वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
मोरोक्को, १३ डिसेम्बर । संरा अमेरिकाको मध्यस्थतामा मोरोक्को र इजरायलबीचको सम्बन्ध सुधारको प्रयास विफल हुँदै छ । सो प्रयासको मोरोक्कोभित्रै र अन्तर्राष्ट्रियरूपमा व्यापक विरोध भएको छ ।
इजरायलसँग सम्बन्ध सुधार गरे पश्चिम सहारा क्षेत्रमा सार्वभौमिकतामा मोरोक्कोको दाबीलाई स्वीकार्ने संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाचा गरेका थिए । पश्चिम सहारामाथि कसको सार्वभौमिकता लागू हुने भन्ने दसकौँ पहिलोको विवादकै कारण मोरोक्को र अल्जेरियाबाट संरक्षित पोलिसारिओ मोर्चाबीच द्वन्द्व चालु छ । पोलिसारिओ मोर्चा सो क्षेत्रमा आफ्नो अलग राज्य बनाउन चाहन्छ ।
शनिबार अल्जेरियाले सिङ्गो पश्चिम सहारा क्षेत्रमा मोरोक्कोको सार्वभौमिकता लागू हुने वाशिङ्टनको निर्णय ‘अवैध’ भएको बताएको छ ।
“सबै संरा सङ्घीय निर्णय र प्रस्तावको विरोधमा उभिने संरा अमेरिकी निर्णयको कुनै तुक छैन”, अल्जेरियाको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
गत डिसेम्बर १० मा डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्झौताले ‘वास्तविक राजनीतिक मार्ग खोल्न सबै तहमाबीच भएको शान्ति प्रयासलाई विफल बनाउने’ र विवादास्पद पक्षलाई अफ्रिकी सङ्घको समर्थनमा संरा सङ्घले थालेको संवादमा संलग्न गराउने सो वक्तव्यमा भनिएको छ ।
“पश्चिम सहारामा विद्यमान द्वन्द्व उपनिवेशबाट मुक्त गर्ने विषय हो । अन्तर्राष्ट्रिय सन्धिहरूको पालनाबाट मात्र त्यो लक्ष्य हासिल गर्न सम्भव छ । यो विषयमा संरा सङ्घ र अफ्रिकी सङ्घमा चालू सिद्धान्तकै आधारमा मात्र त्यहाँको समस्या समाधान सम्भव छ”, अल्जेरियाको विदेश मन्त्रालयले भन्यो ।
वाशिङ्टनको घोषणालगत्तै पोलिसारिओ मोर्चाले सो सम्झौताको घोर गर्दै जारी वक्तव्यमा भनिएको छ, “यो संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय प्रस्तावहरूको खुला उल्लङ्घन हो ।” यो कदमले द्वन्द्व समाधान पहिल्याउन अन्तर्राष्ट्रिय समुदायको पहल अवरुद्ध गर्ने सो समूहको भनाइ छ ।
मोरोक्कोका प्रमुख इस्लामिक समूहहरूले शनिबार इजरायलसँग सम्बन्ध सुधारको मोरोक्को सरकारको प्रयासप्रति खेद व्यक्त गरेको छ ।
सत्तारुढ दल युनिटी एन्ड रिफर्म मुभमेन्ट(पीजेडी)को धार्मिक सङ्गठनले वाशिङ्टनको सो कदमलाई ‘भत्र्सनायोग्य’ भन्दै ‘सम्बन्ध सामान्यकरण र यहुदीवादी घुसपैठ’ का सबै प्रयासको विरोध गरेको छ । मोरोक्कोका राजा मोहम्मद छैटौँले प्यालेस्टाइनी आन्दोलनको समर्थन गर्दै आएको छ । त्यहाँको सत्तारुढ दल इस्लामिक पीजेडी पनि यो विषयमा ज्यादै संवदेनशील छ । पार्टीले ‘यहुदीवादी कब्जाको विरोधमा’ दृढ मत राख्दै आएको छ ।
“संरा अमेरिकाले दक्षिणी प्रान्तहरूमा मोरोक्कोको सार्वभौमिकतालाई मान्यता दिने महत्वपूर्ण घोषणा भएको छ । यसले अन्तर्राष्ट्रिय वृत्तमा मोरोक्कोको स्थानलाई अझ बलियो बनाउन नयाँ क्षितिज उघारेको छ । यसले हाम्रो भौगोलिक अखण्डताका चुनौती समाधानको लागि थप भूमिका खेल्नेछ”, पीजेडीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
सन् १९७६ मा स्पेनी उपनिवेशवादी शासनको अन्त्यमा पश्चिम सहारा मोरोक्को र मौरिटानियाबीच विभाजित गरिएको थियो । पोलिसारिओ गुरिल्लाहरूको दबाबमा मौरिटानियाले सो क्षेत्रमा सन् १९७९ को अगस्टदेखि आफ्नो दाबी त्यागेको थियो । त्यसपछि मोरोक्कोले सो क्षेत्रमा आफ्नो एकल दाबी गर्दै आएको थियो । सो क्षेत्रमा हाल मोरोक्कोको प्रशासनिक नियन्त्रण कायम छ ।
पश्चिमी सहाराको स्वाधीनताको लागि लड्दै गरेको पोलिसारिओ मोर्चा र मोरोक्कोबीचको द्वन्द्वको क्रममा सन् १९९१ मा युद्धविराम भएको थियो । त्यसको संरा सङ्घले अनुगमन गर्दै आएको छ । तर, युद्धविरामको क्रममा भएको जनमतसङ्ग्रहको घोषणा अझैसम्म हुन सकेको छैन । त्यसकारण सो क्षेत्रको नियमित अझै पनि अन्योल कायम नै छ ।
Leave a Reply