भर्खरै :

सरकार भन्छ – विद्युत् कटौती इतिहास, जनता भन्छन् – जहिल्यै झ्यापझ्याप

काठमाडौँ, २३ पुस । सरकारले नेपालमा विद्युत्भार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा सड्ढट निवारण गर्ने उद्देश्यका साथ २०७२ सालमा अगाडि सारिएको राष्ट्रिय ऊर्जा सड्ढट निवारण तथा विद्युत् विकास दशकको अवधारणाअनुसार नै काम भएकोसमेत उल्लेख गरेको छ । मन्त्रालयले भनेको छ, “लोडसेडिङ भन्ने विषय इतिहासमा अध्ययनको विषयमा रूपान्तरित भइसकेको छ ।” तर, पछिल्ला दिनहरूमा अघोषितरूपमा पटक–पटक विद्युत् आपूर्ति कटौती भएबाट जनता आजित भएका छन् । सरकारी निकायले यसलाई प्राविधिक कमजोरी भनेको छ । लोडसेडिङको मारबाट केही राहत पाएका जनताले पटक–पटक बिना पूर्वजानकारी विद्युत् आपूर्ति बन्द गर्दा आक्रोश पोखेपछि विद्युत् प्राधिकरणले बाध्य भएर बोल्नुपरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले पुस १७ गते नै विद्युत्भार कटौती नहुने स्पष्ट पारिसकेको दोहो¥याउँदै इतिहास भइसकेको विषयमा अनावश्यक टीका–टिप्पणी नगर्न आग्रह गरेको छ ।
निकट भविष्यमा उत्पादित विद्युत् वितरण्बा, उपभोग, निर्यातका लागि विद्यमान प्रसारण लाइनको अपर्याप्तता रहेको स्पष्ट पार्दै मन्त्रालयले ऊर्जा खेर जाने अवस्थालाई समेत सम्बोधन गर्नेतर्फ ध्यान दिइएको जनाएको छ । विद्युत् वितरण प्रणालीलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन भूमिगत वितरण प्रणालीलाई शहरी सौन्दर्यकरण एवम् भूमिगत प्रसारण लाइन बनाउँदा पूर्ण व्यवस्थित, मितव्ययी, दिगो बनाउने लक्ष्य राखिएको छ । विद्युत्, टेलिफोन, इन्टरनेट, सीसीक्यामेरालगायत संरचना रहने गरी अगाडि बढाउँदा सान्दर्भिक र लाभदायक हुन्छ भन्ने साझा सोच रहेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी, परिणाममुखी, जनउत्तरदायी हुनेगरी र कुनै पनि समयमा विद्युत् कटौती नहुने गरी आवश्यक व्यवस्थापन गर्न सरोकार भएका निकायलाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *