अर्को निर्वाचनः कठिनाइका दिनहरू
अन्ततः चुनावको मिति घोषणा भयो । सन् १९७१ को मार्च ९ मा मतदान मिति तोकियो । पछिल्ला केही वर्षदेखि निर्वाचन घोषणाको माग गरिरहेको एउटा राजनीतिक दल भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) पनि थियो । तर, भिन्न कारणले निर्वाचन हाम्रो लागि थप चुनौतीपूर्ण बनेको थियो । केही वामपन्थी दलहरूले नै काङ्ग्रेससँग चुनावी तालमेल गर्ने घोषणा गरेका थिए । जबकि काङ्ग्रेस पार्टी आफै दुई वटा खेमामा विभक्त थियो– एकातिर सत्तारुढ काङ्ग्रेस थियो । त्यसको नेतृत्व इन्दिरा गान्धीले गरेकी थिइन् । अर्कोतिर थियो–काङ्ग्रेस (सङ्गठन) । बैङ्कहरू राष्ट्रियकरण गरेर र बङ्गलादेश युद्ध (सन् १९७१ को डिसेम्बर) ताका भ्रातृत्वपूर्ण सहायता गरेर इन्दिरा निकै लोकप्रिय बनेकी थिइन् । राजनीतिकरूपमा हामीले उनका ती निर्णयको समर्थन गरेका थियौँ । तर, त्यही मौकामा इन्दिराले आफ्नो तानाशाही चरित्र पनि देखाइन् । उनले आफ्नै दलभित्र पनि शक्तिमा एकाधिकार जमाइन् । पश्चिम बङ्गालमा आतङ्कको राज फैलाउन उनले सक्रिय भूमिका खेलिन् । चुनावको मिति नजिकिएसँगै अवस्था दिनानुदिन हिंसात्मक बन्दै गयो । काङ्ग्रेस र अरू षड्यन्त्रकारीहरू असिनपसिन भए र सकेसम्म हामीलाई शान्तिपूर्ण मतदानको बाटोबाट विचलित बनाउने प्रयास गरे । लुटपाट, आगजनी, हत्या र हमलाका घटना डढेलोसरि फैलियो । भाकपा (माक्र्सवादी) का तीन जना नेताहरू–रोबिन सेन, दिलिप मजुमदार र गोकुलानन्द रोयविरुद्ध आफ्नो निर्वाचन क्षेत्रमा प्रवेश गर्न निषेध गर्दै औपचारिक आदेश नै जारी ग¥यो । भाकपा (माक्र्सवादी) का अर्का उम्मेदवार विनय कोनरलाई चुनाव प्रचार अवधिभर जेलमा कैद गरियो ।

सन् १९७० को दशकमा ज्योति बसु
ममाथि पुनः अर्को हमला भयो । सन् १९७१ को जनवरी २७ मा अब्दुल्लाह रसुल र अन्य कामरेडहरूसँगै बसिरहतमा आयोजित जनसभामा सहभागी बन्न म गइरहेको थिएँ । हाम्रो गाडी बसिरहत कलेजतिर मोड्दै गर्दा हामीमाथि दुई वटा बम प्रहार भयो । गाडीको इन्जिन पूर्णतः ध्वस्त भयो । कार क्षतिग्रस्त बन्यो । कार्यस्थल पुग्न हामीले अर्को गाडी झिकाउनुपरेको थियो ।
हाम्रो पार्टीविरुद्ध अर्को पनि धेरै षड्यन्त्रहरू भए । यो कालो युगमा भएको एउटा दुःखद घटना भनेको फर्वड ब्लकका सम्मानित नेता हेमन्त बसुको हत्या थियो । त्यो निर्वाचनमा फर्वड ब्लक हामीसँग थिएन । तथापि, हेमन्त बसुसँग हाम्रो असल सम्बन्धमा कुनै तलमाथि भएको थिएन । उनी वरिष्ठ र सम्मानित राजनीतिक नेता थिए । नक्सलवाडीहरूले खुलमखुला निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिहरूको हत्या गर्ने धम्की दिइरहेका थिए । तर, हेमन्त बसुको नृशंस हत्यालगत्तै काङ्ग्रेस, उसका सहयोगी र समर्थकहरू सबैले बिना कुनै पुस्ट्याईँ र कानुनी छानबिन भाकपा (माक्र्सवादी) सो नृशंस हत्याको निम्ति दोषी भएको हल्लाखल्ला गर्न थाले । सिद्धार्थ शङ्कर राय त्यो समय उत्तरी बङ्गालमा थिए । तुरून्तै उनी दम दम विमानस्थलमा विमानबाट आइपुगे । उनले त्यहाँ खुलमुखला हामीमाथि स्पष्ट दोषारोपण गरे । हामी चकित प¥यौँ । को किन यति असंवेदनशील बन्न सक्छ ? हाम्रो पार्टीको तर्फबाट औपचारिक वक्तव्य जारी गर्दै प्रमोददास गुप्ताले सो हत्या कुनै एउटा पार्टीको लागि मात्र नभई प्रजातन्त्रप्रति थोरैमात्र पनि सम्मान राख्ने जोकोहीको लागि पनि गम्भीर चासोको विषय भएको बताए । सो लज्जाहीन घटनाको विरोधमा फेब्रुअरी १२ मा हाम्रो पार्टीको आयोजनामा आम हड्तालको घोषणा भयो ।
जसै निर्वाचनको मिति नजिकिएसँगै पश्चिम बङ्गालमा अराजकता र अन्योल बढ्न थाल्यो । तर, प्रतिकूलताका त्यस्ता अजङ्ग पहाडहरू छिचोल्दै हाम्रा कमरेडहरू पार्टीका चुनावी गतिविधिमा सामेल भए । तोकिएको मितिमा मतदान भयो । निर्वाचन भएका कुल २७७ स्थानमध्ये एकीकृत वाम मोर्चा (यूएलएफ) ले १२३ स्थान जित्न सफल भयो ।

भाकपा (माक्र्सवादी) को जनसभामा बसु
भाकपा (माक्र्सवादी) ले १११ स्थानमा जित हासिल गरेर सबभन्दा ठूलो राजनीतिक दल बन्न सफल भयो । यूएलएफका अन्य साझेदार दलहरूमध्ये आरसीपीआईले तीन स्थान, वर्कर्स पार्टीले दुई स्थान, विप्लवी बङ्गला काङ्ग्रेसले एक स्थान, एमएफबीले दुई र युएलएफको समर्थनमा चार जना स्वतन्त्र उम्मेदवारहरूले चुनावी विजय हासिल गरे । काङ्ग्रेसको भागमा १०५ स्थानमात्र प¥यो । चुनावमा म मेरो पुरानै निर्वाचन क्षेत्र बारानगरबाट उम्मेदवार बनेको थिएँ । मेरा प्रतिस्पर्धी थिए–एकीकृत मोर्चा सरकारका पूर्वमुख्यमन्त्री अजेय मुखर्जी । उनी बङ्गला काङ्ग्रेसको तर्फबाट उम्मेदवार थिए । तथापि, त्यो निर्वाचनमा मलाई विधान सभाको ढोका बन्द गर्न हाम्रा सबै विपक्षीहरू एक ठाउँमा उभिएका थिए । परिणामतः त्यो निर्वाचन अजेय बाबु र मेरोबीचको एक्लाएक्लैको भिडन्तजस्तो देखियो । पूर्वमुख्यमन्त्री र उप–मुख्यमन्त्रीबीचको तानातानमा सबैको ध्यान केन्द्रित थियो । काङ्ग्रेसले हाम्रो विपक्षीलाई सघाएको थियो । व्यवहारमा सबै हाम्रा कमरेडहरूलाई चुनावी मैदानमा निषेध नै गरेका थिए । यी सबै प्रतिकूल अवस्थाबीच मैले चुनावमा जितेँ । मेरा विपक्षीलाई मैले ११ हजार ०५३ मतको अन्तरले पछारेँ । यद्यपि अर्को मिदनापुर निर्वाचन क्षेत्रबाट जितेर अजेय मुखर्जी विधान सभाको सदस्य बने । विजय जुलुसमा बारानगरका जनतालाई दिएको बधाई सन्देशमा मैले “यो विजयलाई आफ्नो व्यक्तिगत विजयको रूपमा नभई बारानगरका सङ्घर्षशील जनताको विजयको रूपमा लिएको” बताएको थिएँ ।
लोकसभाको लागि भएको मतदानमा भाकपा(माक्र्सवादी)ले उम्मेदवारी दिएका जम्मा ४० स्थानमध्ये २० स्थानमा जीत हासिल गरेको थियो । सत्तारुढ काङ्ग्रेस पार्टीले भने तेह« स्थानमा चित्त बुझाउनुपरेको थियो । भाकपा (माक्र्सवादी) र एकीकृत वाम मोर्चाको बैठकले मलाई विधान सभाको संसदीय दलको नेतामा एक मतले निर्वाचित ग¥यो । संसदीय दलको नेताको हैसियतमा मैले पश्चिम बङ्गालका तत्कालीन गभर्नर शान्तिस्वरुप धवनलाई भेटघाटको निम्ति पत्राचार गरेँ । विडम्बना ¤ १११ जना सांसद भएको सबभन्दा ठूलो दल र एकीकृत वाम मोर्चाको १२३ जना सांसदहरूको नेता भएर पनि उनलाई भेट्न मैले समय पाइनँ । न त उनले सरकार गठनको लागि नै मलाई आमन्त्रण गरे । मैले गभर्नरलाई अर्को पत्र लेखें । त्यसमा संसदीय प्रजातन्त्र जोखिममा पर्ने खतराबारे प्रस्ट शब्दमा लेखेको थिएँ । उनले दिएका कारणलाई मलाई असान्दर्भिक र अपरिपक्व भएको भन्दै उनको व्यवहारले शक्तिको दुरुपयोग भएको बताएँ । तर, हाम्रा ती सबै प्रयास विफल भए । हाम्रो पूर्वानुमान सही पुष्टि भयो । केन्द्रको काङ्ग्रेस सरकार र गभर्नर मिलेर उनीहरूले पश्चिम बङ्गालमा प्रतिक्रियावादी गठबन्धन सरकार गठन गर्ने निर्णय गरेका थिए । उनीहरूको यस्तो निधोले जनमतको अपमान भएको थियो । बङ्गला काङ्ग्रेसका अजेय मुखर्जी फेरि पनि पश्चिम बङ्गालका मुख्यमन्त्री बने । कुल २८० जना सांसदहरू भएको विधान सभामा अजेय मुखर्जीको पार्टीको तर्फबाट जम्मा ५ जनामात्र सांसदहरू थिए । उनलाई काङ्ग्रेस, भाकपा र फर्वड ब्लकले सहयोग गरेका थिए । फेरि एकपल्ट काङ्ग्रेसको तानाबानामा संसदीय प्रजातन्त्रमाथि निर्मम दमन भयो ।

भारतीय चलचित्र निर्देशक तथा कलाकारहरू सत्यजीत रे र मृणाल सेनसँग ज्योति बसु ।
त्यसको परिणाम निकै घातक बन्यो । संसदीय प्रजातन्त्रको हत्या, तानाशाही, आपत्काल र अन्य समान ढङ्गले अप्रजातान्त्रिक निर्णयको लागि पश्चिम बङ्गाल प्रयोग केन्द्र बन्यो । इन्दिरा गान्धी र दिल्लीका उनका सल्लाहकारहरूलाई यस्ता खालका धोखेबाजी पश्चिम बङ्गालका जनताले कदापि स्वीकार्न नसक्ने कुरा थाहा थियो । आतङ्क राजको कार्ययोजना दिल्लीमा तयारी थियो । निर्वाचन सम्पन्न भएको भोलिपल्टबाटै पश्चिम बङ्गालमा धारा १४४ लागू गरियो । वाक् स्वतन्त्रताको मौलिक अधिकारमाथि बन्देज लगाइयो । बैठक, सभा र सम्मेलनमाथि पूर्णतः रोक लगाइयो । गोप्य तरिकाले हत्या गर्न एउटा विशेष टोलीको गठन भयो । पश्चिम बङ्गाल राज्यभरि हाम्रा कामरेडहरूको निर्ममतापूर्वक हत्या भयो । हामीलाई हमला र गिरफ्तार गर्न केन्द्रीय गुप्तचर विभागले अनेकन झूटा सूचनाहरू सम्प्रेषण गथ्र्यो । केन्द्रीय गुप्तचर विभागले पश्चिम बङ्गालको गुप्तचर विभागलाई एउटा गोप्य सूचना पठाएको थियो । सूचनाअनुसार भाकपा (माक्र्सवादी) ले केही व्यक्तिको हत्या गर्न षड्यन्त्र बुनेको छ र त्यसको निम्ति केही मानिसलाई परिचालन पनि गरेको छ । ती मानिसहरू पैसाको लागि हत्या गर्न तयार भएका छन् । हत्या गरिने भनिएका केही मानिसहरूको नाम पनि त्यसमा उल्लेख थियो । जब मैले यो सब कुराको मेसो पाएँ, मैले इन्दिरा गान्धीलाई एउटा औपचारिक पत्र लेखेँ ।
अन्ततः चुनावपछि सार्ने कुनै अर्को आधार नै नभएपछि चुनावको मिति घोषणा भयो । सन् १९७२ को मार्च ११ मा निर्वाचन हुने भयो । आतङ्कको राज भने अनियन्त्रितरूपमा फैलिरहेको थियो । जनवरी ३१ मा मैले पुनः प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेटेँ । भेटमा मैले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने अवस्था बनाउन आग्रह गरेँ । हामी त्यत्तिबेला आश्चर्यचकित प¥यौँ जब उनले हाम्रो सबै आरोपलाई झूट भनिदिइन् । हामीले लगाएका आरोप कति ठीक वा बेठीक भन्ने कुराको अनुसन्धान नै नगरी उनले झूट भनेकी थिइन् । त्यत्तिबेला म भन्न बाध्य भएँ, “म यहाँ काङ्ग्रेस नेतृ इन्दिरा गान्धीलाई भेट्न आएको होइन । म यहाँ भारतका प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेट्न आएको हुँ ।” त्यसपछि उनी एक शब्द पनि नसुनी बैठकबाट बाहिरिइन् ।
उनले रचेको यस्तो राजनीतिकरूपमा अनैतिक षड्यन्त्रको भत्र्सना गर्दै लेखिएको सो पत्रमा उनका त्यस्ता जालसाझीले पश्चिम बङ्गालको राजनीतिक वातावरण बिथोलिएको उल्लेख थियो । जनतासँग हाम्रो निकटको सम्बन्ध बिथोल्न कुनै पनि शक्तिले नसक्ने र हामी हरेक प्रकारको कठिनाइ पार लगाउँदै अघि बढ्ने कुरा लेखेको थिएँ । मैले त्यही आशयको एउटा प्रेस वक्तव्य पनि जारी गरेँ । त्यही बेला हाम्रो पार्टीका प्रान्तीय सचिव विनय चौधरीलाई प्रहरीले गिरफ्तार ग¥यो । उनलाई बुर्दवन पार्टी कार्यालयबाट गिरफ्तार गरिएको थियो । प्रहरीले उनीमाथि दिनभरि अपमानपूर्ण व्यवहार गरेको थियो । त्यो कालो युगमा हाम्रो पार्टीका एक सय एक जना कमरेड र समर्थकहरूको हत्या भएको थियो । तर, पनि अजेय मुखर्जी नेतृत्वको गठबन्धन सरकारले काङ्ग्रेसको लिप्सा पूरा गर्न सकेन । फेरि पनि षड्यन्त्रको तानाबाना सुरु भयो । बजेट अधिवेशनअघि सङ्कटले उचाइ हासिल ग¥यो । शासक पार्टीले बजेट पारित गर्न आवश्यक बहुमत जुटाउन सकेन अनि मन्त्रिमण्डल भङ्ग गर्ने निर्णय ग¥यो । गभर्नरले विपक्षीहरूसँग एक शब्द परामर्शसमेत नलिई र कुनै पनि कारण नदिई सीधैँ विधान सभा भङ्ग गरिदिए । पश्चिम बङ्गालको विधान सभा सन् १९७१ को जून २५ मा भङ्ग गरियो ।
अप्रजातान्त्रिक तरिकाबाट सरकार विघटन गरिएको भए पनि दिल्लीको शासक दल भने अझै पनि पश्चिम बङ्गालको अवस्थाबाट सन्तुष्ट हुन सकेको थिएन । अब उसले पश्चिम बङ्गालमा शासन गर्न एक जना काङ्ग्रेसको कार्यकर्ता खटाउने विचार ग¥यो र उसैमार्फत त्यहाँ आफ्नो निर्लज्ज योजना कार्यान्वयन गर्ने तय ग¥यो । सिद्धार्थ शङ्कर रायलाई बिना कुनै पद कायममुकायम मन्त्री बनाइयो । उनी अवसरवादी र सत्तालोभी थिए । उनको त्यही ‘गुण’ बुझेर इन्दिराले उनलाई चुनेकी थिइन् । उनले पनि आफ्ना नेतालाई खुसी राख्न कुनै पनि कसर बाँकी राखेनन् । नेतालाई खुसी बनाउन उनले पश्चिम बङ्गालमा पूरै कालो युग थोपरिदिए । त्यो कालो युगलाई मानिसहरूले आफ्नो जीवनमाथिको सबभन्दा त्रासद दुस्वप्नको रूपमा सधैँ सम्झिरहनेछन् ।
हार्दिकताको पर्दापछाडि सिद्धार्थले आफ्नो असली नियत लुकाएका थिए । उनी यस्तो दुःखदायी युग अन्त्य गर्न चाहेको अभिनय गर्थे । अन्तिमतिर उनले राइटर्स बिल्डिङ (पश्चिम बङ्गालको प्रमुख प्रशासकीय भवन) मा एउटा सर्वदलीय बैठकको आयोजना गरे । हामीले उनको सो बैठकलाई अर्को जालसाजीको रूपमा हे¥यौँ । उनलाई पश्चिम बङ्गालमा कालो दुस्वप्न लामो बनाउन खटाइएकोमा हामीमा कति पनि सन्देह थिएन । तथापि, उनले बोलाएको सो बैठकमा सहभागी बन्ने हामीले निधो ग¥यौँ । बैठकमा हामी हाम्रा कुरा खुलारूपमा स्पष्ट राख्न चाहन्थ्यौँ । हाम्रो पार्टीको तर्फबाट हरिकृष्ण कोनर र मैले प्रतिनिधित्व गरेका थियौँ । सन् १९७१ को जुलाई ७ मा हामीले पार्टीको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझायौँ । सो ज्ञापनपत्रमा हामीले पश्चिम बङ्गालमा हिंसाको राजनीतिको विरोध गर्दै केही अत्यन्त महत्वपूर्ण प्रश्नहरू उठायौँ । हाम्रो पार्टीले हाम्रा नेताहरू नेपाल रोय, अजित विश्वास र न्यायाधीश के एल रायको हत्यामा सिद्धार्थ शङ्कर रायको भूमिकाबारे प्रश्न उठायो ।

प्रधानमन्त्री इन्दिरा गान्धीसँग ज्योति बसु
त्यत्तिबेला आम नरसंहारका घटनाहरू बढिरहेको थियो । कोस्सिपुरमा सन् १९७१ को अगस्टमा आम नरसंहारको घटना भएको थियो । नक्सलवादीहरूसँगको भिडन्तमा एक जना काङ्ग्रेस कार्यकर्ताको हत्या भएको थियो । त्यहाँ २४ घण्टा लामो लडाइँ भएको थियो । घटनामा चालीस जना सर्वसाधारण मारिएका थिए ।
हामीले लामो समयदेखि चुनावको माग गरिरहेका थियौँ । पोलिटव्युरोको तर्फबाट हरिकिशन सिंह सुरजित र मैले इन्दिरा गान्धीलाई भेटेका थियौँ । तर, हाम्रो मागबारे उनले एक शब्द पनि बोलिनन् । अन्ततः चुनावपछि सार्ने कुनै अर्को आधार नै नभएपछि चुनावको मिति घोषणा भयो । सन् १९७२ को मार्च ११ मा निर्वाचन हुने भयो । आतङ्कको राज भने अनियन्त्रितरूपमा फैलिरहेको थियो । जनवरी ३१ मा मैले पुनः प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेटेँ । भेटमा मैले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने अवस्था बनाउन आग्रह गरेँ । हामी त्यत्तिबेला आश्चर्यचकित प¥यौँ जब उनले हाम्रो सबै आरोपलाई झूट भनिदिइन् । हामीले लगाएका आरोप कति ठीक वा बेठीक भन्ने कुराको अनुसन्धान नै नगरी उनले झूट भनेकी थिइन् । त्यत्तिबेला म भन्न बाध्य भएँ, “म यहाँ काङ्ग्रेस नेतृ इन्दिरा गान्धीलाई भेट्न आएको होइन । म यहाँ भारतका प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेट्न आएको हुँ ।” त्यसपछि उनी एक शब्द पनि नसुनी बैठकबाट बाहिरिइन् ।
नेपाली अनुवादः बर्बरिक
Leave a Reply