विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सोमबार देशव्यापी प्रदर्शन ग¥यो । ‘भ्रष्टाचार, अन्याय, बेथिति र अधिनायकत्वको विरोधमा’ सो प्रदर्शन आयोजना गरिएको बताइयो । विशेषतः तनहुँमा काङ्ग्रेस नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको दुव्र्यवहारलाई निहुँ बनाएर सरकार अधिनायकवादी भएको भन्दै काङ्ग्रेसले सोमबारको विरोध प्रदर्शन गरेको बताइएको छ । काङ्ग्रेसका नेता–कार्यकर्ताहरू यसरी सडकमा उफ्रिरहँदा कम्तीमा २०४६ सालपछि नेपालको राजनीतिबारे अपडेट रहेका पर्यवेक्षकहरू भने असहज महसुस गर्दै थिए ।
२०४६ सालको जनआन्दोलनयताका तीस वर्षको अवधिमा नेपालमा सबभन्दा बढी शासन गरेको दलको नाम हो–नेपाली काङ्ग्रेस । काङ्ग्रेस सरकारमा हुँदा देशले कस्तो अवस्था भोगेको थियो भन्ने कुरा थाहा पाउन इतिहासको पुस्तक खोज्न पर्दैन । देशको प्राकृतिक स्रोत–साधन भारतलाई बेच्नेदेखि संसदीय राजनीतिमा सम्भव सबै विकृति काङ्ग्रेस सरकारकै पालामा भित्रियो । त्यो अवधिमा सांसदहरूको खसी बोकाजस्तै किनबेच भएन कि ¤ काङ्ग्रेस सरकारको मन्त्रिमण्डलका मन्त्रीहरूमध्ये भ्रष्टाचार मुद्दामा जेलको चिसो नभोगेका कमै होलान् । महाकाली सन्धिको विरोधमा सडक सङ्घर्षमा उत्रेका वाम दलका नेताहरूमाथि माइतीघरमा पराललाई चुटेजस्तै चुटेको काङ्ग्रेस सरकारकै पालामा थियो । माइतीघरमा प्रहरीको लाठीले जीउभरि निलदाम बस्ने गरी कुटाइ खाएका मध्ये कति त्यत्तिबेलाका सांसदहरू थिए । ती सांसद र नेताहरूले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोही नेताभन्दा कम योगदान गरेका थिएनन् । काङ्ग्रेस सरकारको त्यत्तिबेलाको अत्याचारकै कारण २००७ सालताका आफ्ना शत्रुलाई ‘तेरो घरमा काङ्ग्रेस पसोस्’ भनी गरिने सत्तोसराप त्यसबखत पनि धेरैले सम्झेका थिए ।
आज नेकांलाई नेपाली जनताले सत्ताबाट च्युत गरिदिएको छ । राजनीतिक भूमिका फेरिएको छ । ओली सरकारले आफ्ना नेतामाथि गरेको व्यवहारलाई लिएर काङ्ग्रेसले ‘अधिनायकवादी’ को बात लगाउनुअघि विगतमा आफूले गरेका व्यवहारको समीक्षा गर्दा राम्रो हुने थियो । मानव अधिकार र प्रजातन्त्रको मूल मन्त्र जप्दै काङ्ग्रेसले के राजनीतिक नेताहरूको टाउका झोलामा लिएर आउन र झोलाभरि पैसा लिएर जान सूचना जारी गरेको थिएन ?
नेपालीमा एउटा उखान छ–अरुलाई पर्दा कुरो आउँछ, आफूलाई पर्दा ज्वरो आउँछ । काङ्ग्रेसलाई हिजो ‘कुरा’ आएको थियो, अहिले ‘ज्वरो’ आएको छ ।
प्रमुख प्रतिपक्ष हराएकोमा धेरैले ‘चिन्ता’ गरेपछि काङ्ग्रेसले सम्भवतः आफ्नो राजनीतिक उपस्थिति दर्ज गर्न पनि सोमबारको विरोध प्रदर्शन आयोजना गरेको हुनसक्छ । तर, सत्तापक्षसँग सबै नियुक्तिमा भागबन्डा नछोड्ने अनि सडकमा नाराबाजी गर्नुको कुनै तुक छैन । काङ्ग्रेस सत्तापक्षमा हुँदा पनि सत्तापक्षको सिद्धान्तनिष्ठ भूमिका निभाउन सकेन । आज प्रतिपक्षमा हुँदा पनि नेकाले प्रमुख प्रतिपक्षको सिद्धान्तनिष्ठ भूमिका निभाउन सकेको छैन । राजनीतिक दलले सिद्धान्तमा एकपल्ट सम्झौता वा लचिलो बनेपछि उसलाई आफ्नो आकारमा फर्किन दोस्रो मौका प्राप्त नहुन सक्छ । काङ्ग्रेसले आज प्रमुख प्रतिपक्षको हैसियतमा सरकारको विरोध गर्दा पनि जनताले विगतका तीरले उसलाई प्रहार गरिरहेको छ । ती तीरको प्रतिकार गर्न काङ्ग्रेससँगै कुनै नैतिक ढाल छैन ।
काङ्ग्रेस हिजो सत्तामा छँदा आफुलाई अजम्बरी ठान्थ्यो । उसले सत्ताको न्यानोमा नेपाली जनताको विवेकमाथि हाँक दिइरह्यो । आज ऊ त्यसैको भुक्तमान भोगिरहेको छ । नेकपा सरकारले पनि कतिबेला काङ्ग्रेसकै जस्तो गल्ती गरिरहेको हुन्छ । काङ्ग्रेसको आजको अवस्थाबाट नेकपाले पनि सिक्न सके बुद्धिमानी होला ।
Leave a Reply