भर्खरै :

लान्चाफल्चादेखि यातुमहादेवसम्म बजार अनुगमन

भक्तपुर, १४ पुस । भक्तपुर नगरपालिकाले सोमबार र मङ्गलबार लान्चाफल्चादेखि यातुमहादेवसम्मको १८ वटा पसल अनुगमन ग¥यो ।
अनुगमनको क्रममा बिनादर्ता सञ्चालनमा रहेका भोजनालयहरूलाई दर्ता गर्न र अनुमतिबिना मादक पदार्थ राखिएका पसललाई आवश्यक अनुमति लिन निर्देशन दिइएको थियो ।
त्यस्तै केही पसलको नवीकरण नभएको र म्याद नाघेका सामान राखिएको पाइएको छ । अनुगमन समितिले म्याद नाघेका सामानको बरामद गरी नष्ट गरेको थियो । केही पसलमा ढक र तराजु नापतौल विभागमा नवीकरण नगरिएको पाइएको थियो ।
अनुगमनमा अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीमा सदस्यहरू वडाध्यक्ष हरिराम सुवाल, कार्यपालिका सदस्य रोशनमैँया सुवाल, भनपा श्यानिटेसन उपशाखाका निमित्त प्रमुख एवम् वडा निरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेवी ब्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक राजकुमार दनुवार, भक्तपुर घरेलु तथा साना उद्योगका लक्ष्मीप्रसाद बाटी र घरेलु कार्यालयका सीताराम त्वायनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *