भर्खरै :

महानगरमा पार्टी स्थापना दिवस

काठमाडौँ, ८ माघ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे बिहीबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
“पार्टीको कार्यक्रम र विधान अध्ययनले नेपालका राजनैतिक दल र नेमकिपाबीचको भिन्नता प्रस्ट हुन्छ । ‘श्रमिक’ र ‘मजदुर’ का आलेखहरू जनता जागृत गर्ने खालको रहेकोले गहिरिएर अध्ययन गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य राजवीर डंगोलले पार्टी स्थापना दिवसको अवसरमा बिहीबार ललितपुरमा पुस्तक प्रदर्शन भएको जानकारी गराउँदै पाटनवासी अभिरूचिपूर्वक कार्यक्रममा सहभागी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *