धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
नेपाली साहित्यमा आत्मकथा लेखन तथा प्रकाशनको यतिखेर बहार नै आइरहेको छ । त्यसले साहित्यिक क्षेत्रमा निरन्तर हलचल ल्याइरहेकै छ । तर, ती कृति कति विश्वसनीय तथा यथार्थपरक छन् र कति स्वच्छ मतिले लेखिए भन्नेबारे छलफल आवश्यक छ । विशेषगरी आत्मकथा तथा जीवनीको प्राण इमानदारी तथा सच्चाइ हो । सत्यतथ्यमा आधारित कृतिले समाजको हित गर्दछ, धेरैको आँखा खोलिदिन्छ र भ्रम मेटिदिन्छ भने प्रायोजित तथा भूmटा कृतिले समाजलाई झन् दूषित पार्छ । मानिसलाई दिग्भ्रमित पार्ने काम गर्छ ।
जिम्मेवार व्यक्तिका आत्मकथा या जीवनी साँचो अर्थमा ऊर्जा, नवीन सोच तथा ज्ञानको पुञ्ज बन्ने अपेक्षा धेरैले लिएका हुन्छन् । अनेक विधि या उपाय गरी ज्ञान तथा अनुभवको हस्तान्तरणले पनि समाजमा पृथक् महत्व बोकेको हुन्छ । व्यक्तिको भौतिक शरीरसँगै अनुभव तथा ज्ञानको अवसानले समाजको विकास अवरुद्ध नबनाए पनि सुस्त भने अवश्य बनाउँछ । आत्मकथाले धेरैलाई आत्मसमीक्षा गर्न या तुलनात्मक अध्ययनका निम्ति एउटा आधार प्रदान गर्दछ । लेखक स्वयम्का निम्ति भने आप्mनो अनुहार हेर्ने ऐना र धेरै हदसम्म आत्मस्वीकारोक्ति बन्ने गरेको पाइन्छ ।
पछिल्लो समय जीवनी, आत्मकथाले नेपाली पाठकको मन जति आकर्षित गरेको देखिन्छ त्यति नै विश्वास पनि जित्न सकेको भए सुनमा सुगन्ध भेटिएभैmँ हुने थियो ! निश्चय पनि आत्मवञ्चना, कल्पनाको अंश नभएको या अत्यन्त कम भएको आत्मकथा पाठकको प्रिय बन्छ र धेरैका निम्ति उत्प्रेरक तथा मार्गदर्शक पनि । समाजको विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरूको यथार्थमा आधारित आत्मकथाले केवल भावना, भोगाइ मात्र होइन जीवनदर्शन, फरक दृष्टिकोण तथा इतिहास प्रस्तुत गर्दछ । सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक दर्पण सबै सामु पेश गरी भविष्यको मार्ग प्रशस्त गर्छ । यस प्रकृतिको आत्मकथा मान्न सकिन्छ दमनराज तुलाधरको आत्मकथा । पाठकको मन आकर्षित गर्न वा मन जित्न सफल हुने खालको छ दमनराज तुलाधरको आत्मकथा । ‘राणाविरोधी आन्दोलनका एक निर्भीक योद्धा, कुशल प्रशासक, निपुण लेखक तथा अनुवादकको इमानदार आत्मकथा’ भनी पुस्तकको अग्र गातामा लेखिएका शब्द असत्य होइनन् भन्ने पुष्ट्याईँ हरेक पृष्ठ र प्रसङ्गले प्रस्तुत गर्न कुनै कसर बाँकी नराखेको पाठकलाई अनुभव हुनेछ ।
तुलाधरको आत्मकथाको भाषा र शैलीमा सरसताभन्दा पनि सरलता व्याप्त भएको अनुभव हुन्छ । भाषा कतिपयका लागि श्रुतिमधुर नहोला तर स्पष्ट सन्देश, दुविधारहित अभिव्यक्ति र अहङ्कारको अभावले पुस्तकमा दमनराजको मुखाकृति उज्यालो देखिन्छ । साहित्यिक रसले भन्दा पनि घटनाहरूको यथार्थ प्रस्तुतीले पाठकको ध्यान खिच्ने पक्का छ । इतिहासका पानाहरूमा मिठास खोज्नु त्यति उपयुक्त नहुनु अस्वाभाविक होइन । पुस्तक पढ्दै जाँदा एकाध ठाउँमा आउने हिज्जेमा गडबडीबाट पाठकलाई खासै अप्ठ्यारो हुँदैन बरु एक पछि अर्काे गम्भीर विषय, घटना तथा विचारको उद्घाटन र सिलसिलेवार वर्णनले तान्दै तान्दै लान्छ र पुस्तकका पृष्ठ होइन मोबाइलको पर्दा ‘स्क्रोल’ गरिरहेको अनुभूति दिलाउँछ । नेपाली समाज तथा राजनीतिको कुनै वास्तविक कथामा आधारित चलचित्र हेरिरहेभैmँ लाग्छ । त्यस चलचित्रमा सुरुआती समयमा दमनराज कुनै अल्लारे ठिटो, अराजक, भावुक तथा रोमानी नायक या वियोगान्त नाटकको पात्रभैmँ लाग्छन् । समयक्रममा दमनराज एक विद्रोही कार्यकर्ता, बौद्धिक व्यक्तित्व, परिपक्व कूटनीतिक व्यक्तित्व तथा देशप्रति बफादार एवम् इमानदार प्रशासकका रूपमा देखापर्छन् । जीवन्तता यस पुस्तकको अर्को गुण हो ।
यस कृतिमा दमनराजको जीवनमा आएको उतार–चढाव, सङ्कट तथा समाधान, सङ्घर्ष तथा सफलता, मिलन तथा बिछोड आदि वर्णन गरिएको छ । त्यही क्रममा तत्कालीन समाज, राजनीतिक परिवेश तथा देशमा भएको उथलपुथल, राजनीतिक परिवर्तनबारे चर्चा गरिएको छ । घटनाहरूको वर्णनले पुस्तकलाई मार्मिक तथा जिउँदोजाग्दो बनाएको स्पष्ट अनुभूति हुन्छ । तुलाधरको प्रतिभा, स्वभाव, जीवनशैली, योगदानबारे यस पुस्तकले सजीव वर्णन गर्छ । स्पष्ट, सीधा, सरल, मेहिनती तुलाधरको जीवन कथा पढिसकेपछि धेरै पाठक एकछिन घोत्लिन बाध्य हुनेछन् । अचम्भित पनि हुनेछन् । युवा वयमा उनमा भएको जोश र त्यही कालखण्डमा उनले गुमाएको होशबारे वर्णन गरिएका प्रसङ्गले जो सुकैलाई सजग रहन घच्घच्याउँछ ।
विविध विषयका जानकार तथा प्रस्ट लेखन शैलीका धनी तुलाधरसँग साक्षात्कार गरिसकेपछि पाठकहरूमा उत्साहको सञ्चार हुनेछ । गा¥हो, अप्ठ्यारो तथा नयाँ चुनौती सामना गर्न अघि सर्ने अनि कम्मर कसेरै निश्चित कर्ममा लागेर सफल बनाइछाड्ने उनको स्वभाव धेरैका निम्ति अनुकरणीय अनुभव हुनेमा पनि त्यति शङ्का नहोला ¤ राजनीति, परराष्ट्र मामिला, अर्थशास्त्र, प्रशासनको क्षेत्रमा उनले हासिल गरेको दख्खल र ती क्षेत्रमा पु¥याएको योगदान धेरैका लागि प्रेरणादायक मान्न सकिन्छ । अङ्ग्रेजी भाषा तथा अनुवाद कलामा भएको विशिष्ट क्षमताले उनलाई अझ बढी चिनायो भन्नु अतियुक्ति नहोला !
पुस्तक पढ्दै जाँदा पाठकहरूमा केही जिज्ञासा या खुल्दुली स्वाभाविकरूपमा आउनेछ – त्यति बौद्धिक उचाइ, योगदान, फराकिलो ज्ञान र सम्पर्क हुँदाहुँदै राजदूत बनी थप योगदान पु¥याउने दमनराजको उत्कट अभिलाषा कसरी पूरा हुन सकेन ? किन बारम्बार व्यवधान खडा गरियो ? उनीमाथि त्यत्रो षड्यन्त्र किन र कसले ग¥यो ? के मदिराप्रतिको उनको अनुराग नै दरबार र परराष्ट्रका व्यक्तिहरू उनीबाट अनिष्ठ नहोस् भनी सचेत भएका छन् ?
विसं २०३९ मा तयार पारेर त्यही वर्ष प्रथम पटक प्रकाशित यो पुस्तक झन्डै ३८ वर्ष ‘प्रतिबन्धित’ जस्तै रहेको बताइन्छ । कारण, यसमा श्री ३ महाराज, नेपाली प्रशासन यन्त्र नेपाली काङ्ग्रेस, दरबार, अन्तर्राष्ट्रिय सम्बन्धका बाहिर आउन बाँकी या नल्याइएका कथाहरू पाइन्छन् । त्यतिखेरका राजनीतिक पात्र तथा प्रवृत्ति उदाङ्गो पार्ने काम दमनराजले निर्भिकतापूर्वक गरेका छन् ।
बहुआयामिक व्यक्तित्वका धनी तुलाधर राणाहरूको सेवा कार्यमा तल्लिन परिवारमा जन्मेर श्री ३ महाराजहरूसँग नजिक बस्दाबस्दै राणा व्यवस्थाविरोधी गतिविधिमा सक्रिय बने । समर्पित भएर लागे, आन्दोलनको नेतृत्व गरे । प्रजा परिषद्को महामन्त्रीसम्म बने, पदको झगडा, कपटपूर्ण खेल र जनताको हितभन्दा सत्तास्वार्थको दुर्गन्ध प्रत्यक्ष देखेपछि सो पद परित्याग गरे । दमनराजमा विभिन्न समयमा विचलन आएको केही प्रसङ्गले बताउँछ । सायद, जीवनको घाम–छाया भनेको त्यही नै होला !
पुस्तकमा वर्णित राणा–राणा र काङ्ग्रेसी–काङ्ग्रेसीबीचको झगडा, अन्तरकलह, पदका निम्ति होडबाजी र आ–आप्mनो स्वार्थपूर्तिका लागि काटामारको परिस्थितिले आजको कपटी राजनीतिक परिवेश बुभ्mन सहज बनाउँछ । आजसम्म त्यसैको सिलसिला त होइन भन्ने गम्भीर सवाल पनि खडा हुन्छ । राणाकालदेखि नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको वर्णनले त नेपाल र नेपालीको पीडा या घाउ कति पुरानो भन्ने अवगत गराउँछ । यी सम्पूर्ण खेलमा प्रत्यक्ष – परोक्ष भारतीय शासकवर्ग नै संलग्न रहँदै आएको र उसैको स्वार्थ जोडिएको छ भन्ने बुभ्mन यो पुस्तक अध्ययन गर्न लायक छ ।
भारतीय हस्तक्षेपको जालो तोड्न नेपाली इमानदार प्रशासकहरूले गरेको सङ्घर्ष, नेपाललाई बाहिरी संसारसमक्ष परिचिति गराउँदै विभिन्न देशसँग मित्रताको हात पैmलाउन गरेको निरन्तर प्रयासले आशा जगाउँछ र गौरवानुभूति दिन्छ । भारतको चर्को दबाबका बीच पनि सोभियत रुस, चीनसँग सम्बन्ध जोडिएका प्रसङ्गले हरेक नेपालीलाई सुखानुभूति दिनेछ । बन्द कोठामा कैद तुल्य नेपाललाई बाहिरी संसारसँग हातेमालो गराउन दमनराजले गरेको सत्प्रयास स्मरणीय छ । परराष्ट्र मन्त्रालयमा जिम्मेवारी सम्हाल्दा १६ वटा देशसँग सम्बन्ध जोड्न सफल भएको उनी सगौरव उल्लेख गर्छन् । देशकै निम्ति त्यो उल्लेख्य उपलब्धि थियो ।
“विश्वका राष्ट्रहरूसँग मित्रताको क्षेत्रफललाई फराकिलो पार्न हामी कार्यरत छौँ भन्ने कुराको गन्ध भारत सरकारले पाइसकेको हुनाले हाम्रो यस विषयको लेखापढीलाई अति गोप्य राख्न नितान्त आवश्यक थियो ।” दमनराजका यी वाक्यले सुरुआती चरणमा समेत विदेश मामिलाको क्षेत्रमा नेपालले कस्तो दबाब झेल्नुपथ्र्यो र प्रशासकहरूले कति सजग भएर कार्यसम्पादन गर्नुपथ्र्यो भन्ने स्पष्ट हुन्छ । दमनराज लेख्छन्– “यो खबर (सोभियत रुससँग सम्बन्ध जोडिएको) सुन्नेबित्तिकै भारतीय राजदूत भगवान् सहायले प्रधानमन्त्री टङ्कप्रसादसँग भेट गरी विरोध जनाए ।” त्यस सन्दर्भमा ‘एउटा सानो मुलुकको स्वतन्त्रतालाई सीमित गराउन खोज्नु भारत जस्तो गतिशील गणतन्त्रका लागि शोभनीय होइन भनेर प्रधानमन्त्रीले जवाफ फर्काएको’ घटनाले अस्तित्व रक्षाका निम्ति नेपालले गर्नुपरेको सङ्घर्ष उजागर गर्दछ । भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेटेरै पाकिस्तानसँग भएपनि सम्बन्ध नजोड्न दबाब दिएको यस पुस्तकमा उल्लेख छ । नेपालमा को को भ्रमणमा आउँछन् र जान्छन् त्यसको विवरण भारतीय दूतावासमा बुझाउने चलन चलाएकोे तर नेपालले पछि निरन्तरता दिन अस्वीकार गरेको प्रसङ्ग पनि छ ।
भारतले सात सालको परिवर्तनलगत्तै फलानोलाई फलानो मन्त्रालयको जिम्मा दिनू भनेर दबाब दिएको पनि आत्मकथामा तुलाधर उल्लेख गर्छन् । लक्ष्य र कार्यक्रम केही उल्लेख नगरी ‘प्रजातान्त्रिक काङ्ग्रेस’ र ‘राष्ट्रिय काङ्ग्रेस’ दुवै विघटन गरी नेपाली काङ्ग्रेस गठन हुँदा कवि गोपालप्रसाद रिमालले भनेछन्, “बुभ्mयौ दमन, ‘इट इज नाइदर नेसनल नर डेमोत्र्mयाटिक’ ।” यी प्रसङ्ग आजभन्दा ७० वर्ष अगाडिका भएपनि आजै मात्र भएका घटना हुन् कि भन्ने आभास हुन्छ ।
दमनराजले आप्mनो देशको औद्योगिक विकास, जलविद्युत्को विकास, राष्ट्रिय योजना निर्माण, आर्थिक योजनाको ढाँचा निर्माण, भूमिसुधार आदि विविध क्षेत्रमा योगदान पु¥याए । उनले नेपालको चीनसँगको सीमा निर्धारण तथा नियमनमा ज्यानकै खतरालाई पर्वाह नगरी सुसम्पन्न गरे । तुलाधारले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय दबुमा नेपालको दरिलो उपस्थितिका निम्ति सक्रिय भूमिका निर्वाह गरे । राजा महेन्द्रको भाषण, देशका प्रतिनिधिद्वारा महत्वपूर्ण सभा–समारोहमा दिइने भाषण र अन्य दस्तावेज लेखनमा उनी समर्पित भएर लागे । उनले नेपालीको स्वाभिमान र देशको स्वतन्त्रताका निम्ति एक जिम्मेवार नागरिकको कर्तव्य इमानदारीपूर्वक पूरा गरे । हरेकमा नेतृत्वदायी भूमिका निर्वाह गरे । उनी इमानदार भएर मात्र आप्mनो कर्म क्षेत्रमा लागेनन् बरु बफादार भएर प्रस्तुत भए । यस पुस्तकबाट तुलाधरबारे यस्तै उत्साहबद्र्धक जानकारी पाइन्छ ।
दमनराजको आँधीहुरी जस्तो जीवनबारे प्रस्ट पार्न जेल जीवनको एउटा अत्यन्त हृदयस्पर्शी दृश्य प्रस्तुत छ : आठ–दश महिना काटेपछि एकदिन मेरी स्वास्नी मलाई भेट्न आइ र भनी, “हिजो दीपराज सुब्बा मकहाँ आएका थिए । चिफसाहेबले भनेको रे, तपाईँलाई छाडिदिने ! घर आउनेबित्तिकै घर किन्न पुग्दो रुपियाँ बकस दिने, पाँच–छ महिनापछि तपाईँलाई सुब्बा बनाइदिने । अर्को पजनीमा मीर सुब्बा हुनुहुन्छ । सरदार हुने–नहुने तपाईँको भाग्यको कुरा ! यति भएपछि के चाहियो ? मैले कलम–मसी लुकाएर ल्याएकी छु । लौ अहिल्यै माफी मागेर बिन्तीपत्र लेख्नोस् ।” मैले झोक्किएर भनेँ, “के मैले अबदेखि भगवतीको प्रार्थना गर्दिनँ भनेर माफी माग्ने ? घरमा त्यतिको धान चामल छँदै छ । मजासँग खाएर बस् ! यस्तो नचाहिने कुरा लिएर मकहाँ नआउनू !” उनले भनिन्, “जेलबाट छुटेपछि पनि यस्तै काम गरेर हिँड्नुहुन्छ ?” मैले भनेँ, “अवश्य !” उनले भनिन्, “त्यसो भए तपाईँको साथ लागेर मेरो जिन्दगी बर्बाद पार्न सक्तिनँ ।” मैले भनेँ, “मनासिब भन्यौ । घरमा भाँडाकुँडा, ओढ्ने–ओछ्याउने तिमीलाई जे–जे आवश्यक पर्छ, सबै लिएर जाऊ ! त्यो सब तिमीलाई मेरा तर्फबाट दाइजो भयो । तर, छोरा एउटालाई के गछ्र्यौ नि ?” उनले भनिन्, “छोरो मै पाल्छु ।” मैले भनेँ, “पढ्ने उमेर नभएसम्म तिमी नै राख, पछि मकहाँ, ल्याउनू ¤” यस्तो सौहार्द वातावरणमा हाम्रो दाम्पत्य जीवनको अध्याय टुङ्गिदा मैदानमा उत्रनलाई मलाई बाधा–अड्चन रहेन भनेर मेरो छाती हलौँ भयो । (पृष्ठ १०५–१०६)
पढ्दै जाँदा कुनै रोमाञ्चकारी उपन्यासभित्र पसेभैmँ अनुभव भयो । तर, यो दमनराजको जिन्दगीको यथार्थ हो । अझ अगाडि उनी आप्mनो कथा बताउँछन्, “जेलबाट बन्धनमुक्त भई आप्mनो गार्हस्थ अवस्था बुभ्mदा मेरी श्रीमती डेढ वर्षको छोरा लिई आप्mनै व्यवस्थामा लागिसकेकी थिइन् ।”
दमनराजका बुबा उनलाई ‘बलराजको छोरा’ अर्थात् सम्पन्न पिताको समृद्धशाली छोरा, श्री ३ तुल्य बनाउन चाहन्थे । तर, उनी ‘बलराजका छोरा’ त बन्न सकेनन् बरु ‘सरस्वतीका छोरा’, ‘देशका छोरा’ बनेको यस आत्मकथाका पाठकहरूले अनुभव गर्नेछन् ।
विसं २०७७ को कार्तिकमा यस पुस्तकको पुनः प्रकाशन गरी झन्डै –झन्डै हराउन लागेको इतिहासलाई पुर्नजीवन दिएकोमा बुक हीलप्रति एक पाठकको नाताले साधुवाद ! संवेदनशील समुदायबाट यो र यस्तै कृतिको अध्ययन तथा समीक्षा समयले अपेक्षा गर्दै छ । जम्मा २८८ पृष्ठको यो पुस्तकको बजार मूल्य ५५५ ले सुरुमा झस्काएपनि पढिसकेपछि त्यो गौण बन्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
Leave a Reply