धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
कथित् दशवर्षे ‘जनयुद्ध’ताक आफू भारतीय भूमिमा भारतीय संरक्षणमा रहेर नेपाली भूमिबाट भारतैविरुद्ध ‘सुरुङ युद्ध’ चलाउन सक्ने प्रचण्डलाई मान्नैपर्छ । फर्जी लडाकूबाट जिप्ट्याएको धेरै मोटो रकमबारे अख्तियारमा परेको उजुरी, उजुरवालाले नै बिर्सिसकेका छन् । उनका समयसापेक्ष भ्रामक प्रस्तुति, जहिले पनि फाइदाका लागि आफ्नो पक्षमा पार्न सक्ने खुबीजन्य आनीबानी र उपस्थित जनसमुदायतिर हेरेर गर्नसक्ने ‘मीठो भाषण र कुराकानी’ बारे सम्झेर साध्य छैन । उनको चुलिएको आर्थिक हैसियत र विलासी जीवनको रहस्यबारे कसैले पनि थाहा पाइदिनै हुँदैन । बरु उनका सबै आलोचित क्रियाकलापलाई ‘महान् नेताको महान् चातुर्य र क्षमता’ ठानिदिनुपरेको छ ।
भौतिकवादी कम्युनिस्ट भएर पनि ग्रशदशा शान्त पार्न भैंसीदान गरे । भदौको गर्मीमा कोटपाइन्ट टाई र छालाजुत्तामै देउघाटमा बाबुलाई दागबत्ती दिए । कुनै साल दसैंतिहारमा टीका नलाए पनि छठमा सूर्यलाई अघ्र्य दिए ।
प्रचण्डको नाममा सम्पत्ति नै छैन ¤ त्यही नभएको सम्पत्ति सार्वजनिक गर्न पनि उनलाई तीन महिना लागेको थियो । अजयराज सुमार्गीमार्फत भएका लगानी र पुँजीबारेको चर्चा चिसो भैसक्यो । बीस करोडजति मोलिने लाजिम्पाटको घर पनि उनको होइन । उनको लगानीमा चलेको भनिएका विभिन्न ठाउँका अस्पताल र होटलले जनतालाई सेवा दिएकै छन् । भाटभटेनी सुपर मार्केट, नयाँ बानेश्वरको मुक्ति टावर तथा पोखराको प्रकाश टावरलाई देशकै शोभा मान्नुप¥यो । बेलायतबाट प्रकाशित हुने टेलिग्राफ पत्रिकाको सन् २०१२ फेब्रुअरी १ को अङ्कमा ‘नेपालका माओवादीहरू अत्यधिक विलासी र ऐयासी’ भनेर छापिए पनि त्यो कसैले पनि पत्याइदिनै भएको छैन । भारतको हिन्दुस्तान टाइम्स्ले आजभन्दा दशवर्षअघि नै ‘प्रचण्डले भारतीय बैङ्कबाट दश अर्ब भारु स्वीस बैङ्कमा ट्रान्स्फर गरे’ भनेर छापेको समाचार पनि झूटै त होला ।
स्वार्थका कारण वैद्य–बाबुरामलाई साइड लगाउँदा पनि प्रचण्डलाई खासै नोक्सानी भएको थिएन । तर पछि भएभरको बठ्याइँ, छलछाम र जालझेल गर्दागर्दै पनि आफू र आफ्नो पार्टी भुइँको भुइँमैै हुन थालेपछि उनी एमालेको बुइ चढेर सुरक्षित हुन पनि सफल भए । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञ हुनैपर्ने हो । पुनर्जीवन प्राप्त गरेपछि फेरि ‘प्रचण्ड साहस’ बढ्यो । अनि कथित् ‘जनयुद्ध’मा मारिएका सत्र हजारमध्ये ‘पाँच हजारको जिम्मेवारी म लिन्छु’ भनेर ठाँटका साथ कुर्लंदा फेरि उनी ‘अदम्य साहसी’ ठहरिए ।
नेकपा एकतापछि कार्यकारी अध्यक्ष बन्दा पनि आफू प्रधानमन्त्री बन्ने पालो नआएपछि प्रचण्ड अधैर्य भए । नेकपा स्थायी समितिको पचासौँ बैठक बस्दा पनि देश र जनताको समस्यालाई बैठकको एजेन्डा बनाइएन । खालि ‘तँलाई धेर र मलाई थोर’को किचोलोमै समय बितिरह्यो ।
हो, प्रधानमन्त्री केपी शर्मा ओलीका कमजोरीहरू अनगिन्ती थिए र छन् । तिनले बेलाबेखत सञ्चार माध्यममा स्थान पनि पाएकै हुन् । ट्रान्स्परेन्सी इन्टरनेशनलले समेत वास्तविकता जाहेर गरिदिएकै हो । तर, आफ्नैै सहकर्मी भएका कारण, स्वार्थ मिल्दासम्म त्यसप्रति कुरै उठाइएन । कानुनी प्रक्रियाका माध्यमबाट देश र जनतासामु निरुपण गरिनुपर्ने विषयलाई प्रचण्डले पार्टी बैठकमा ‘आरोप प्रस्ताव’का रूपमा प्रस्तुत गरे । ‘जवाफी आरोप प्रस्ताव’ पनि चर्चित् रह्यो । गर्दाभन्दा आखिर, ‘राष्ट्रपतिलाई महाअभियोग’ र ‘प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव’सम्मको स्थितिमा पुगेपछि ‘हम नही तो तुम भी नहीं’को पारामा चुनावी घोषणाका साथ संसदै भङ्ग गरियो । हुँदाखाँदाको ‘भव्य सरकार’ कामचलाउमा परिणत भएपछि प्रधानमन्त्रीको कदमलार्ई लिएर ‘प्रचण्ड विरोध’ चर्किएको छ । यस क्रममा नेपाल, खनालजस्ता पूर्व प्रधानमन्त्रीहरू पनि ‘हो मा हो’ मिलाउँदै कुर्लन थालेका छन् ।
चीनमा सी चिनफिङ सन् २०१३ देखि राष्ट्रपति छन् । भारतमा सन् २०१४ देखि मोदी प्रधानमन्त्री । जर्मनीमा सन् २००५ देखि एन्जिला मार्केल चान्सलर । तिनीहरूलाई विपक्षी पार्टीले समेत हटाउने खेल खेलेकोे छैन । तर हाम्रो देशमा जनमुखी मानिएको दुईतिहाइ नजिकको कम्युनिस्ट सरकार, सत्तास्वार्थजन्य आफ्नै पार्टी विवादका कारण तीनवर्ष नपुग्दै धरासायी बनेको छ ।
अन्य देशमा सयौँ वर्ष पुराना संविधानले काम गरेका छन् । कतिपय देशमा लिखित संंविधानै छैन । तिनै देशहरू विकसित र समृद्ध छन् । हामीकहाँ भने दशवर्षमा एउटा नयाँजस्तो गरी २००४ सालदेखि २०७२ सालसम्म ७ वटा संविधान पाइसकियो । प्रजातन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था, गणतन्त्र–थरीथरीका व्यवस्था पनि ल्याइसकियो । पछिल्लो समयमा दुईदुईपटक चुनाव गराई ६०१ जना समावेशी सभासद सम्मिलित संविधानसभाबाट बनाइएको ‘विश्वकै उत्कृष्ट संविधान’ पाउनका लागि त १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाउनुपरेको थियो । अङ्गभङ्ग भएका, विस्थापित, बेपत्ता र टुहुरा पारिएकाहरूको मानवीय क्षति तथा ‘निर्माणका लागि विनाश गर्नुपर्छ’ भन्दै गरिएको अरबौंको भौतिक क्षतिको हिसाब अलग्गै छ ।
यो सब सम्झँदा, नेपालका जस्ता त्यागी, आज्ञाकारी र सहनशील जनता पाउन गाह्रै होला भन्ने पनि लाग्छ । तर, यति गर्दागर्दै पनि, ‘स्थिर र शक्तिशाली सरकार नभएर देशमा विकास र समृद्धि आउन नसकेको हो’ भनिएपछि सो माग पनि पूरा गरिएकै होे । तर, सत्ताधारी कम्युनिस्ट पाटीभित्रकै सत्ताकेन्द्रित विवादका कारण अन्ततः भाँडभैलो मच्चाइएको छ । एकथरी ठूलाठूला नेताहरू प्रधानमन्त्रीको कदमलाई संविधानको हत्या, सर्वसत्तावाद, भष्मासुर प्रवृत्ति भन्दै फेरि पनि जनताकै नाम लिएर सडक सङ्घर्षमा ओर्लिएका छन् । सरकार पनि कडाइका साथ त्यसको प्रतिरोध गर्दै छ । प्रदेश सरकारमा देखिन थालेको ‘पदबाट बर्खास्त’ र ‘अविश्वासको प्रस्ताव’ ले चर्चा पाएको छ । गाउँगाउँमा पनि, जागिर गएका सत्ताधारी र काम नपाएका प्रतिपक्षी–दुईतीनथरी नेताको चहलपहल हेर्दा, फेरि पनि चुनाव आएजस्तो वातावरण देखिएको छ ।
केही गर्दा पनि यो देशमा केही भएन । स्वार्थी र पाखण्डी नेतागणले एकअर्कालाई दोष लगाइरहे । कम्युनिस्ट र कम्युनिज्मको धज्जी उडाइरहे । अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवरहरूले ज्यानको बाजी थापेर देशको रक्षाका लागि विदेशीलाई यो भूमिमा टेक्नै दिएका थिएनन् । अहिलेका नेतागणले आफ्नो स्वार्थपूर्तिका लागि विदेशीलाई निम्त्याइरहे । र पनि स्वार्थपूर्तिमा बाधा पुग्दा, एकअर्कालाई दोष लगाइरहे ।
महँगी, बेरोजगारी त छँदै छ । यतिखेर थप कोरोना महामारीको त्रासमा रहेका जनताले चाहिं अब कसका कुरा सुनेर के गरून् !
Leave a Reply