भर्खरै :

प्रधानमन्त्री देउवालाई नेमकिपाको शर्तसहितको बधाई

काठमाडौं, २६ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले शुक्रवार संसद बैठकमा प्रधानमन्त्रीलाई देहायबमोजिमको काममा सफलताको लागि शुभकामना दिनुभएको छ ।
१. कर्मचारी प्रशासनको लागि रु. १ खर्ब राजश्व नपुग्ने अवस्था छ, सरकारले प्रगतिशील कर प्रणाली लागू गरी राजश्व बढाउनुपर्छ ।
२. चालू आवको दस महिनामा पूँजीगत खर्च बजेट रु. ३ खर्ब ६६ अर्बमध्ये ६७ अर्ब ८३ करोडमात्र खर्च भयो । विकास निर्माणमा यति थोरै बजेट खर्च हुनुको कारण ठेक्कापट्टा नै हो । सरकारले विकासको लागि आवश्यक निर्माण सामग्री स्थानीय उपभोक्ता समितिलाई उपलब्ध गराउने व्यवस्था गरे विकास बजेट समयमै उपयोग हुनेछ । ठेकेदारको हितमा ऐननियम बनाउनुहुदैन । सरकारमा गएका राजनीतिक पार्टीका कार्यकर्ताहरु ठेकेदारको पछि लाग्ने र कमिसन खाने स्थिति अन्त्य गनुपर्छ ।
३. गणतन्त्रपछिका एउटा सरकारले १० वर्षमा १० हजार र अर्को सरकारले २० वर्षमा २० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने झूटा कुरा गरेका थिए । आव २०७४÷७५ को बजेटमा ७ वर्षमा १७ हजार मेघावाट विद्युत् उत्पादन गर्ने अर्को आश्वासन दिइएको छ । यसलाई सरकारको चनौतीको रुपमा पनि लिइएको छ । सरकारले आश्वासन पूरा गर्न सक्नुप¥यो ।
भारतबाट ३६० मेघावाट विद्युत् आयात गरी लोडसेडिङ घटाउने र नेपालको नदीनाला र जलविद्युत् परियोजना भारतीय एकाधिकार पूँजीलाई दिने आत्मघाती कामलाई सरकारले रोक्नुपर्दछ र नेपालीको लगानीमा जलविद्युत् उत्पादन गर्नुपर्दछ ।
४. दशमहिनामा आयात रु. ८ खर्ब ८ अर्ब ६८ करोड भयो भने निर्यात ६१ अर्ब २ करोडको मात्र भयो । व्यापार घाटा रु. ७ खर्ब ४७ अर्ब ६५ करोड भयो । सरकारले आन्तरिक उत्पादन बढाएर व्यापार घाटा घटाउनु आवश्यक छ ।
५. ७० लाखभन्दा बढी नेपाली युवा १११ देशमा १००० भन्दा बढी म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीको नाममा दासजस्तै बेचविखनमा पारिएका छन् । घरखेत बेचाएर नेपाली युवालाई ठगी गर्दै आएका म्यानपावर कम्पनीहरुलाई सरकारमा गएका मन्त्री, नेता र पार्टीहरुले संरक्षण गरेको पीडितहरुको गुनासो छ । सरकारले दस महिनामा ५ खर्ब ६६ अर्ब ९७ करोड रेमिट्यान्स भिœयाई देश चलाउँदैछ । पूँजीवादले रोक्नै नसक्ने आथिक सड्ढटको कारण कतिपय देशले रोजगारी दिन नसक्ने स्थिति छ । यसकारण सरकारले नेपाली युवालाई स्वदेशमा रोजगारी दिनुपर्दछ र ठगी गर्ने म्यानपावर कम्पनीहरुलाई कारवाही गर्नुपर्छ ।
६. कर निर्धारण प्रक्रियाअनुसार एनसेल बिक्रीको पूँजीगत लाभकर ६२ अर्बभन्दा बढी पुग्ने र समयभित्र कर दाखिला गरिए ४८ अर्ब पुग्ने सार्वजनिक भयो ।
स्वीडेनको टेलियासोनेरा कम्पनीले २००८ देखि २०१६ सम्म सञ्चालन गरी २०७२ चैत २९ गते मलेशियाको एक्जियता कम्पनीलाई एनसेल बिक्री गर्दा उच्च सरकारी अधिकारीको मिलिमतोमा पू“जीगत लाभकर लाग्दैन भनी बिक्रेता टेलियासोनेरालाई नेपालबाट भगाइएको आजको नागरिक दैनिकमा प्रकाशित भयो ।
पूँजीगत लाभकर नतिरेसम्म एनसेललाई फोरजी सञ्चालन गर्न नदिने विषय संसदमा उठेकोलाई पनि सरकारले बेवास्ता ग¥यो ।
एनसेलको पूँजीगत लाभकर छुट स्थानीय तहमा धेरै स्थान जिताउन सरकारमा गएका पार्टीहरुलाई पनि कमिशन दिएको अर्थ सरोकार डटकममा प्रकाशित भयो । यो आरोप नआउने गरी सरकारले यथार्थ सार्वजनिक गर्नुपर्दछ ।
७. भारतीय एकाधिकार पूजी र भारतीय विस्तारवादले एकसयभन्दा बढी ठाउ“मा ६० हजारभन्दा बढी हेक्टर नेपाली भूमि अतिक्रमण गरेको, नेपाल–भारतको ५९९४ सीमा स्तम्भमध्ये ११ सयभन्दा बढी उखेलेर नेपालतर्फ सारेको, नेपालको भूमि डुबानमा पर्नेगरी दसगजामै बाँध, तटबन्ध र सडक बनाएको, नेपालमा पसेर भारतीय सशस्त्र सीमा बल एसएसबीले नेपालीमाथि लुटपाट, कुटपिट र गोली हानी हत्यासमेत गरिरहेको विषयमा सरकारले आवश्यक पहल गरी नेपालको सार्वभौमिकता र स्वतन्त्रता रक्षा गर्नुपर्दछ ।
दुई देशको सीमा खुला हुँदा अपराधीहरु एक अर्को देशमा लुक्ने र सीमा तस्करी बढ्ने काम भइरहेकोले सरकारले खुला सीमा नियमित गर्न आवश्यक कुटनीतीक पहल गर्नुपर्दछ ।
८. महँगी, भ्रष्टाचार बढिरहेकोलाई नियन्त्रण गर्ने र निजामति कर्मचारी, सेना, प्रहरीलाई सरकारमा गएका पार्टीको कर्मचारी होइन देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने कर्मचारी बनाउनुपर्दछ र राज्यकोषबाट तलब सुविधा लिनेहरुको टे«्ड यूनियन गठन गर्ने प्रावधान खारेज गर्नुपर्छ ।
९. चौथो पटक प्रधानमन्त्री हुनुभएका देउवालाई यी कुराहरु सम्पन्न गर्न सफलता प्राप्त होस भन्ने शुभकामना दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *