पुरानो सरकार र नयाँ सरकारको कार्यनीतिमा खासै भेद नभएको विश्लेषण
- भाद्र २७, २०८३
काठमाडौं, २३ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्रीको चुनावको लागि एक्लो उम्मेदवार हुँदा संसदमा हुने मतदानमा भाग लिनको कुनै औचित्य नहुने बताउनुभयो ।
प्रधानमन्त्रीको चुनावअघि संसदमा स्थानीय तह निर्वाचन (पछिल्लो संशोधन) विधेयक, २०७४ मा विरोधको सूचना पेश गर्दै सांसद सुवालले सर्वदलीय बैठकहरूमा प्रधानमन्त्रीका उम्मेदवारले देशको सार्वभौमिकता र भूखण्डता रक्षाको लागि विकास निर्माण र भूकम्प पीडितहरूको पुनः स्थापनाको लागि कार्यक्रम सार्वजनिक गर्नुपर्ने विषय उठाएको तर प्रमका उम्मेदवारबाट त्यस्तो कार्यक्रम सार्वजनिक नगरेको उल्लेख गर्नुभयो ।
सर्वदलीय बैठकहरूमा प्रधानमन्त्रीका उम्मेदवारले देशको सार्वभौमिकता र भूखण्डता रक्षाको लागि विकास निर्माण र भूकम्प पीडितहरूको पुनः स्थापनाको लागि कार्यक्रम सार्वजनिक गर्नुपर्ने विषय उठाएको तर प्रमका उम्मेदवारबाट त्यस्तो कार्यक्रम सार्वजनिक नगरेको
सांसद सुवालले सांसदलाई प्रहसनको थलो होइन प्राज्ञिक थलो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै दर्शन र विचारको आधारमा राजनीतिक दल स्थापना र सञ्चालन हुनुपर्ने र दर्शन र विचारलाई त्यागेर सरकारमा जानु राजनैतिक अनैतिकता हुने स्पष्ट गर्नुभयो ।
इराकका नेता सद्दाम हुस्सेनले इराक कब्जा नगरेको अमेरिकी साम्राज्यवादले इराकको तेल भण्डार कब्जा गर्न सद्दाम हुस्सेनको हत्या गरेको उल्लेख गर्दै सांसद सुवालले सरकारमा गएका पार्टीहरूको गतिविधिले नयाँ नेपाल होइन देश सिक्किम बन्ने र सरकारमा गएका नेताहरू लेण्डुप दोर्जे बन्ने खतरा बढेको बताउनुभयो ।
बैठक सुरु भएलगत्तै सभामुखले केपी ओली, शेरबहादुर देउवा र प्रधानमन्त्री दाहाललाई बोल्न समय दिनुभयो ।
एमालेले संसद अवरुद्ध गरेपछि जेठ २१ गतेको लागि निर्धारित प्रधानमन्त्रीको चुनाव जेठ २३ गतेलाई सरेको थियो ।
यसैबीच नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नागरिकको घर निर्माणको नक्सा पास गर्न नगर प्रमुखको हस्ताक्षर हुनुपर्ने पुरानो बन्दोबस्त कायम हुनुपर्ने माग गर्नुभएको छ ।
मंगलबारको संसद बैठकमा बोल्दै सांसद सुवालले जेठ १७ गते जारी स्थानीय तह कार्य सञ्चालन आदेशमा नगरपालिकामा नक्सा पास गर्ने अधिकार नगरपालिकाका कार्यकारी अधिकृतलाई दिने बन्दोबस्त संशोधन हुनुपर्ने तर्क गर्नुभयो ।
Leave a Reply