रोहितले एक प्रसङ्गमा प्रस्ट शब्दमा भन्नुभएको थियो – “तपार्इंले नेपालका एक सय समस्या उजागर गर्नुस्, ती जम्मैको मुख्य कारण के हो भन्दा त्यसको जवाफ एउटै हुनेछ, त्यो हो भारत ।” आजको सन्दर्भमा पनि त्यही भनाइ या नियम लागु हुन्छ । पानी धमिल्याउने अरू कोही नभई भारतीय विस्तारवाद या भारतीय एकाधिकार पुँजी हो । नेपालको राजनीतिमा निरन्तर प्रभाव पार्दै र आफ्नो स्वार्थ पूर्ती गर्न चलखेल गर्दै आएको शक्ति भनेको त्यही नै हो । कहिले सीधासीधा हस्तक्षेप र चलखेल गर्छ त कहिले आफ्ना दलालहरूमार्पmत् अगाडि बढिरहेको प्रस्ट छ । तर, तिनका दलालहरू विषय तथा प्रसङ्ग अन्तै मोड्दै दोष अरूलाई दिने या आपूm चोखो भएको प्रमाणित गर्न खोज्छन् ।
विरोधाभासपूर्ण कुरा त के हो भने हिजोसम्म विभिन्न कालखण्डमा नेपालमा अल्पमत या कमजोर सरकार थिए । नाम र कामले नै पुँजीवादी तथा उदारवादी पार्टीहरूको वर्चश्व या बहुमत थियो । प्रतिक्रियावादी सत्ता थियो । भारतले प्रत्यक्षरूपमा हुर्काए–बढाएको नेपाली काङ्ग्रेस शक्ति र सत्तामा थियो । त्यतिखेर पानी धमिल्याइएकोमा र माछा मारेकोमा के आश्चर्य ? नेपाली काङ्ग्रेसको प्रयोजन समाप्त भयो र अर्को घोडा तयार भयो । यतिखेर झन्डै दुईतिहाइको सरकार छ । सरकारका तीन वटै तहमा नेकपा नाउँको सबैभन्दा ठूलो दलको सरकार छ ।
स्पष्ट छ, नेपालमा भारत शान्ति चाहँदैन । नेपाल स्वतन्त्र भएको देख्न चाहँदैन । भारत सधैँ नेपालमा स्थिरता, विकास तथा समृद्धि नहोस् भन्ने पक्षमा रहँदै आएको नबुझिने कुरा होइन । नेपाल आत्मनिर्भर भएको ऊ हेर्न त के सुन्न पनि चाहँदैन । नेपालीको गरीबीमा ऊ बढ्ता फाइदा देख्छ । भारत भौगोलिकरूपमा जति विशाल छ त्योभन्दा बढी सङ्कीर्ण छ । आजसम्मको नेपालप्रतिको उसको व्यवहार, नीति र प्रवृत्तिले त्यही भन्छ । विसं २००७ को परिवर्तनपछि नेपालले हासिल गरेको अनुभवले पनि यही भन्छ । नेपाललाई तीनतिरबाट घेरेर बसेको छिमेकी नै दुष्ट हुनाको अभिशाप नेपाली जनता जीवनका हरेक क्षेत्रमा यतिखेर झेल्दै छन् ।
भारतीय शासक वर्गमा भएको औपनिवेशिक मानसिकता, बेलायती उपनिवेशवादी चिन्तनबमोजिम दक्षिण एसिया कब्जा गर्ने महत्वाकाङ्क्षा र नेपाली शासक वर्गको हीन भावना या आत्मसर्पणवादी चिन्तन नै यसको मूल कारण हो । भारतीय एकाधिकार पुँजी नेपाली बजारमा एकहट्टी कायम गर्न चाहन्छ । भारतीय विस्तारवाद उत्तरको हिमालसम्म पुग्ने चाहनाबाट अभैm मुक्त हुन सकेको छैन । उत्तरलाई हिमाल पारी नै रोक्ने र समाजवादलाई निमोठ्ने उसको नीतिमा कुनै फेरबदल भएकै छैन । आज त झन् भारत फासीवादको बाटोमा छ । यद्यपि, सन् १९६२ को परिस्थितिभन्दा अहिले निकै फरक भइसकेको छ । त्यतिखेर भारतलाई उक्साउने र बुई चढाउने सोभियत सङ्घ बाँकी छैन । त्यतिखेर भारतीय शासक वर्गलाई अनेक ढङ्गमा सहयोग गर्ने साम्राज्यवादी अमेरिका आपैm ओरालो लाग्दै छ । साठी वर्षभित्र विशाल ह्वाङ्ग हो नदीमा धेरै पानी बगिसकेकोबारे त्यति धेरै चर्चा गरिराख्न नपर्ला ¤ चीनसँगको व्यापार युद्धमा संरा अमेरिका पूर्णतः पराजित भइसकेको ताजा घटना पनि सबै सामु छ । तसर्थ, बैसठ्ठीको बहुलठ्ठीपन दोहो¥याउनु भनेको भारतका निम्ति आत्मघाती हुने निश्चित छ । साथै, समाजवादको बढ्दो उभार कोरोना महामारीसँगै झन् बढेको यत्रतत्र सर्वत्र महसुस गरिएकै कुरा हो । त्यो उभारलाई रोक्ने तागत यो सूचनाक्रान्तिको जमानामा कसैसँग छ भन्नेमा विश्वास गर्न सकिने ठाउँ छैन ।
भारतीय शासक वर्ग आफ्नो स्वार्थ पूरा गर्न हुने–नहुने सम्पूर्ण उपाय अपनाउन तयार छ भन्ने कुराका प्रशस्त उदाहरण छन् । नेता–नेताबीच झगडा लगाउन, पार्टीभित्र गुटफुट गर्न, पार्टी पार्टीबीच झगडा लगाउन र समाजमा विग्रह पैmलाउन चौबीसै घण्टा ऊ सक्रिय छ भन्ने वास्तविकता जगजाहेर छ । नेपाली जनताबीचको एकता उसका निम्ति कहिल्यै स्वीकार्य भएन । कामदार जनताबीचको एकता समाजवादी आन्दोलनको पृष्ठभूमि बन्ने खतरा महसुस गर्दै मजदुर–किसानहरूलाई जातीय, क्षेत्रीय, धार्मिक तथा साम्प्रदायिक नारामा अल्झाउने काम उसले बारबार गरेको कसैबाट लुकेको छैन । तराईका जनता त्यसका प्रत्यक्ष भुक्तभोगी हुन् ।
भारतीय शासकवर्ग नेपाली शासकहरूलाई अब खुलमखुला नचाउँदै र भिडाउँदै छ । एकले अर्कोलाई निर्वस्त्र पार्नेसम्मको चरणमा झगडालाई पु¥याएर विश्वसामु नेपाली वामपन्थीको बदनाम गर्न र नेपाली समाजलाई उदाङ्गो पार्न खोजिएको हो भन्ने बुभ्mन त्यति गाह्रो छैन । नेपाली समाजमा बढ्दै गएको भारतीय विस्तारवादविरोधी भावना निस्तेज पार्ने, नयाँ पुस्तामा हुर्किरहेको देशभक्तिपूर्ण भावना दबाउने र राष्ट्रिय एकताको सिलसिला टुटाइदिने भारतीय विस्तारवादको षड्यन्त्र हो । लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्तामा भइरहेको भारतीय अतिक्रमण तथा ज्यादतीबारे नेपाली जनमानसमा पैmलिरहेको सचेतना तुरून्त रोक्ने र अन्तर्राष्ट्रिय समुदायमा नपु¥याउने उद्देश्यका साथ भारतले धुवाँको पर्दा तयार पारेको हो । हिजो उसैको योजना तथा स्वार्थबमोजिम दुई नेता मिलाउने काम भयो । एकताको आकर्षक कलेवरभित्र अस्थिरता तथा अन्तरध्वंसको उद्देश्य लुकाइएको थियो । आज त्यसको पुष्टि हुँदै छ । आज शासक दलभित्र जे हुँदै छ त्यो अनपेक्षित र अस्वाभाविक थिएन ! भारतीय विस्तारवादले नियोजितरूपमा पाइला चालेको थियो र शासक नेताहरू पाइला–पाइला गरी फस्दै गएका थिए । शक्ति र सत्ता प्राप्तिका निम्ति तथा व्यक्तिगत महत्वाकाङ्क्षाका निम्ति विचार, नैतिकता तथा इमान तिनले बन्धकमा राखे । यथार्थमा तिनकै कमजोरीमा भारतीय शासक वर्गले खेलेको प्रस्ट छ । यी सम्पूर्ण कुरा एकै दिन भएको जरूर होइन । अनुभवी राजनीतिक नेता तथा विश्लेषकहरूले त्यसको पूर्वसङ्केत दिएका थिए । सिद्धान्तहीनताको गलत बाटोमा नलाग्न र विदेशी शक्तिको चङ्गुलमा नफस्न सचेत गरेका थिए । विडम्बना नै भन्नुपर्छ कि तिनलाई नेपाली मित्रहरूको भन्दा पनि विदेशी ‘गुरु’ प्रति बढ्ता विश्वास भयो । आज त्यसको दुष्परिणाम भोग्न ती बाध्य छन् ।
भारतीय शासक वर्गद्वारा नेपालको पानी धमिल्याउने र माछा मार्ने कामको निरन्तरता कतिन्जेलसम्म ? पानी धमिल्याउनेहरूलाई उदारक ठानेर रातो गलैँचा बिछ्याई स्वागत गर्ने परिपाटीको अन्त्य कहिले ? संवेदनशील नेपाली समुदायले घोत्लिनुपर्ने विषय यही नै हो ।
Leave a Reply