धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
नेक्राविसङ्घको जीवन बाँचेकाहरूका लागि गोविन्दप्रसाद लोहनी अपरिचित नाम होइन । सङ्घका विभिन्न प्रकाशनहरूमा हामीले उहाँका रचनाहरूको चर्चा पढ्दै आएका हौँ । विशेषगरी श्रद्धेय नेमकिपाका अध्यक्ष कामरेड रोहितका अन्तर्वार्तामा उहाँको समालोचक व्यक्तित्वबारे चर्चा हुने गथ्र्यो । अभि सुवेदीजस्ता केही समालोचकका कृतिमा बाहेक अन्त लोहनीको कृतित्वबारे पढ्न पाइएन । ‘स्रष्टा र साहित्य’ नाउँको एक अन्तरङ्ग सङ्गालोमा लोहनीको व्यक्तित्व र साहित्यसम्बन्धी धारणा पढेको धुमिल सम्झना मात्र छ । उहाँकै मौलिक रचना पढ्ने अवसर हामी ‘जिल्लाबासी’ लाई आकाशको फल थियो ।
वर्षौँअघि नेक्राविसङ्घकै एक कार्यक्रममा सहभागी हुन राजधानी आएका थियौँ । काठमाडाँै भृकुटीमण्डपमा पुस्तक प्रदर्शनी लागेको खबर पाइयो । प्रज्ञा प्रतिष्ठानको स्टलमा चाङ लगाएर राखिएका पुस्तकमध्ये ‘गोविन्द लोहनीका दार्शनिक रचनाहरू’ पनि थियो । साहित्यिक, राजनीतिक विषय हुन्थे भने अर्कै कुरा हुन्थ्यो । दर्शनजस्तो गह्रौँ विषयको त्यस पुस्तकले हामीलाई अलि समय पर्खिनुप¥यो । ओजिला पुस्तक पढ्ने, त्यस विषयमा घोत्लिने र चर्चा गर्ने एउटा उमेर हुन्छ सायद ।
उच्च शिक्षाको बागडोर सम्हालेको काठमाडाँैले हामीलाई आफूकहाँ तान्यो । हामी काठमाडाँै आयौँ । शहरको कोलाहलमा मान्छे झन् एक्लो महसुस गर्दो रहेछ । आफ्नो जस्तो भोगाइ भोगी गएका मान्छेको अनुभव यस्तो बेला काम लाग्ने हुन्छ । अन्तरबोधसम्बन्धी चेतनाको खोजीमा हामीले अनेक लेखकको सङ्गत गर्न थाल्यौँ । हामीजस्तै केही विद्यार्थीहरू भारतीय कर्पोरेट जोगीहरूको फन्दामा परेको पनि देखियो । नेक्राविसङ्घको स्कूलिङले हामीलाई माक्र्स, एङ्गेल्स र लेनिनको नजिक पु¥याइसकेको थियो । घरबाट ल्याएका पुस्तकहरूको चाङ एकएक गर्दै होचिदै गयो । क्रमशः लोहनीको ‘दार्शनिक रचनाहरू’ को पालो आयो ।
‘हामीलाई यही त चाहिएको थियो ¤’ पुस्तक पढ्दै जाँदाको मेरो पहिलो प्रतिक्रिया यही थियो । पुस्तकले तरङ्गित भएर अनायासै निरज दाईलाई फोन गरेको र पुस्तकबारे उहाँको बुझाइ सोधेको सम्झना ताजै छ । विज्ञान, कला, साहित्य, दर्शन, धर्म, भाषा, मनोविज्ञान सबै फिटेर तयार पारिएको छ ‘दार्शनिक रचनाहरू’ । पुस्तकका हरेक वाक्यहरू ज्ञानका रश्मीजस्ता लाग्छन् । लेखकको सुक्तिमय भाषाले उत्तेजित बनाएन भने पाठक जुम्सो हो भनी जान्दा हुन्छ । पुस्तकले उद्वेलित बनेपछि साथीहरूबीच त्यसको चर्चा पनि भयो । त्यही सेरोफेरोमा कामरेड रोहितले झन्डै २० वर्षपछि आदरणीय गोविन्द लोहनीलाई भेटेको खबर आयो । त्यस विषयमा छापिएको संस्मरणले हामीलाई उहाँको विषयमा थप जिज्ञासु बनायो ।
कीर्तिपुरको एक पुस्तकालयमा गोविन्द लोहनीका कथाहरू र चीनसम्बन्धी एउटा पुस्तक भेटियो । पार्टीका एक अग्रज दाजुले ‘पञ्चायत’ मासिकका अङ्कहरू सङ्कलन गर्नुभएको रहेछ । तिनमा पनि लोहनीका केही अत्यन्त गहकिला रचनाहरू प्राप्त भए । यसबाट पार्टीले कामदार जनतालाई शिक्षित गर्न खेलेको भूमिकाबारे हामीलाई गम्भीर बनायो । त्यसछेक हामी गोविन्द लोहनीमय बनेका थियौँ । इन्टरनेटको एक कुनामा मूल्याङ्कन मासिकका पुराना अङ्कहरू राखिएको रहेछ । त्यहाँबाट समेत उहाँका रचनाहरू सङ्कलन गर्न थाल्यौँ । यसरी हामीसँग दर्शन, राजनीति, साहित्य र अर्थतन्त्रसम्बन्धी लोहनीका रचनाहरू जम्मा भए । साथीहरूमाझ उपयोगका निम्ति हामीले ती रचनालाई डिजिटलाइज गर्न थाल्यौँ । उहाँका रचनाहरूको पुनः प्रकाशन नभएको कैयन दसक बितेकोले यो काम हामीलाई ‘अवैध’ लागेन, बरु साथीहरूको सैद्धान्तिक स्तर उकास्न ‘आवश्यक’ लाग्यो ।
गोविन्द लोहनीका आर्थिक रचनाहरू पढ्दा भूमिसुधार, विकास योजना, खुला अर्थतन्त्रका असर, जलविद्युत्लगायत धेरै विषयमा मार्गदर्शन प्राप्त हुन्छ । सुझबुझ, दूरदर्शिता र समयबोध स्पष्ट देखिनु उहाँका आर्थिक रचनाको विशेषता हो । सम्भवतः यस्तै उहाँको निजी व्यक्तित्व पनि हुनुपर्छ । नेपालको भूमि व्यवस्था र भूमिसुधारबारे उहाँका पुराना लेखहरू पढ्दा एमसी रेग्मीका रचनाको झल्को आउँछ । कालक्रमका हिसाबले उहाँका रचनाहरू रेग्मीका रचनाभन्दा अघिका हुन् । त्यसैले रेग्मीमा उहाँको प्रभाव देखिएको वा उहाँकै निष्कर्षमा रेग्मीहरू पुगेको हुनसक्छ ।
हामीले गोविन्द लोहनीलाई कहिल्यै भेटेका वा देखेका थिएनौँ । तैपनि उहाँसँग जोडिएका हाम्रा आफ्नै अनुभवहरू भने धेरै छन् । केही अनुभव यहाँ साझा गर्छु । ‘नेतृत्वको भोक’ को भूमिकामा साहित्यसम्बन्धी माक्र्सवादी उद्बोधन पाइन्छ । त्यस भूमिकाको विषयमा साथीहरूमाझ पुस्तकालयमा बसी छलफल गरेको हिजै जस्तो लाग्छ । सोही कथासङ्ग्रह पढेर हाम्रा एक भाइले कथा विधामा कलम चलाउन सुरु गरेका थिए । प्रज्ञा प्रतिष्ठानको पुस्तकालयमा लोहनीका रचनाहरू खोज्न हात धुस्रो बनाएको सम्झना अझै ताजा छ । अर्को एक सम्झना भने चित्त दुखाउने खालको छ ।
नेक्राविसङ्घकै एक कार्यक्रमको सिलसिलामा आरआर क्याम्पस गएका थियौँ । क्याम्पस प्रमुखको पुस्तकालयमा केही उम्दा रचनाहरू रहेछन् । क्याम्पस प्रमुखलाई मनाएर एउटा पुस्तक फोटोकपी गर्न हामी तल ओर्लियौँ । फोटोकपी पसलकी साहुनीले हाम्रो साथीको हातमा रहेको गोविन्द लोहनीको ‘आजको चीन’ देखिन् । र, सो पुस्तक आफूले सानै उमेरमा पढेको बताइन् । जुन पुस्तक हाम्रा साथीले स्नातक सकेपछि पढ्दै थिए, त्यो पुस्तक राजधानीकी एक युवतीले सानैमा पढेकी रहिछन् । यसले राजधानी र राजधानीबाहिरको बौद्धिक उन्नयनबीच कति ठूलो खाडल छ भन्ने कुरा बोध गरायो । ती साहुनी पटकपटक सत्ता सम्हालेको ‘कम्युनिस्ट पार्टी’ को राजनीतिमा लागेकी रहिछन् । अर्थात् राम्रा पुस्तकको पहुँचमा भएर पनि काठमाडाँैले ‘कम्युनिस्ट’ राजनीति मनन गर्न सकेको छैन । यो पक्कै पनि सन्तोषजनक स्थिति होइन ।
माक्र्सवादी लेखनीको क्षेत्रमा एउटा खँदिलो धरोहर निर्माण गरेर गोविन्द लोहनीले नयाँ पुस्तालाई हौस्याउनुभएको छ । उहाँको निधनले माक्र्सवादप्रति समर्पितहरूको काँधमा जिम्मेवारी थपिदिएको छ । राहुल सांकृत्यायनले ‘दर्शन–दिग्दर्शन’ को भूमिकामा लेखेका थिए – हाम्रो भाषामा दर्शनसम्बन्धी कस्ता पुस्तकहरू निस्किन थालून् भने ‘दर्शन–दिग्दर्शन’ को सम्झना पनि नरहोस् । गोविन्द लोहनीका ‘दार्शनिक रचनाहरू’ फोर्न गाह्रो छ, तर एकचोटि फोरेपछि ती नरम ओखरजस्ता लाग्छन् । नेपाली युवा, विद्यार्थी र अध्येताहरूले उहाँका रचनालाई पचाउँदै समाजवादी क्रान्तितिर लम्केको देख्नु सांकृत्यायनको जस्तै उहाँको पनि अभिलाषा हुँदो हो ।
काठमाडाँैमा हुने पुस्तक प्रदर्शनीहरूमा हामीलाई प्रज्ञा प्रतिष्ठानको स्टलले तानिरहन्छ । पुराना पुस्तकको पुनः प्रकाशन बिरलै गर्ने प्रज्ञाको स्टलमा पुगेको बेला लोहनीका रचनाको चर्चा गरेर केहीप्रति बिकाउन मद्दत गर्नु हाम्रो बानीजस्तै बनेको छ । ‘दार्शनिक रचनाहरू’ ले हामीलाई आफ्ना आस्तिक साथीहरूसँग वादविवाद वा बहस गर्न सघाउने गरेको छ । यस्तै केही बहसमा साथीहरूलाई कायल पारेर सो पुस्तकको नाम, लेखक र पाइने स्थान टिपाउँदा हामीलाई खुसी लाग्ने गर्छ । नेपाली साहित्यका विद्यार्थीले उनलाई नचिनेको प्रसङ्गले हामीलाई झस्काउने गर्छ । जुनसुकै विषयको भए पनि स्नातक तह पास गरेको नेपाली विद्यार्थीले ‘दार्शनिक रचनाहरू’ पढ्न र मनन गर्न सक्छ भने मात्र उसको पढाइ पूरा भएको र उसमा बौद्धिक परिपक्वता आएको मान्न सकिने हाम्रा एक साथीको मत छ । यति चेतना हाम्रा स्नातक गरेका विद्यार्थीमा हुने हो र सोही अनुसार आचरण गर्ने हो भने नेपालले कोल्टो फेर्न धेरै समय लाग्नेछैन भन्ने अर्का साथीको विचार छ । यस्तो सुन्दै गर्दा हामीलाई गोविन्द लोहनीको अर्को पक्षले चकित पार्ने गर्छ ।
‘दार्शनिक रचनाहरू’ का धेरै रचना ०४६ सालअघि लेखिएका हुन् । काठमाडाँैले पैदा गर्ने मानसिक गुम्फन चिर्न हामी रुसी साहित्यको विराट भण्डारतिर पनि तानिएका थियौँ । दर्शन, विज्ञान, मनोविज्ञान, साहित्य, संस्कृति र समाजशास्त्रमा सोभियतबासीहरू गरेको प्रगति लोभलाग्दो लाग्थ्यो । दर्शनको क्षेत्रमा भारतकै प्रगतिले पनि लोभ्याउँथ्यो । नेपाली भाषामा पनि यस्तै पुस्तक लेखिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । ‘दार्शनिक रचनाहरू’ ले त्यो चाहना थोरै भए पनि पूरा गरेको अनुभूति भयो । हामी जन्मिनुभन्दा धेरै अगाडि नै नेपालमा माक्र्सवादी दर्शनमा एउटा गहन काम भएको छ भनी थाहा पाउँदा हाम्रो शिर उच्च भयो । गोविन्द लोहनी यस अर्थमा हाम्रा गर्व गर्नलायक अग्रज माक्र्सवादी लेखक र चिन्तक हुनुहुन्थ्यो ।
गोविन्द लोहनीको जीवनी ‘दार्शनिक रचनाहरू’ को पुछारमा दिइएको छ । तथापि उहाँको व्यक्तित्वका अन्य आयामबारे उहाँकै छोरा कपिल लोहनीद्वारा लिखित संस्मरणबाट धेरै कुरा थाहा भयो । उहाँको कूटनीतिज्ञ र प्रशासक व्यक्तित्व पनि बहुपक्षीय रहेछ । नेपालका कैयन विज्ञहरू उहाँका संगाती हुनुहुँदोरहेछ । साहित्य र कलामा मात्र नभई सङ्गीतमा पनि उहाँको गहिरो अभिरुचि रहेछ । हालै मात्र उहाँको कथासङ्ग्रह प्रकाशित भएको छ । सो पुस्तक पढ्न बाँकी छ ।
माक्र्सवादी लेखनीको क्षेत्रमा एउटा खँदिलो धरोहर निर्माण गरेर गोविन्द लोहनीले नयाँ पुस्तालाई हौस्याउनुभएको छ । उहाँको निधनले माक्र्सवादप्रति समर्पितहरूको काँधमा जिम्मेवारी थपिदिएको छ । राहुल सांकृत्यायनले ‘दर्शन–दिग्दर्शन’ को भूमिकामा लेखेका थिए – हाम्रो भाषामा दर्शनसम्बन्धी कस्ता पुस्तकहरू निस्किन थालून् भने ‘दर्शन–दिग्दर्शन’ को सम्झना पनि नरहोस् । गोविन्द लोहनीका ‘दार्शनिक रचनाहरू’ फोर्न गाह्रो छ, तर एकचोटि फोरेपछि ती नरम ओखरजस्ता लाग्छन् । नेपाली युवा, विद्यार्थी र अध्येताहरूले उहाँका रचनालाई पचाउँदै समाजवादी क्रान्तितिर लम्केको देख्नु सांकृत्यायनको जस्तै उहाँको पनि अभिलाषा हुँदो हो । त्यस अभिलाषाको निधन भएको छैन । त्यसैप्रति प्रतिबद्ध रहने प्रणसहित हाम्रो वैचारिकीका प्रेरक एवं पोषक श्रद्धेय गोविन्द लोहनीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्छौँ । साथै, उहाँका थप कृतिहरू प्रकाशन गरेर परिवारजनले उहाँको योगदान स्मरण गर्दै जानुहुनेछ भन्ने कामना गर्छौँ ।
Leave a Reply