भर्खरै :

अमेरिकामा देखिएका ‘सुन्दर’ दृश्य, त्यो हलिउडको कुनै दृश्य थिएन

वाशिङ्टन, ७ जनवरी । अमेरिकी सिनेट र प्रतिनिधिसभाले क्यापिटल हिलमा संयुक्त बैठकको आयोजना गर्ने क्रममा डोनाल्ड ट्रम्पका धेरै समर्थकले बुधबार क्यापिटल हिलको सुरक्षा घेरा तोडेर हिंसात्मक गतिविधि गरेका छन् । जसबाट तत्स्थान निकै भयानक भई गोली हानाहान भएको छ ।
अमेरिकी समाचार संसथा – एसोसिएटेड प्रेसका अनुसार, उक्त कार्यबाट दशभन्दा बढी उपद्रायालाई पक्राउ गरिएको छ भने एक विस्फोटन उपकरण भेटाइएको छ । क्यापिटल हिलको सुरक्षा घेरा तोड्ने क्रममा एक महिलासहित चार जनाको गोली लागी मृत्यु भएको छ ।
सीएनएन, न्युयोर्क टाइम्स, वाशिङ्गटन पोस्टलगायत अमेरिकी मिडियाका अनुसार क्यापिटल हिलमा हिंसामा उत्रिएका ती ट्रम्पका समर्थकहरू हुन् । त्यस्तै अवस्था हङकङमा देखिँदा उनीहरूले हिंस्रकलाई हतियारबिना प्रदर्शनी, प्रजातान्त्रिक कार्यकर्ताको रूपमा राखेका थिए भने त्यस्तै अवस्थालाई सुन्दर दृश्यको रूपमा राखेका थिए ।

चीनको हङकङ नियम संशोधन गतिविधिलगायत हङकङ मामिलामा हस्तक्षेप गरिरहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उक्त अमेरिकी आन्तरिक मामिलाबारे चर्चा गर्दा पनि पूर्णरूपमा फरक टिप्पणी गरेका छन् । जनवरी ६ तारिख राति उनले सोसियल मिडियामा क्यापिटल हिलमा अतिक्रमण गर्ने गतिविधि स्वीकार गर्न नसकिने भन्दै अमेरिकामा होस् वा विश्वका जुन ठाउँमा पनि त्यस्तै हिंसात्मक गतिविधि स्वीकार गर्न सकेनन् र ती हिंस्रकलाई पक्राउ गर्न हतार भएको दोहो¥याएका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उक्त हिंसात्मक गतिविधिको निन्दा गर्दै अमेरिकी काङ्ग्रेसको इतिहासमा सबभन्दा अँध्यारो दिन भनेका छन् । नवनिर्वाचित राष्ट्रपति बाइडेनले पनि कडा शब्दमा निन्दा गर्दै त्यसलाई विद्रोहको रूपमा राखेका छन् ।

त्यसबाट अमेरिकाले विश्वमा फैलाइरहेको प्रजातन्त्र र स्वदेशमा राखेको प्रजातन्त्र निकै फरक भएको स्पष्ट रूपमा देखिएको छ । अमेरिकी राजनीतिज्ञले आफ्नै समस्यामा सही नजर लगाउने र त्यस्तै सुन्दर दृश्य फेरि अमेरिकीले देख्न नसक्ने चीनको सुझाव छ ।
अमेरिकी शैलीको ‘सुन्दर दृश्य’ हिंसात्मक चलचित्रमा परिणत
प्रदर्शनकारीहरू लठ्ठी लिएर, सिसा तोडेर क्यापिटल हलमा प्रवेश गरेका थिए । सांसदहरू डराएर तुरून्तै हलबाट बाहिरिएका थिए । यो हलिउड चलचित्र थिएन र ६ तारिख अमेरिकाको राजधानी वाशिङटनमा भएको साँच्चैको घटना हो ।
अमेरिकी निर्वाचनको प्रक्रियाबमोजिम जनवरी ६ तारिख अमेरिकाको सिनेट र प्रतिनिधिसभाले संयुक्त बैठकको आयोजना गरी निर्वाचनको नतिजा प्रमाणीकरण गर्ने दिन थियो । सोही दिन वाशिङटनमा ठूलो जुलुस प्रदर्शन भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकहरूले अमेरिकाको सर्वोच्च विधायिका अधिकारको द्योतक हुने क्यापिटल हलमा प्रवेश गरी निर्वाचनको नतिजालाई परिवर्तन गर्न खोजेका थिए । हालसम्म उक्त घटनाबाट चार जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए ।

अमेरिकी वर्तमान राष्ट्रपतिले आफू निर्वाचनमा पराजित भएको कुरा अस्वीकार गरेका छन् । यो अमेरिकाको इतिहासमा विरलै छ । उनलाई क्यापिटल हल घटनाका निर्देशक भनेर सञ्चार (माध्यमद्वारा भनिएको छ । शक्ति चलाउने व्यक्तिले ‘खेलको नियम’ भङ्ग गरेका छन् । तथाकथित ‘प्रजातान्त्रिक निर्वाचन’को नतिजा सम्मान गर्न सकिँदैन त्यसैले पश्चिमका नेताहरूले अमेरिकी राजनीतिज्ञसँग निर्वाचनको नतिजा स्वीकार गर्न आग्रह गरेका छन् ।
स्रोतः सीआरआई नेपाली सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *