भारतको राजधानीमा ब्रिक्स नेताहरूको बैठक सुरु
- भाद्र २७, २०८३
भक्तपुर, २३ जेठ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रमा फोहर मैला व्यवस्थापन गर्ने विषयमा अध्ययन गरी सुझाव पेश गर्नका लागि नगरपालिकाका उपप्रमुख रजनी जोशीको संयोजकत्वमा वडाअध्यक्षहरु रवीन्द्र ज्याख्व र प्रेमगोपाल कर्माचार्य सदस्य रहने गरी तीन सदस्यीय फोहर मैला व्यवस्थापन अध्ययन समिति गठन गरेको छ । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जेठ २३ गते मंगलबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो । समितिले नगरपालिकाका दश वटै वडाहरुमा हाल भइरहेको सरसफाइसम्बन्धि गतिविधि, मानवीय संसाधनको अवस्था तथा समस्याहरु तथा नगरपालिकाले फोहरमैला संकलन तथा व्यवस्थापन कार्य गरिरहेको विषयमा स्यानिटेशन शाखा र वडा निरीक्षकहरुबाट जानकारी लिने कार्य थाल्नेछ । त्यस्तै नगरपालिकाबाट संचालित कलेजका विज्ञ तथा अनुसन्धानकर्ताहरु एवं सरोकारवालाहरुसँग छलफल गरी फोहरमैला व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने सम्बन्धमा गृहकार्य थाल्नेछ ।
बैठकले नगरको सरसफाइसम्बन्धि अल्पकालीन तथा दीर्घकालीन योजनाहरुको विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पनि समितिलाई निर्देशन दिएको छ । नेपाल मजदुर किसान पार्टीको तर्फबाट नगरपालिकामा निर्वाचित पदाधिकारीहरुले निर्वाचन घोषणापत्रमा प्राथमिकताका साथ उठाएको फोहर मैला व्यवस्थापनको विषयलाई क्रमशः कार्यान्वयन गर्ने क्रममा उक्त निर्णय गरिएको प्रमुख प्रजापतिले बताउनुभयो ।
त्यस्तै विभिन्न वडाहरुमा विकास निर्माण कार्य तथा सम्पदा पुनः निर्माणको लगत इष्टिमेट गरी विभिन्न उपभोक्ता समितिहरुमार्फत कार्य अघि बढाउने पनि निर्णय गरिएको थियो ।
Leave a Reply