उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
राजनीति सरल रेखाबाट अघि बढ्दैन । राजनीति बाङ्गोटिङ्गो बाटो भएर अघि बढ्ने गर्छ । त्यसकारण, राजनीति गुलाबको ओछ्यान होइन, तरबारको धारको यात्रा हो भनिन्छ ।
देशको पछिल्लो राजनीतिक घटनाक्रममा विशेषतः चीनको चासोलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् । छिमेकी देश चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपप्रमुख कुओ येचाओ नेतृत्वको प्रतिनिधिमण्डल हालै नेपाल भ्रमणमा आयो । विशेषतः प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन र त्यसपछि विकसित राजनीतिक अवस्थाबारे बुझ्न चिनियाँ टोली नेपालमा आएको हो । प्रतिनिधिसभा विघटनकै प्रभावस्वरूप देशको सत्तारूढ दल नेकपा पनि विभाजित भएको छ । छिमेकी देशमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे चीन सरकारले जान्न–बुझ्न खोज्नु स्वाभाविक प्रक्रिया हो । यसअघि पनि चीनमात्र होइन, नेपालका अन्य मित्र देशहरूबाट पनि यस्ता प्रयास भएकै थियो । चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच मित्रवत् सम्बन्धको कारण नेकपा सङ्कटको भुमरीमा फस्दै गर्दा चिकपाबाट नेपालमा प्रतिनिधि आउनु मैत्रीपूर्ण सम्बन्धकै सिलसिला हो । चिनियाँ प्रतिनिधिमण्डलले सरकारका प्रमुख पदाधिकारी, शासक र प्रमुख प्रतिपक्ष दलका नेताहरूसँग पछिल्लो राजनीतिक अवस्थाबारे बुझ्ने प्रयास भएको छ ।
विश्वको पछिल्लो भूराजनीतिमा संरा अमेरिका नेतृत्वको गठबन्धनले चीनलाई चारैतिरबाट घेरेर चीनको समृद्धि र विकासको यात्रामा अवरोध पु¥याउने र संरा अमेरिका नेतृत्वको एकध्रुवीय विश्व कायम राख्ने प्रयास हुँदै आएको घामजत्तिकै छर्लङ्ग छ । यस्तो जेलिएको अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबीच छिमेकमा भएको राजनीतिक द्वन्द्वबारे गहिराइमा बुझ्न खोज्नु चीनको कर्तव्य हो । विडम्बना छिमेकी देशको यस्तो सदाशयतापूर्ण प्रयासलाई केही मानिसहरूले गलत अथ्र्याएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रममा अर्को छिमेकी देश भारतको सक्रियताका पाटा क्रमशः खुल्दै छन् । काठमाडौँका विभिन्न होटल र निवासहरूमा भारतका अधिकारीहरू गोप्यरूपमा आएर हुने गरेका खेलबारे नेपाली जनता अनुभवी छन् । संसद् विघटनको निर्णयसम्म सरकारलाई पु¥याउन भारतले भित्रभित्र खेलेको खेल पनि समयान्तरमा क्रमशः बाहिर आउने नै छ । भारतीय अधिकारीहरू आफ्नो जालझेललाई छायाँमा राख्न यतिबेला चिनियाँ पक्षको चासोलाई अतिरञ्जनापूर्ण बनाइरहेका छन् । बेलायत उपनिवेशवादीहरूदेखि आजसम्मका भारतीय शासकहरूले नेपालमा गर्दै आएको राजनीतिक चलखेल र हस्तक्षेपबारे थोरै पनि जानकारी भएका जो कोही पनि सचेत नागरिकले अहिलेको राजनीति घटनाक्रममा भारत असंलग्न भएको तर्क सपनामा पनि पत्याउन सक्दैनन् । भारत यतिबेला नेपालको सत्तामा आँधीबेहरी ल्याएर अस्थीर अवस्थामा पु¥याउन सफल भएकोमा खुशी छ । तर, सतहमा भने भारतभन्दा बढी चीनलाई राख्न सकेकोमा उनीहरू अझ बढी खुशी देखिएका छन् । चीनको स्वाभाविक चासोलाई हस्तक्षेप भनिएको छ, भारतको भित्री तहमा चलखेल र हस्तक्षेपलाई ढाकछोप गर्न खोजिंदै छ ।
नेपालको आन्तरिक मामिलामा कुनै पनि छिमेकी वा शक्ति राष्ट्रबाट हस्तक्षेप र निर्देशनको तहमा आउनु नेपाली जनतालाई कदापि स्वीकार्य हुन सक्दैन । तर, हस्तक्षेप वा सद्भावबीच भिन्नता र त्यसबीच अन्तर्राष्ट्रिय शक्तिबीचको जालझेललाई भने सचेत नेपाली जनताले पनि बुझ्न जरूरी छ । कुनै पनि देशले अर्को छिमेकी देशमाथि हस्तक्षेप उसको ऐतिहासिक राजनीतिक चरित्रले पनि निर्धारण गर्ने गर्छ । नेपालको सन्दर्भमा दक्षिणी छिमेकी भारतले नेपालमाथि लगातार हस्तक्षेपको तहमा आउने गरेको छ । यो इतिहासलाई आजको विकसित राजनीतिक घटनाक्रममा नेपाली जनताले कसरी भुल्न सक्लान् र !
Leave a Reply