पूर्वजहरूको योगदानबारे नयाँ पुस्तालाई बोध गराउनु आवश्यक
- आश्विन १०, २०८३
भक्तपुुर, ६ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको भक्तपुर नगरपालिकाको आठौँ नगरसभाले ‘श्वासप्रश्वास पुनः स्थापना केन्द्र सञ्चालन नियमावली — २०७७’ सर्वसम्मतिले पारित ग¥यो ।
श्वासप्रश्वास पुनःस्थापना केन्द्रले दीर्घ दमखोकी भएका व्यक्तिहरूको रोगको निदान गर्ने र श्वासप्रश्वास पुनःस्थापन सेवा प्रदान गर्ने, दीर्घ दमखोकी भएका व्यक्तिहरूको प्रारम्भिक निदान, उपचार र पुनःस्थापनका लागि सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्ने र राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा उत्कृष्ट केन्द्रको रूपमा श्वासप्रश्वास पुनःस्थापनसम्बन्धी विशेषज्ञता र संसाधनहरू प्रदान गर्नेलगायतका उद्देश्य भएको सो नियमावलीमा उल्लेख छ ।
‘श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन नियमावली २०७७’ बारे छलफलमा सभासद्हरू जितेन्द्र मुनंकर्मी, श्यामसुन्दर मातां, शिवप्रसाद बाला, गोविन्द दुवाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
छलफलमा उठेका जिज्ञासामाथि विधायन समितिका संयोजक हरिराम सुवालले विधेयकमा देखिएका हिज्जे त्रुटीहरू संशोधन गर्दै विधेयकलाई कार्यान्वयन गर्ने बताउनुभयो ।
सभाको विशेष समयमा नगरवासीहरूको समस्या र नगरपालिकाले जनताको पक्षमा गर्नुपर्ने कार्यहरूलगायतका विषयमा विचार राख्दै सभासद्हरू ज्ञानकुमार मगजु, सम्झना खाइजु, शिवप्रसाद बाला, राजेन्द्र माक, इन्द्रबहादुर प्याठ, तुल्सीलक्ष्मी दुमरु, हेरा ख्याजु, सूर्यप्रसाद श्रेष्ठले वडामा सफाइ मजदुरको कमी भएको, तरकारी बजार व्यवस्थापनमा पहल गर्नुपर्ने, व्यवस्थित वधशाला निर्माण गर्नुपर्ने, माहेश्वरी खेलमैदानलाई राष्ट्रिय स्तरको खेलमैदानको रूपमा विकास गर्नुपर्ने, इन्द्रायणीको ढुङ्गेधारा र हाकुफोहिटीको निकास मर्मत गर्नुपर्ने, करको दायरा बढाउनुपर्ने, कृषि विशेषज्ञ व्यवस्था गर्नुपर्ने, चिस्यान केन्द्र स्थापनामा पहल आवश्यक भएको, नगरभित्र पार्किङ र फुटपाथ पसलहरूको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका सुझावहरू राख्नुुभयो । विशेष समयमा सभासद् सिद्धिराम अवालले आफू कोरोना सङ्क्रमित हुँदाको अनुभव सुनाउनुभयो ।
सभामा कृषि समितिका संयोजक राजकृष्ण गोरा, खानेपानी समितिका संयोजक महेन्द्र खायमली, आर्थिक समितिका संयोजक हरिप्रसाद बासुकला र शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका रवीन्द्र ज्याख्वले सभासद्हरूद्वारा व्यक्त जिज्ञासाबारे प्रस्ट पार्नुभएको थियो ।
बैठकमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नगरपालिका आदर निकेतन सेवासम्बन्धी विधेयक, २०७७ र शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन कार्यविधि — २०७७ छलफलको लागि प्रस्तुत गर्नुभयो ।
नगरसभाको अर्को बैठक माघ ८ गते बिहीबार १ बजे बस्ने गरी स्थगित भयो ।
Leave a Reply