प्रजग कोरियाको आणविक कार्यक्रम सक्रिय
- जेष्ठ २१, २०८३
काठमाडौँ, २४ मङ्सिर । कोभिड–१९ को महामारी फैलिएसँगै बन्द भएको सदर चिडियाखाना बिहीबारदेखि खुल्ने भएको छ । तर चिडियाखाना भ्रमणमा आउनेले एकदेखि डेढ घण्टाभित्र चिडियाखानाबाट निस्कनुपर्ने नियम बनाइएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि बिहीबारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिनुभएको छ ।
चिडियाखाना प्रवेशमा लाग्ने शुल्कमा कुनै परिवर्तन गरिएको छैन । एकपटकमा ८०० जनालाई मात्रै अवलोकनको लागि भित्र प्रवेश दिइनेछ । भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जतिजना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइनेछ ।
‘हामीले चिडियाखानाभित्र ८०० जनाभन्दा धेरै अवलोकनकर्ता नहुने व्यवस्था मिलाएका छौँ, पहिलो लटमा ८०० जनालाई प्रवेश दिन्छौँ, त्यसपछि जतिजना बाहिर निस्कन्छन् त्यति सङ्ख्यामा प्रवेश पनि दिने तयारी गरिएको छ’ पोखरेल भन्छन् ।
अब चिडियाखानाभित्र जाँदा बाहिरबाट खाना लैजान पाइँदैन । आफूलाई खान र वन्यजन्तुको लागि बाहिरबाट खाना लैजान कडाइ गरिएको चिडियाखाना व्यवस्थापनले जनाएको छ । साथमा प्रवेश गर्नुपूर्व मास्क अनिवार्य र स्यानिटाइजर अनिवार्य गरिएको छ भने तापक्रम नापेर मात्रै भित्र प्रवेश दिइने भएको छ ।
अब चिडियाखाना जाँदा पहिलेजस्तो टिकट काट्नको लागि लाइन बस्नुपर्दैन । पोखरेलका अनुसार चिडियाखाना जानको लागि बुधबारदेखि नै अग्रिम अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ । चिडियाखानाको वेवसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको पोखरेल बताउँछन् ।
यसअघि मंसिरको पहिलो साता चिडियाखाना खोल्नको लागि प्रस्ताव गरिएको भए पनि सीसीएमसीको निर्णय नआउँदा अहिलेसम्म चिडियाखाना खुलेको थिएन । चिडियाखाना व्यवस्थापनले यसअघि नै मास्क अनिवार्य लाउनुपर्ने, एक पटकमा ८०० जनासम्मलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खाना खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार पारेर चिडियाखाना खोल्न प्रस्ताव गरेको थियो ।
सोही मापदण्डलाई सीसीएमसीले स्वीकृत गरेसँगै व्यवस्थापनलाई चिडियाखाना खोल्न बाटो खुलेको थियो ।
Leave a Reply