भर्खरै :

विश्वको न्यून कार्बन उत्सर्जनमा चीनको योगदान

पाँच वर्षअघि संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन पेरिस बैठकले पेरिस सम्झौता पारित गर्दै जलवायु परिवर्तनको सामना गर्ने विश्वव्यापी नयाँ चरण सुरु गरेको थियो । पाँच वर्षयता चीनले नवीन, समन्वयात्मक, हरित, खुला, संयुक्त उपभोग्य भन्ने विकासको अवधारणालाई कायम राख्दै अन्तर्राष्ट्रिय जिम्मेवारीबोध गर्दै हरित न्यून कार्बनको उत्सर्जनमा उल्लेख्य उपलब्धि हासिल गरेको देखिन्छ । यो विश्वको हरित विकासको एक नमुना बनेको छ ।
‘हरित’ नै चीनको न्यून कार्बन उत्सर्जनको आधारभूत कुरा हो । चीनले प्रदूषणको प्रतिरोध तथा व्यवस्थापनलाई प्रवद्र्धन गरेको छ । ‘प्रकृतिलाई सम्मान गर्नु, प्रकृतिको संरक्षण गर्नु र प्रकृतिको अनुसरण गर्नु’ भन्ने पर्यावरणीय विचार चीनले आत्मसात गरेको छ । जसले चीनको न्यून कार्बनको उत्सर्जनका लागि असल आधार सिर्जना गर्नसकेको छ ।
‘न्यून कार्बन नै हरियो’ भन्ने अवधारणा नै यसको मुख्य उपाय हो । न्यून कार्बन जलवायु परिवर्तनको सामना गर्नेमात्र नभई उत्पादन तथा जीवनशैलीको परिवर्तन, प्रविधिको नवीनता, ऊर्जा स्रोत बनौटको सुव्यवस्थापन आदि मिलाइएको दिशानिर्देश पनि हो । ‘चौधौँ पञ्चवर्षीय’ अवधिमा चीनको पर्यावरणीय सभ्यताको निर्माणको मुख्य लक्ष्य ‘सुन्दर चीन’ को निर्माण हो । चीनको केन्द्रीय तथा स्थानीय सरकारले ऊर्जास्रोतको विकास नीतिलाई मूल्याङ्कन गर्दै धेरै उपलब्धि हासिल गरेको छ । पुनःप्रयोग गर्ने स्रोतमा धेरै लगानी गरेको चीन नयाँ स्रोत क्षेत्रमा पनि अग्रणी मुलुक बनेको छ । चीनमा नीलो आकाश झन्–झन् धेरै देखिन थालेको छ । सहरी हरित क्षेत्र झन्–झन् बढी छ । फूर्सदको बेलामा स्थानीय बासिन्दाहरू पार्कजस्तै हरियो अक्सिजन बारमा गएर आनन्दको समय बिताउँछन् । दक्षिण अफ्रिकाका वरिष्ठ अन्तर्राष्ट्रिय मामिला टिप्पणीकर्ता इब्राहिमले चीनको धेरै पटकको भ्रमणबाट चीनको हरित न्यून कार्बनको उत्सर्जनको उपलब्धि देखेका छन् । उनको विचारमा वातावरणीय जीवन बिताउने मापदण्डलाई उकास्दै गएको चीन नै हरित विकास क्षेत्रमा विश्वको नमुना बनेको छ ।
हरित न्यून कार्बनको विकासबाट माक्र्सवादको प्राकृतिक विचारमात्र नभई चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई केन्द्रीय स्थानमा राखेको अभिव्यक्त पनि भएको छ । कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनयता केन्द्रीय समितिले पर्यावरणीय महत्वलाई जोड दिँदै आएको छ । किनभने, वातावरण जनताको स्वास्थ्य र सुखमय जीवनसँग घनिष्ट सम्बन्धित विषय हो । यो एक दायित्वबोध गर्ने मुलुकले देखाएको नमुना हो । चीनको वास्तविक गतिविधिले सम्पूर्ण मानव जातिलाई लाभ सिर्जना गरेको छ ।
स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *