भर्खरै :

चीनको आयात निर्यात परिमाण नयाँ उचाइमाः नेपाललाई पनि अवसर

काठमाडौँ, ८ माघ (सीआरआई) । हालै चिनियाँ भन्सार मुख्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२० मा चीनको व्यापारिक आयात–निर्यात कूल रकम ३२१.६ खर्ब चिनियाँ युआन पुगेर सन् २०१९ को तुलनामा १.९ प्रतिशतले वृद्धि भएको छ । यसबाट चीन विश्वमा एक मात्रै आर्थिक वृद्धि भएको मुख्य आर्थिक समूह बनेको पुष्टि भएको हो । सन् २०२० मा चिनियाँ व्यापारिक आयात–निर्यात अवस्था स्पष्ट रूपमा अपेक्षाभन्दा राम्रो भएर विदेशी व्यापार परिमाण नयाँ उचाइमा पुगेको छ । यो तथ्याङ्कमध्ये सन् २०२० मा चीनले ‘बेल्ट एन्ड रोड’ आसपास मुलुकसँग आयात–निर्यात रकम ९३.७ खर्ब चिनियाँ युआन पुगेर १ प्रतिशतले वृद्धि भएको छ । विश्वका मुख्य सञ्चार माध्यमले प्राथमिकताका साथ चीनको आयात–निर्यात प्रदर्शनमा ध्यान दिएका छन् ।
बेलायती रोयटर्स समाचार समितिले उक्त तथ्याङ्कको सार्वजनिक गरेकै दिन ‘चीन डिसेम्बरमा निर्यातको वृद्धिदर अपेक्षाभन्दा राम्रो’ शीर्षकमा लेख प्रकाशित गरेको छ । सो लेखका अनुसार, २०२० को डिसेम्बरमा चीनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १८.१ प्रतिशतले वृद्धि भएर अगाडि गरेको १५ प्रतिशतको अनुमान अधिक रहेको उल्लेख गरेको छ । द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, २०२० मा कोरोना महामारीबाट विश्व व्यापारमाथि आघात पुगे तापनि चीनको वैदेशिक व्यापार कम प्रभावित भएको छ । अमेरिकी ब्लूमबर्ग समाचार समितिका अनुसार, चीनको आयात–निर्यात तथ्याङ्कद्वारा सन् २०२० सकिँदा रेकर्ड तोडेको लेखेको छ ।
नेपाल चीनको छिमेकी मुलुक र बेल्ट एन्ड रोड समझदारीको रूपमा गत वर्ष चीनसँगको आयात–निर्यात अवस्था कस्तो भयो ? नेपालको तथ्याङ्कअनुसार, गत आर्थिक वर्षमा नेपालले चीनलाई निर्यातको रकम लगभग दश करोड युआन र आयातको रकम १०.१ खर्ब युआन छ । उक्त तथ्याङ्कले बेल्ट एन्ड रोड वरिपरिका मुलुकमा कूल रकमको ०.१ प्रतिशतले रहेको छ । यस तथ्याङ्कबाट हेर्दा नेपाल चीनबीचको व्यापारमा ठूलो निहित शक्ति रहेको छ । दौत्य व्यापारलाई विस्तृत पार्न नेपालले पनि सक्रिय रूपमा कार्वाही गरिरहेको छ ।
यस वर्षको जनवरी चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले चीनको सछ्वानको छन्तु सहरको अन्तर्राष्ट्रिय रेलवे पोर्टमा पुगेर दक्षिण एसिया व्यापारिक ट्रेनको सञ्चालन र अन्तर्राष्ट्रिय रेलवे पोर्टको निर्माण परिकल्पना अवस्थाको जानकारी लिनुभएको छ । चीनले बेल्ट एन्ड रोड सहयोगलाई लागू गर्ने छन्तु सहरको अन्तर्राष्ट्रिय रेलवे पोर्टबाट राजदूत पाण्डेले नेपाल चीन सहयोग गर्ने व्यापक सम्भावना हेर्नुभएको छ । उहाँका अनुसार, नेपाल चीनबीच छिट्टै अन्तर्राष्ट्रिय मालसामान ट्रेनको सञ्चालन हुने, आर्थिक सांस्कृतिक आदान–प्रदान परिमाणलाई विस्तृत पार्ने आशा लिएको छ ।
२०२० मा नेपाल चीन आयात–निर्यातमा महामारीबाट प्रभावित भएकाले व्यापारिक तरिकालाई थप्न नेपालको ‘काठमाडौँ पोस्ट’ले जनवरी १५ तारिख प्रकाशित रिपोर्टअनुसार, नेपालले चीन सीमावर्ती क्षेत्रमा दुईटा आर्थिक विशेष क्षेत्रको स्थापना गरेर आयात–निर्यात परिमाणलाई विस्तृत पार्ने योजना छ । नेपालको उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सीमा आर्थिक क्षेत्रको स्थापना गरी देश विदेशी लगानीकर्तालाई नेपालमा आकर्षित गरेर नेपाली उत्पादन व्यवसायको विकासलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ । उत्पादन व्यवसाय विकास भएर अधिकांश रोजगारीको सिर्जना गर्नुका साथै विश्व आपूर्ति शृङ्खलामा भाग लिई अझ बढी विकसित मौका पाउने छ । सचिव घिमिरेको अनुसार, सीमा आर्थिक क्षेत्र सुचारूरूपमा विकास हुने भने उत्पादन व्यवसायले नेपालको कूल गार्हस्थ उत्पादनमा डबलले योगदान दिनेछ ।
चीनमा एउटा पुरानो भनाइ छ ः दुईटा साझेदारीले संयुक्त प्रयास गरेमा दुवै सफल हुनेछन् । चीनले सधैं खुला भएर नेपालसँग सहयोग गरी संयुक्त विकास गर्ने प्रयास गरिरहेको छ । नेपालले पनि बेल्ट एन्ड रोडको मौका लिएर हिमालय पार सुख्खा बन्दरगाहको निर्माण गर्दै रहेको छ । चीन यस्तो विकसित एक्सप्रेस ट्रेनमा सधैं छिमेकी मुलुक नेपाललाई स्वागत गर्दछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *