भर्खरै :

भक्तपुर नपामा नक्सा पासबारे एउटा जनचासो

मजदुर र किसानहरुको हक र हितको लागि काम गरेको नेपालको एउटा पार्टी नेपाल मजदुर किसान पार्टी अन्तर्गत सञ्चालित भक्तपुर नगरपालिकाको नक्साको विषय ः
१) एउटा मजदुरले खाइनखाइ एक–एक गरी कमाएको पैसाले घर बनाउँदा एउटा न एउटा खोट देखाएर कहिले नक्सै रोक्का गरिदिने त कहिले निर्माण सम्पन्न नदिने गरेको पाइएको छ ।

२) त्यही समस्या एउटा काम गरिखाने साधारण किसानलाई पनि भएको छ । जसले पैसा नभएर आफ्नो पैत्तृक सम्पति बेचेर घर बनाउँछ, तर कहिले नक्सामा यो मिलेन, त्यो मिलेन भन्दै नक्सा रोकिदिने त अन्तिममा आएर निर्माण सम्पन्नै नदिने जस्ता कामहरुले आखिर कसलाई फाइदा भइरहेको छ त ? एकचोटि सोच्नै पर्ने बाध्यता सुजना भएको छ ।
३) झन २०७२ सालको शक्तिशाली महाभुकम्पले क्षतिग्रस्त भएका भुकम्प पिडित भक्तपुर नगरबासीहरुको लागि त यो समस्या मुटुमा चसक्क बिझिरहने काँडा जस्तै भइरहेको छ ।
४) आखिर कहिल्यैसम्म यो दुःख र अनि पीडा नगरबासीहरुले भोगिरहनु पर्ने हो ?
५) आशा गरौं कि स्थानिय निर्वाचन २०७४ सालबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले यी किसान र मजदुरहरुको दुःख र पीडालाई बुझी काम गरी पिडितहरुलाई राहत दिनुहुनेछ ।
हरिसुन्दरको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *