स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु. ५०० ले उकालो लागेको छ । प्रतितोला रु. ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु. ५०० ले उकालो लागेर रु. ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार मङ्गलबार तोलामा रु. ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज रु ९२ हजार मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै रु. १५ ले वृद्धि भएको छ । चाँदी तोलामा रु. एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज रु एक हजार २६० मूल्य निर्धारण हुने भएको छ ।
Leave a Reply