तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २४ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुरमा ‘श्रमिक’ पत्रिकाको अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालको राजनीतिमा राजतन्त्रदेखि गणतन्त्रसम्म भारतीय एकाधिकार पँुजीको प्रभाव रहेको बताउँदै परनिर्भरको कारण देश कमजोर भएको हो भन्नुभयो ।
सत्तासीन पार्टीको गलत कार्यबाट देशको सार्वभौमिकतामा आँच आउने गरेको प्रस्ट पार्दै उहाँले देशघाती कदमविरुद्ध सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा उहाँले खराब काम गर्ने, ठेक्का लिई काम नगर्ने र कमसल निर्माण गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले सिकारमा पुगेका नेताहरूलाई इमानदार हुनुपर्ने, देश र जनताको निःस्वार्थ सेवा गर्नुपर्ने राय दिएको बताउनुभयो । ‘श्रमिक’ पत्रिकाको आलेखहरूबाट जनतामा चेतनास्तर विकास गरेको उल्लेख गर्दै सचिव सुवालले अध्ययन संस्कृतिको विकास गर्न नियमित अध्ययन गोष्ठी र अन्तरक्रिया चालू राख्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले ‘श्रमिक’ साप्ताहिकको अग्र प्रकाशित समाचारहरूबारे प्रस्ट पार्दै पार्टीका अध्यक्ष रोहितले सरल जीवन बिताउन, अन्यायको विरोध गर्न र जनताको सेवा गर्न दिनुभएको मार्गनिर्देशनलाई शिरोपर गरी सबै कार्यकर्ताहरू अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले सडक दुर्घटनाबाट बच्न र बचाउन सडकसंहिता निर्माणको आवश्यकताबारे बोल्नुभएको थियो ।
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले एङ्गेल्सको देनबारे प्रकाश पार्दै एङ्गेल्सले देखाएको बाटोलाई अङ्गीकार गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।
नेमकिपा काठमाडौँ महानगर समितिका सानुकाजी महर्जनले गुठी जग्गा जोत्ने किसान दोहोरो मारमा परेकाले किसानको समस्या समाधान गर्न समाजवादी व्यवस्थाको आवश्यकता रहेको बताउनुभयो ।
नेमकिपा चन्द्रागिरि नगर समितिका सुमन महर्जनले अहिलेसम्मका सरकारहरू व्यापारी कर्पोरेटहरूको चङ्गुलमा फसेकाले देश र जनताको सेवामा भन्दा पँुजीपतिहरूको सेवामा लागेको बताउनुभयो ।
नेपाल इन्जिनियरिङ समाजका अध्यक्ष ई. सविन महर्जनले भारतको पक्षमा नेपाली शासक दलहरू फसेको बताउनुभयो ।
नेमकिपाका नरेश महर्जनले ‘श्रमिक’को एकक्षण स्तम्भ अध्ययन गर्नैपर्ने उल्लेख गर्दै नेपालका शासक दलहरू बोल्ने एउटा व्यवहार अर्को रहेको कारण देशको दुर्दशा भएको बताउनुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा कार्यक्रम भएको थियो ।
Leave a Reply