कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौं । कोभिड–१९ को महामारीको कारण दश महिनादेखि बन्द विद्यालयमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नेबारे विद्यालय सञ्चालक तथा शिक्षकबीच अन्तरक्रिया भएको छ ।
समसामयिक राजनीतिक विषयमा समेत छलफल गर्न संस्थागत विद्यालय सङ्घ नेपाल (इसान), भक्तपुर जिल्ला समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सचिव प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद् विघटनको काम स्वाभाविक र औचित्यपूर्ण भएको बताउनुभयो ।
उहाँले संसदीय व्यवस्थामा प्रमले संसद् विघटन गर्ने अधिकार राख्ने भन्दै ताजा जनादेश लिनु उपयुक्त भएको तर्क गर्नुभयो । निर्वाचन जनताको राजनीतिक कक्षा हुने सचिव सुवालको भनाइ थियो । सत्तारुढ पार्टीमा भएको फुट विचार एवम् दर्शनको आधारमा नभई भागवण्डा नमिल्दाको परिणाम भन्दै उहाँले नेपालमा भारतीय हस्तक्षेप झन्झन् बढेको बताउनुभयो ।
सचिव सुवालले विद्यार्थीलाई दर्शन, सिद्धान्त तथा संस्कार सिकाउनुपर्ने भन्दै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था नभएसम्म निजी विद्यालय हुनसक्ने तर शिक्षामा भइरहेको निजीकरणको अन्त्य हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् इसानका सल्लाहकार सरोजराज गोसाईले पुँजीवादी समाजमा व्यक्तिवादी, स्वार्थी तथा देखावटी प्रवृत्ति देखिएको भन्दै सामूहिक हित तथा स्वार्थको निम्ति काम गर्न नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले कोभिड–१९ को महामारीले कामदार वर्गका अभिभावक आर्थिकरूपमा झन् कमजोर हुँदा तिनका छोराछोरी विद्यालय छोड्न बाध्य भइरहेको बताउनुभयो । निजी क्षेत्रका शिक्षकलाई सरकारले उचित प्रोत्साहन नगरेको भन्दै उहाँले शिक्षकको तालिमको व्यवस्था गर्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा इसानका कोषाध्यक्ष उकेश कवांले नगरपालिकाको पहल र जनताको साथले कोभिड–१९ को नियन्त्रणमा सफलता हासिल गरेको बताउनुभयो ।
कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले महामारीपछि पठनपाठन सञ्चालनको निम्ति संस्थागत विद्यालयको निम्ति ठूलो चुनौती भएको तर विद्यालय सञ्चालनको विकल्प नभएको विचार राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष पुरुषोत्तम ग्वाछाको सभापतित्वमा भएको कार्यक्रममा इसानका केन्द्रीय सदस्य कृष्णराम त्वानाबासु, श्रीकृष्ण सुवाललगायतले बोल्नुभएको थियो । इसानका सल्लाहकार आशाकुमार चिकंबन्जारले कोभिड–१९ को महामारीले विद्यार्थीमा विभिन्न मानसिक समस्या देखिएको भन्दै मनोचिकित्सकको सहयोग आवश्यक हुनसक्ने विचार राख्नुभयो ।
Leave a Reply