भर्खरै :

सैनिक आवासीय महाविद्यालय भक्तपुरको ४३ औँ वार्षिकोत्सव

भक्तपुर, १४ पुस । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सैनिक आवासीय महाविद्यालय भक्तपुरको ४३ औँ वार्षिकोत्सव २०७७ को अवसरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले सैनिक आवासीय महाविद्यालयले नेपालको शैक्षिक क्षेत्रमा विशिष्ट स्थान हासिल गर्न सफल विद्यालय भएको बताउँदै विद्यार्थीलाई आफूले हासिल गरेको ज्ञानलाई देश र समाजप्रति समर्पित भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले विद्यार्थीको परिवर्तनका संवाहक भएको बताउँदै महाविद्यालयको शैक्षिक उन्नतिको लागि योगदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रभुखराम शर्माले महाविद्यालयले आर्जेको उपलब्धीलाई सकारात्मक दिशातर्फ अग्रसर भएर लाग्नुपर्नेमा जोड दिँदै सैनिक आवासीय महाविद्यालय नेपालकै उत्कृष्ट महाविद्यालयको रूपमा स्थापित रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले विद्यालयका सर्वोत्कृष्ट विद्यार्थी, २५ वर्षीय दीर्घ सेवा पुरस्कार र उत्कृष्ट सेवा पुरस्कार प्रदान गर्नुभयो भने कार्यक्रमका अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले १५ वर्षसम्म अनवरतरूपमा महाविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा महाविद्यालयका सम्पर्क अधिकृत एवम् प्रमुख सेनानी अनुप शाहले धन्यवादज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *