भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटव्युरो बैठक सम्पन्न

औपचारिकताको लागि औपचारिकता पूरा गर्ने प्रवृत्तिको विरोध पेइचिङ, २६ डिसेम्बर । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पोलिटव्युरोको शुक्रबार सम्पन्न दुई दिवसीय बैठकले राजनीतिक गतिविधिलाई जोड दिने निर्णय गरेको छ ।
पार्टीको ‘आलोचना र आत्मालोचना बैठक’ मा पोलिव्युरो सदस्यहरूले राजनीतिक क्षमता बढाउनुपर्ने र जनतासँग नजिकको सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण मन्तव्य दिनुभएको थियो ।
सन् २०२० मा पोलिटव्युरोका गतिविधिलाई प्रभावकारी बनाउन जारी गरिएको आठ बुँदे निर्णयको कार्यान्वयनबारे समीक्षा प्रतिवेदनबाट बैठक सुरु भएको थियो । त्यस्तै ‘औपचारिकताको लागि औपचारिकता पूरा गर्ने प्रवृत्ति’ न्यून गर्ने र तल्लोस्तरको सङ्कठनमा बोझ कम गर्ने विषयको अर्को प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिएको थियो ।
बैठकमा पोलिटव्युरो सदस्यहरूले नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङको विचारधाराको प्रवद्र्धन, समग्र पार्टी नेतृत्वको प्रवद्र्धन, आफ्ना जिम्मेवारी, पार्टीको उन्नाइसौँ महाधिवेशनको पाँचाँै बिस्तारित बैठकको भावना कार्यान्वयन र सबै कोणबाट पार्टीको स्वशासन कडाइपूर्वक लागू गर्ने जिम्मेवारीबारे पालैपालो बोल्नुभएको थियो ।
बैठकमा कमरेड सी चिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले यो वर्ष सन् २०२० का चुनौती र जोखिम सामनामा समग्र पार्टी सदस्य र सबै चिनियाँ जनताको नेतृत्व गर्न महत्वपूर्ण भूमिका खेल्न सफल भएको निचोड निकालेको छ ।
“नयाँ चीन, चिनियाँ राष्ट्र र मानव जातिको इतिहासमा सन् २०२० ज्यादै असामान्य वर्ष रह्यो”, बैठकपछि जारी वक्तव्यमा भनिएको छ, “यस्तो सङ्कटको समयमा पनि पार्टी नेतृत्वले ‘ज्यादै असामान्य सफलता’ हासिल गर्न सफल भएको छ ।”
“तथ्यले ठूलठूला ऐतिहासिक घटनाक्रम र परीक्षामा नेतृत्व नै सर्वाधिक महत्वपूर्ण हुने कुरा पुनः पुष्टि गरेको छ”, वक्तव्यमा लेखिएको छ ।
बैठकले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति र समग्र पार्टीको केन्द्रमा सीलाई राख्ने साथै कम्युनिस्ट पार्टी केन्द्रीय समिति र त्यसको केन्द्रिकृत एवम् एकीकृत नेतृत्वको विकासमा जोड दिएको छ ।
बैठकले सबै पार्टी सदस्यलाई नयाँ युगको लागि चिनियाँ विशेषता सहितको समाजवादका लागि सी चिनफिङ विचारधाराबाट सुसज्जित बनाउन र पार्टी सिद्धान्तलाई लगातार नयाँ चरणमा विकास गर्न सो विचारधारालाई काम र व्यवहारमा लागु गर्न आह्वान गरेको छ ।
बितेका आठ वर्षमा पार्टी र सरकारका कार्यशैलीमा भएका प्रगतिबारे प्रकाश पार्दै बैठकले लामो समयदेखि छलफलको विषयमा रहेका तर समाधान गर्न नसकिएका धेरै जेलिएका समस्या समाधान गर्न भएका अथक प्रयासको कदर गरेको छ । स्थानीय तहको पार्टी सङ्कठनका अधिकारीमाथि कामको बोझ घटाउन भएका कामको बैठकले मूल्याङ्कन गरेको छ ।
सन् २०२१ चीनको चौधौँ पञ्च वर्षीय योजना कार्यान्वयनमा ल्याउने पहिलो वर्ष भएको, आधुनिक समाजवादी चीनको पूर्ण निर्माणको नयाँ यात्राको थालनीका साथै चिनियाँ कम्युनिस्ट पार्टीको एकसय औँ स्थापना दिवस भएकोले बैठकले सबै कामको ध्यान ‘मूर्त पहिलो कदम चाल्ने’मा हुनुपर्ने बताएको छ ।
महासचिव सी चिनफिङले पोटिलव्युरोका सबै सदस्यका मन्तव्य सुुनिसकेपछि सबैबाट हासिल भएका प्रगतिको कदर गर्दै थप मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नो मन्तव्यमा सीले दिमागमा ठुलो राजनीतिक तस्वीर राखेर राजनीतिक विषयबारे लेखाजोखा गर्ने क्षमता विस्तार गर्नुपर्ने र राजनीतिक आवश्यकता पूरा गर्न सक्षम हुनुपर्ने बताउनुभयो ।
“चिनियाँ कम्युनिस्ट पार्टीको सबभन्दा महत्वपूर्ण काम भनेको सही राजनीति सुनिश्चित गरी देशको प्रभावकारी शासन गर्न जनताको नेतृत्व गर्ने हुनुपर्छ”, सीले भन्नुभयो,“पार्टीले आफ्नो राजनीतिक विशेषता जोगाउनुपर्छ । चिनियाँ विशेषतासहितको समाजवादको बाटोमा अघि बढ्नुपर्छ ।”
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *