भर्खरै :

चीन–अमेरिका सम्बन्धप्रति आशा : चीन

पेइचिङ, २१ जनवरी (सीआरआई) । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीन र अमेरिका दुवै पक्षको संयुक्त प्रयासमा दुई देश सम्बन्धमध्ये दयालु परीले दुष्ट्याइँलाई जित्नसक्ने विचार व्यक्त गरेका छन् । जनवरी २१ तारिख पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताएका हुन् । उनले अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनको सपथ ग्रहणप्रति बधाइ ज्ञापन गर्नुका साथै राष्ट्रपति बाइडेनले देशको प्रशासनमा सफलता प्राप्त गर्नसक्ने आशा चीनले लिएको बताए । प्रवक्ता ह्वाले सपथग्रहण कार्यक्रममा राष्ट्रपति बाइडेनले एकताको कुरा दोहो¥याएको र यो नै वर्तमान चीन –अमेरिका सम्बन्धलाई अत्यन्तै आवश्यक भएको बताए । चीन, अमेरिका, अन्तर्राष्ट्रिय समुदायको आशा छ कि चीन–अमेरिका सम्बन्ध सही बाटोमा फर्केर वर्तमान विश्वसमक्ष देखा परेको चुनौतीको सामना गर्न योगदान गर्नसक्ने आशा पनि प्रवक्ता ह्वाले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *