भर्खरै :

‘नेतृत्वको भोक र अन्य कथा’ का पठनीय कथाहरू

गएको भाइटीकाको दिन लेखक गोविन्दप्रसाद लोहनी स्वास्थ्योपचारको शिलशिलामा अस्पतालको शय्यामा हुुनुहुन्थ्यो । हप्तौँको अस्पताल बसाइपछि उहाँ पत्र–पत्रिका हेर्नसक्ने हुनुभएको थियो । भाइटीकाको दिन त्यसै पनि विशेष हुने गर्छ । लोहनीको लागि भने हरेक भाइटीका अझ विशेष हुने गर्दछ । किनभने, उहाँले संसारमा आँखा उघार्नुभएको दिन नेपालमा भाइटीका थियो । अर्थात्, भाइटीकाको दिन उहाँको जन्म दिन पर्दछ । यो वर्षको भाइटीकामा उहाँ ९३ वर्ष टेक्नुभयो । अघिका जन्म दिनभन्दा यो वर्षको जन्म दिन उहाँको लागि अझ विशेष नै बन्यो । अस्पतालको शैय्यामै बसेरै उहाँले आफ्नो कथासङ्ग्रह ‘नेतृत्वको भोक र अन्य कथा’ विमोचन गर्नुभयो । दशकौँ पहिले लेखेका कथाहरूलाई आजका पाठकहरूसम्म पु¥याउन नयाँ कलेवरमा कथासङ्ग्रह छापिएर आउँदा को लेखक पो खुसीले गद्गद् नहोला । लोहनीको मनमा फुलेको हर्षको फूल जो कोहीले सहजै अनुमान गर्नसक्छन् ।
गोविन्दप्रसाद लोहनीको परिचय बहुआयाममा फैलिएको छ । कथासङ्ग्रहको विमोचनकै प्रसङ्ग उल्लेख भइसकेपछि पाठकले उहाँ कथाकार भएको त पक्कै थाहा थाहा पाइसके । त्यसबाहेक उहाँले साहित्यकै अनेक विधामा योगदान गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले केही वर्षअघि ‘गोविन्दप्रसाद लोहनीका दार्शनिक निबन्ध’ पुस्तक प्रकाशन गरेको थियो । सो पुस्तकमा सङ्ग्रहित निबन्धले लोहनीको गहन लेखक व्यक्तित्वलाई अझ प्रकाशमा ल्यायो । साहित्यका विविध विधामा स्वयम् कलम चलाउनुहुने राजनीतिज्ञ नारायणमान बिजुक्छें लोहनी र ईश्वर बरालबीच साहित्य र समालोचनाबारे भएको बहस आफ्नो युवावस्थामा अभिरुचिपूर्वक अध्ययन गरेको स्मरण गर्नुहुन्छ । अर्थात्, लोहनी एक जना समालोचक पनि हुनुहुन्छ । नेपाली समाजलाई सोभियत समाजवाद र चीनको भूमिसुधारबारे जानकारी दिन लोहनीले ‘यो हो सोभियत रुस’ र ‘चिनियाँ कम्युन’ जस्ता पुस्तक पनि लेख्नुभएको छ ।
नेपालको आर्थिक एवम् विकास नीतिको क्षेत्रमा पनि लोहनी स्थापित नाम हो । कुनै बेला डा. हर्क गुरुङजस्ता ख्यातिप्राप्त विकास नीति निर्माताहरूसँग राष्ट्रिय योजना आयोगमा बसेर देश विकासको खाका कोर्न उहाँ सक्रिय हुनुहुन्थ्यो । लोहनीले मित्र राष्ट्र पाकिस्तानको लागि नेपाली राजदूतको रूपमा कूटनीतिक अनुभव पनि हासिल गर्नुभयो ।

‘अन्तरद्वन्द्व’ अर्को शक्तिशाली कथा हो जसमा एक जना नेपाली क्रान्तिकारीलाई विचलित बनाउन भारतीय गुप्तचरहरूले गरेका निकृष्ट व्यवहारको वर्णन गरिएको छ । क्रान्तिकारी लेखकसँग ‘माक्र्सदेखि माओसम्म’, ‘हाय पैसा’ कथासङ्ग्रह, ‘माक्र्सवादी लेखसङ्ग्रह’, समाजवाद के किन कसरी ?’ ‘नयाँ जनवाद के हो ?’ जस्ता पुस्तक प्रकाशनको लागि ठिक्क छन् । तर, उनलाई आफ्नो जहान परिवार पाल्न पनि धौ धौ छ । पुस्तक प्रकाशन गर्न कसले देओस् पैसा ¤ त्यही बेला छिमेकीमै बस्न आएका ‘कहिले नेपाली, कहिले हिन्दी, कहिले अङ्ग्रेजी त कहिले खिचडी भाषा बोल्ने’, ‘कहिले काङ्ग्रेस–काङ्ग्रेस भन्ने, कहिले मध्यपश्चिमाञ्चल भन्ने, कहिले के आई सिंह भन्ने, कम्युनिस्ट, दिल्ली, कलकत्ता, पटना र विराटनगर भनेको सुनिने’ व्यक्तिहरूले उनलाई कहिले ललाइफकाइ त कहिले गाली गलौज गरेर भड्काउन खोजेको चित्रण गरिएको छ ।

अब लागौँ, लोहनीको कथासङ्ग्रहको छोटो चर्चातर्फ । ‘नेतृत्वको भोक र अन्य कथा’ मा सङ्ग्रहित १६ वटा कथामध्ये ८ वटा कथा विसं २०१० सालमा छापिएको ‘नेतृत्वको भोक’ कथासङ्ग्रहमा सङ्ग्रहित थिए । बाँकी ८ कथा २००८ सालदेखि २०१९ सम्ममा विभिन्न साहित्यिक पत्रिकामा प्रकाशित कथाहरू हुन् । अर्को शब्दमा भन्दा ‘नेतृत्वको भोक र अन्य कथा’ मा सङ्ग्रहित सबै कथा आधा शताब्दीभन्दा लामो समयअघि लेखिएका थिए ।
आधा शताब्दीमा नेपाली समाजले धेरै थरी आरोह–अवरोह र परिवर्तनको सामना गरिसकेको छ । देशमा कम्तीमा दुई ठूला जनसङ्घर्ष भए । राणाकालीन समाजबाट आज देश सङ्घीय गणतन्त्रमा अघि बढिरहेको छ । सबै क्षेत्रमा उल्लेखनीय परिवर्तन भइसके । लोहनीको जन्म भएको काठमाडौँको न्हैकन्तलाका गल्लीहरूमा पनि धेरै परिवर्तन भइसकेका छन् । तर, २०७७ सालमा प्रकाशित ‘नेतृत्वको भोक र अन्य कथा’ पढ्दा भने समय यति अघि बढिसकेको पाठकलाई अनुभव नहोला । कथासङ्ग्रह पढ्दा लेखक यी कथाहरू झन्डै ६० वर्षअघि लेखिएका हुन् भन्ने भुसुक्क बिर्सन बेर लाग्दैन ।
लेखकले विसं २०१० को ‘नेतृत्वको भोक’ को भूमिकामा लेख्नुभएको छ, “क्रान्तिकारी विचारधारा नै प्रगतिशील साहित्यको आत्मा हो, प्राण हो, मूल वस्तु हो, विषयवस्तु (अयलतभलत) हो । यो विषयवस्तुलाई प्रकट गर्ने, देखाउने बुझाउने शैलीलाई रूप (ायचm) भन्छन् । प्रतिक्रियावादी वर्गले आफ्नो थोत्रो विचारलाई लुकाउन रूपमाथि ज्यादा बढ्ता जोड दिन्छ, किनभने ऊसँग यथार्थको सत्यको सम्बन्ध दिनप्रतिदिन टाढा हुँदै जान्छ । ‘कला कलाको निम्ति’ भन्ने आदर्श हुन्छ उसको । साहित्य र कलालाई जीवनसङ्घर्षबाट, राजनीतिबाट अलग्ग राख्ने प्रचार गर्छ तर यो बिर्सिन्छ कि राजनीतिबाट तटस्थ भएर बस्ने प्रचार गर्नु स्वयम् राजनीति हो । यसको भित्री उद्देश्य हो वर्गसङ्घर्षबाट जनताको ध्यान आदर्शवादतिर अथवा कामुकता, विलास र पतनतिर, निराशा र निष्क्रियतातिर तान्नु । पलायनवाद र प्रकृतिवाद, सन्तोषवाद र भाग्यवाद, घोर व्यक्तिवाद र सङ्कीर्ण राष्ट्रवाद, साम्प्रदायिकतावाद र पुनरुत्थानवाद, रहस्यवाद र शब्दाडम्बरवाद, फ्रायडवाद र निराशावाद तथा यस्तै अनेक वाद देखिन थाल्छन् । विचारधाराभन्दा शब्दहरूको अनौठा–अनौठा कल्पना, अनेक किसिमका ताल र लयलाई नै प्रधानता दिन्छन् । मानव जीवनमा विषय नपाएर ‘फुटेको घ्याम्पो’, ‘बादलको टुक्रो’ आदिलाई विषयवस्तु बनाउन थाल्छन् ।”
लोहनीले लेख्नुभएको उक्त भूमिकाबाट साहित्य केका लागि भन्ने अहम् प्रश्नमा उहाँ प्रस्ट भएको देखिन्छ । आफूले कसको लागि लेख्ने र के लेख्ने भन्ने विषयमा प्रस्ट भएकोले कथाका पात्रहरू कथाकारद्वारा निदृष्ट लक्ष्यप्रति इमानदार छन् । कथाहरूले धेरै थरी विषयवस्तु समेटेका छन् । समाजमा विद्यमान अन्याय, वर्गभेद, राजनीतिक विसङ्गति, विरोधाभास, समर्पण, द्रव्यमोह, अन्धविश्वास, मध्यवर्गीय लालसा, गरिबी, आडम्बर आदि विषयमा कथाहरू आधारित छन् । ‘बैडमिन्टन टुर्नामेन्ट’ भिन्न खालको तर शक्तिशाली कथा हो । मध्यमवर्गको आडम्बरको कथाकारले निकै सटिक चित्रण गर्नुभएको छ । भर्खर राणाशासन अवसान भएको बेला राणाजीहरूको शान सौकतमा धेरै ठूलो क्षय भइसकेको थिएन । तर, प्रजातन्त्र स्थापनापछि उदाएको नयाँ वर्ग पनि राणाजीहरूकै शान सौकतको अनुसरण गर्दै वर्ग बदल्ने तर्खरमा थिए । राजधानीमा आयोजित बैडमिन्टन टुर्नामेन्टमा यी दुई वर्गको चालढाललाई लेखकले मिहिन चित्रण गर्नुभएको छ । कथामा चित्रित पात्रहरूमा पाठकहरूले हिजोआजका शासक दलका नेता र मन्त्रीहरूको बदलिंदै गएको वर्गीय चरित्र भेटाउन सक्छन् ।
‘अन्तरद्वन्द्व’ अर्को शक्तिशाली कथा हो जसमा एक जना नेपाली क्रान्तिकारीलाई विचलित बनाउन भारतीय गुप्तचरहरूले गरेका निकृष्ट व्यवहारको वर्णन गरिएको छ । क्रान्तिकारी लेखकसँग ‘माक्र्सदेखि माओसम्म’, ‘हाय पैसा’ कथासङ्ग्रह, ‘माक्र्सवादी लेखसङ्ग्रह’, समाजवाद के किन कसरी ?’ ‘नयाँ जनवाद के हो ?’ जस्ता पुस्तक प्रकाशनको लागि ठिक्क छन् । तर, उनलाई आफ्नो जहान परिवार पाल्न पनि धौ धौ छ । पुस्तक प्रकाशन गर्न कसले देओस् पैसा ¤ त्यही बेला छिमेकीमै बस्न आएका ‘कहिले नेपाली, कहिले हिन्दी, कहिले अङ्ग्रेजी त कहिले खिचडी भाषा बोल्ने’, ‘कहिले काङ्ग्रेस–काङ्ग्रेस भन्ने, कहिले मध्यपश्चिमाञ्चल भन्ने, कहिले के आई सिंह भन्ने, कम्युनिस्ट, दिल्ली, कलकत्ता, पटना र विराटनगर भनेको सुनिने’ व्यक्तिहरूले उनलाई कहिले ललाइफकाइ त कहिले गाली गलौज गरेर भड्काउन खोजेको चित्रण गरिएको छ । तर, क्रान्तिकारी लेखकले आफ्नो विचारको बाटो कदापि नछोड्ने सङ्कल्प गरेका हुन्छन् ।
‘मेरो छिमेकी’ कथामा कथाकारले तत्कालीन समाजका उत्पीडित वर्गको अवस्थाबारे चित्रण गर्नुभएको छ । विशेषतः २००७ सालताका काठमाडौँको मूल बजारमा बस्ने जनताको अवस्थाबारे यो कथामा सपाट वर्णन गरिएको छ ।
‘सपना’ कथा धन वा इज्जतमध्ये कुन छनौट गर्ने भन्ने अन्तरद्वन्द्वसम्बन्धी मनोवैज्ञानिक कथा हो । चिट्ठामा परेको पैसाले आफ्नो घर–परिवारको आवश्यकता पूरा गरेर भौतिकरूपमा सुखी हुने अथवा व्यापक जनताको हितको निम्ति त्यो पैसा प्रयोग गर्ने भन्ने पात्रको अन्तरद्वन्द्वलाई कथाकारले मीठो ढङ्गले चित्रण गर्नुभएको छ ।
‘नेतृत्वको भोक’ राजनीतिक नेताहरूमा हुने नेता बन्ने भोकको चित्रण गरिएको व्यङ्ग्य कथा हो । आधा शताब्दीअघि नेपालका राजनीतिक नेताहरूको चित्रण गरी लेखिएको यो कथा आजको सन्दर्भमा पनि उत्तिकै मिलेको छ । समयको गति वेगवान भए पनि राजनीतिक नेताहरूको प्रवृत्तिमा खास अन्तर नआएको कुरा यो कथाको पठनपछि पाठकलाई लाग्नेछ ।
‘नेतृत्वको भोक’ कथालगत्तै राजनीतिक कार्यकर्ताको समर्पणको कथा छ । एक जना समर्पित राजनीतिक कार्यकर्ताको जीवनचर्या त्यो कथामा वर्णित छ ।
‘हाय पैसा’ मनोविज्ञानमा आधारित शिष्ट कथा हो । यसमा मानिसको सांस्कृतिक स्तरको कुरा गरिएको छ । मनोविज्ञानमा आधारित कथा यति मीठो हुनसक्ने एउटा नमुना कथा हो–‘हाय पैसा’।
‘नेतृत्वको भोक र अन्य कथा’ मा सङ्ग्रहित अधिकांश कथाहरू प्रगतिशील कथा कस्तो हुनुपर्छ भन्ने उदाहरण दिन लायक कथाहरू छन् । समाजको चित्रण त पक्कै छ । तर, यथार्थवादी चित्रणमा मात्र कथाहरू सीमित छैनन् । बरु, समाजलाई कुन बाटो ठीक र कुन दिशामा जानुपर्छ भन्ने विषयमा कथाकारले पाठकलाई बाटो पनि देखाउने प्रयास गर्नुभएको छ । आजभन्दा आधा शताब्दीभन्दा लामो समयअघि नै नेपाली साहित्य भण्डारमा वैचारिकरूपमा यति स्पष्ट र कलात्मकरूपमा यति प्रभावशाली कथाहरू प्रकाशित भएको थाहा पाउनु सन्तोषको विषय हो । त्यसको तुलनामा समकालीन प्रगतिशील साहित्यको बरु स्तर खस्केको हो कि भन्ने लाग्न सक्छ । प्रगतिशील कथा कस्तो हुनुपर्छ भन्ने मानक मान्न सकिने कथाहरू आज भेटाउन गाह«ो छ । तर, लोहनीका यी कथाहरू आज पनि त्यसको मानक बन्न योग्य छन् ।
लोहनीका कथाहरूलाई अझै नेपाली पाठकहरूसम्म पु¥याउने दायित्व उहाँका सुपुत्र (जो आफै पनि लेखक हुनुहुन्छ) कपिल लोहनीले गर्नुभएको छ । कथाहरूको सम्पादन कथाकार विमल भौकाजीले गर्नुभएको छ ।
लोहनीका अझै पनि धेरै प्रकाशित कृतिहरूलाई नयाँ जन्म दिन बाँकी छ । लेखक कपिल लोहनी र कृपा प्रकाशन गृहले यो जिम्मेवारी पूरा गर्दै जाने आशा गर्न सकिन्छ । गोविन्दप्रसाद लोहनी र ईश्वर बरालबीच भएको साहित्यिक बहसको खोजी केही समयअघि देखि लगातार हुँदै आएको छ । नारायणमान बिजुक्छँेले धेरै साहित्यिक सभा र सम्मेलनमा यो विषय उठाउने गर्नुभएको छ । साहित्य समालोचना कस्तो हुनुपर्छ भन्ने मानक नयाँ पुस्तालाई शिक्षित गर्न सो बहस उपयुक्त हुने बिजुक्छेँको मत छ । सो साहित्यिक बहस पनि प्रकाशन हुने आशा गरौँ । लोहनीका अरू अप्रकाशित कृतिहरू पनि प्रकाशनको तयारीमा रहेको खबर आफैमा सुखद हो । लेखक गोविन्दप्रसाद लोहनीको दीर्घजीवनको लागि शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *