भर्खरै :

विश्व स्वास्थ्य सङ्गठनको तेस्रो वैज्ञानिक टोली उहानमा

उहान, १४ जनवरी । विश्व स्वास्थ्य सङ्गठनको वैज्ञानिकहरूको समूह नोबेल कोरोना भाइरसको सम्भावित उत्पत्ति स्थलसम्बन्धी अध्ययनका लागि चिनियाँ वैज्ञानिकहरूलाई सघाउन बिहीबार चीनको हुपेई प्रान्तको राजधानी उहान सहर पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूको उहान विमानस्थलमा घाँटीको ¥याल र शरीरको प्रतिरोधी वस्तुको परीक्षण गरिएको थियो । उनीहरूलाई स्थलगत काम गर्न दिनुअघि त्यहाँको नियमानुसार क्वारेन्टिनमा राखिने बताइएको छ ।
क्वारेन्टिन अवधिमा विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरू र चिनियाँ समकक्षीहरूबीच भिडियो सम्मेलनमार्फत संवाद गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले बिहीबार अपरान्ह आयोजित पत्रकार भेटघाटमा बताउनुभयो । चीनले कोभिड–१९ प्रतिरोधका सबै नियमको कडा पालना गर्नुका साथै विश्व स्वास्थ्य सङ्गठनका विज्ञ टोलीलाई आवश्यक सबै खालको सहायता गर्ने बताइएको छ ।
सिङ्गापुरमा विज्ञ टोलीका दुई जनामा देखियो एन्टीबडी आफ्नो आधिकारिक ट्वीटर खातामार्फत विश्व स्वास्थ्य सङ्गठनले उहानमा तेह« जना वैज्ञानिकहरू पुगेको पुष्टि गरेको छ । त्यसमा भनिएको छ, “अन्तर्राष्ट्रिय यात्रुको लागि दुई साता क्वारेन्टिनमा बस्नुपर्ने नियमअनुसार क्वारेन्टिन बसेपछि उनीहरूले तत्कालै आफूलाई तोकिएका काम थाल्नेछन् ।”
सिङ्गापुरमा विज्ञ समूहको आइजीएम एन्टीबडी परीक्षणको क्रममा दुई जनाको नतिजा पोजिटिभ आएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विज्ञ समूहका सबै सदस्यको सिङ्गापुरमा दुवै आइजीएम र आइजीजी एन्टीबडी परीक्षण गरिएको थियो ।
“टोलीका सबै सदस्यहरूले यात्रा थाल्नुअघि आ–आफ्नो देशमा गरेको कोभिड–१९ को पीसीआर र प्रतिरोधी तत्वको परीक्षणमा पटक पटक निगेटिभ नतिजा आएको थियो”, स्वास्थ्य सङ्गठनले जनाएको छ ।
“कुनै पनि रोगको जरा पत्ता लगाउने विषय कोहीमाथि दोषारोपणको विषय होइन”, विश्व स्वास्थ्य सङ्गठनका स्वास्थ्य आपतकालका कार्यकारी निर्देशक डा.माइकल रायनले भने । “यो टोलीलाई वैज्ञानिक टोलीको रूपमा हेरौँ, राजनीतिक आँखाले नहेरौँ”, उनले भने ।
चीनमा पहिलो पटक कोभिड–१९ देखिएयता त्यहाँ यस्तो खालको भ्रमण भएको यो तेस्रो पटक हो । चीनले विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूलाई गत वर्षको फेब्रुअरी र जुलाईमा दुई पटक स्वागत गरिसकेको छ । चीनमा सम्भावित स्रोत पत्ता लगाउन सहकार्यको शिलशिलामा ती भ्रमणहरू भएका थिए । सो क्रममा दुवै पक्षले विश्वव्यापी वैज्ञानिक सहकार्य योजनामा चीनलाई एउटा हिस्साको रूपमा स्वीकारेको थियो ।
नोबेल कोरोना भाइरसको मूल स्रोतको खोजीको विषयलाई चीनले खुला, पारदर्शी र जिम्मेवार भावनाका साथ लिइरहेको छ । मूल स्रोतको खोजीमा अन्तर्राष्ट्रिय अनुसन्धान प्रबद्र्धन गर्न विश्व स्वास्थ्य सङ्गठनसँग चीनले वैज्ञानिक सहकार्यमा अगुवाइ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *