भर्खरै :

नेता किम जङ उनसँग सञ्चार क्षेत्रका कार्यकर्ता

प्योङयाङ, १९ जनवरी । कोरियाली मजदुर पार्टीका महासचिव तथा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले हालै सम्पन्न पार्टीको आठौँ महाधिवेशनमा योगदान गरेका प्रकाशन र सञ्चारका कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा आमन्त्रण गरेर आभार व्यक्त गर्नुभएको छ ।
सर्वाेच्च नेतालाई प्रत्यक्षरूपमा भेट्न पाउँदा उनीहरू दङ्ग थिए । कतिलाई मार्सल किमलाई भेट्न र पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा सँगै तस्वीर खिच्न पाउनु सपनाजस्तै लागिरहेको अनुभव गरे ।
सर्वोच्च नेताले सबै सञ्चार र प्रकाशनका कार्यकर्ताहरूलाई पटक–पटक आभार व्यक्त गर्नुभयो । अनि कार्यकर्ताहरू भने आँखा ओसिलो पार्दैै ‘हुर्रे’ भनी खुसी पोख्दै थिए ।
नेता किमले कार्यकर्ताहरूको अथक समर्पणभाव र जिम्मेवारीबोधको कारण आठौँ महाधिवेशन सफल भएको बताउनुभयो । उहाँले प्रकाशन र सञ्चार क्षेत्रलाई पार्टीको वैचारिक मोर्चाको संज्ञा दिँदै मोर्चामा सफल जिम्मेवारी बहनको लागि कार्यकर्ताहरूलाई आभार व्यक्त गर्नुभयो ।
सहभागी कार्यकर्ताहरूले पार्टीका असल नेताले देखाएको बाटो पछ्याउनुमा नै जीवनको सार्थकता र खुसी रहेको अकाट्य सत्य मनको गहिराइमा बोकेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले आठौँ महाधिवेशनका निर्णय कार्यान्वयनमा लान सबै देशभक्तिपूर्ण उत्साह र पवित्र सङ्घर्ष अघि बढाउने भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *