भारतको राजधानीमा ब्रिक्स नेताहरूको बैठक सुरु
- भाद्र २७, २०८३
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले संस्कृति संरक्षणका लागि अक्षयकोष कोषको व्यवस्था गरिने बताउनु भएको छ । स्व. बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठान मध्यपुर थिमिद्वारा आयोजित मथिनपामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई एवं शुभकामना कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले उक्त विचार व्यक्त गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमका श्रेष्ठले मथिनपा भित्र खानेपानीको समानुपातिक वितरण, फोहोर व्यवस्थापनदेखि कोरिया नेपाल मैत्रि अस्पतालको स्तरोन्नति र कमेरोटार जग्गा एकिकरण आयोजनालाई शीघ्र सम्पन्न गर्न कदम चालिने बताउनुभयो ।
प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य एवं मध्यपुर सञ्चार समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठले स्वागत गर्दै सम्बृद्ध नगरका लागि संस्कृति, भाषा, पहिचानको रक्षा गर्दै नगरको विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संचारकर्मी एवं प्रतिष्ठानका सदस्य कृष्णकाजी मानन्धरले मथिनपाको समग्र विकासका लागि गरिनु पर्ने कार्यको बुदाँगत चर्चा गर्नुभयो । कार्यक्रममा सभापति श्यामकृष्ण श्रेष्ठले स्व. बैकुण्ठहरि श्रेष्ठको सामाजिक, शैक्षिक एवं राजनीतिक योगदानको चर्चा गर्दै वर्गिय समानता र मुक्तिका लागि जनवाद व्यवहारमा लागु हुनुपर्नेमा जोड दिनु भयो ।
नौलोज्योति अग्रेंजी माविको प्राड्डणमा भएको बधाई एवं सम्मान कार्यक्रममा मथिनपा वार्ड नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले संस्कृति संरक्षण गर्दै सम्बृद्ध नगर निर्माणका लागि आप्mनो धारणा प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply