भर्खरै :

सुरक्षित र प्रभावकारी चिनियाँ खोपले जगायो आशा

चिनियाँ आधिकारिक श्रोतले जनवरी १३ तारिख जनाएअनुसार, गत वर्षको डिसेम्बर १५ तारिख चीनभरि कोरोना खोप लगाउने मुख्य समूहको कार्य लागू भएयता, चीनमा लगाइसकेका खोपको सङ्ख्या १ करोडभन्दा बढी पुगेको छ ।
परीक्षात्मक अनुसन्धानपछि चिनियाँ खोपको सुरक्षा तथा प्रभावकारिता बहुमुलुकबाट वैज्ञानिकरूपमा प्रमाणित गरिएको छ । साइनोभ्याक्स कम्पनीको कोरोनाप्रतिरोधी खोप ब्राजिल, टर्की, इन्डोनेशिया तथा चिलीलगायतका मुलुकहरूमा तेस्रो परीक्षात्मक चरणमा प्रयोग गरिएको छ । प्राप्त नतिजाबमोजिम, टर्कीमा एन्टीबडी आएको दर ९१.२५ प्रतिशत पुगेको छ भने इन्डोनेशियामा परीक्षात्मक अनुसन्धानमा पाएको प्रभावकारिता दर ६४.५ प्रतिशत भएको छ । ब्राजिलमा गरिएको अनुसन्धानको नतिजा अनुसार, आईसीयू र अस्पतालमा बसेका बिरामीमा शतप्रतिशत सफल भएको छ । अस्पतालमा उपचार लिनेहरूको लागि प्रभावकारिता दर ७८ प्रतिशत भएको छ । नर्स तथा डाक्टरहरूजस्ता उच्च जोखिममा रहेकाहरूको लागि प्रभावकारिता दर ५०.३ प्रतिशत भएको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले जनवरी ११ तारिख यसरी बताउनुभयो । चिनियाँ खोप उत्पादक कम्पनीहरूलाई खोप आपत्कालीन प्रयोग नामावलीमा समावेश गराउनको लागि डब्लुएचओले चिनियाँ खोप कम्पनीको उत्पादन अवस्थाको मूल्याङ्कन गर्दैछ ।
मेक्सिकोका राष्ट्रपतिले भन्नुभएजस्तै, चिनियाँ खोप राख्न अति जाडो वातावरणको आवश्यकता छैन जसबाट दुर्गमस्थलमा बस्नेहरूको लागि आशा बढाइएको छ । चिनियाँ खोपको यस विशेषता देखेर फिलिपिन्स, सेचेलस तथा इन्डोनेशियाका राष्ट्रपतिहरूले चिनियाँ खोप लगाउनुभएको छ । हालै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले फेरि एक पटक पुष्टि गरेका छन् । वचनबद्धताको पालना गर्दै चीनले खोपको अध्ययन तथा विकास गरेर प्रयोगमा ल्याएपछि विश्वको लागि सार्वजनिक उत्पादनको रूपमा प्रदान गर्नेछ जसबाट विकासोन्मुख मुलुकहरूमा सहजै खोप पाउन सकिने छ र सस्तोमा खोप प्राप्तिका लागि चीनले योगदान प्रदान गर्नेछ । खोप बजारमा चिनियाँ खोप खेलको नियमको परिवर्तन गर्ने अनुमान छ । आपत्कालीन प्रयोग नामावलीमा समावेश गरिएपछि चिनियाँ खोपले विकासोन्मुख मुलुकहरूको मागको लागि आपूर्ति गर्ने छ र ती मुलुकहरूमा महामारीलाई जित्ने आशा ल्याउने छ ।
बढीभन्दा बढी चिनियाँ खोप प्रयोगमा आएपछि विश्वव्यापी कोरोना प्रतिरोध खोपको व्यापक प्रयोग बढ्ने छ । हालै विश्व बैङ्कले सार्वजनिक गरेको सबभन्दा पछिल्लो ‘विश्व आर्थिक भविष्यवाणी’ प्रतिवेदनबमोजिम, कोरोनाको खोपको व्यापक प्रयोगपछि सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर ४ प्रतिशतले हुने अनुमान छ । चिनियाँ खोपको सफल अध्ययन, विकास तथा प्रयोग चीनको विजयीमात्र होइन विश्वको लागि ठूलो विजयी हुनेमा आशङ्का छैन ।
स्रोत : सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *